Monday, February 20, 2017

सुदुरपश्चिमको सम्बृद्धीका लागि वातावरणमैत्रि उर्जा

हरीशप्रसाद भट्ट

सुदुरपश्चिम पुर्वमा कर्णाली नदी र पश्चिममा महाकाली ले घेरिएको सुन्दर र देशको महत्वपुर्ण भूभाग हो । देश राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको सताब्दि पुग्न आँट्यो, यहि बेला संसारले विकास, विज्ञान र प्रविधिको  मामलामा हामीलाई अरु केहि दशक पछि छोडिदिएको छ । भुगोलमा सानो भएर पनि देशको आर्थिक सम्बृद्धीमा आधाबढी योगदान गर्न सक्ने हैसियत भएको सुदुरपश्चिम कहिल्यै राज्यका सञ्चालकहरुको नजरमा परेन । यहाँको विकास र श्रोतसाधनहरुको उपयोगकालागि कुनै वैज्ञानिक अध्ययन भएनन । प्राज्ञिक र राजनीतिक चेतना जनस्तरमा अझै पुग्न सकेको छैन । दुनियाँ ईन्टरनेटबाट अन्तरिक्षको अध्ययन गरिरहेका बेला हाम्रो शुदुरपश्चिमले भोकमरी, विभेद, अन्धविश्वास, गरिबी र घृणित राजनीतिक खिचातानीसंग जुधिरहेको छ । यहाँको भूगोल र प्रकृति आफैमा वरदान हो । पर्यटन तथा अन्य उद्द्योगहरुको बरोबरी सम्भावना छ । गणतात्रिक नेपालले संघिय संरचनामा छुट्टै प्रदेश समेत घोषणा गरिसकेको अवस्थामा यहाँको भूगोल, प्रकृति र समाजको वैज्ञानिक अध्ययन जरुरी छ । साँच्चै नै संघिय एकाईहरुलाई आत्मनिर्भर, विकसित र शान्त सम्बृद्ध बनाउँदै राष्ट्रिय लक्ष्य हाँसिल गर्न शुदुरपश्चिमको वातावरण, भूगोल, उर्जा र पर्यटन उद्योगको प्राज्ञिक अध्ययन र वहस सुरु गर्नु पर्छ । शुदुरपश्चिम कृषि र पर्यटनकालागि उत्तिकै महत्वपूर्ण र उपयुक्त ठाँउ हो । शुदुरपश्चिममा उत्तर पश्चिमी क्षेत्रबाट आउने मनसुनि वायुले गर्दा अधिकांस समय मौसमी वर्षा भईरहन्छ । यसकारण पनि अरु क्षेत्रभन्दा कम सुख्खा रहने गर्छ । गर्मी मौसममा भने भारतीय मरुभूमीबाट पश्चिम तरार्इ्तिर बहने तातो हावा -लू_ चल्नाले भने समस्या निम्त्याएको हुन्छ । न त शासनसत्ता सञ्चालक ले यहाँका समस्या सुनेका छन न त यहाँका विशेषता बारे नै उनिहरु जानकार छन । जिल्ला विकास समितीहरुको क्षेत्रिय सञ्जाल (सन २००३) ले तयार पारेको प्रतिवेदनलाई आधार मान्ने हो भने सुदुरपश्चिममा १,६९६,४६१ किलो जडिबुटी उत्पादन हुन्छ जसमा १६ लाख किलो प्रतिवर्ष त बहुमुल्य यार्सागुम्बा मात्रै उत्पादन हुँदो रहेछ । जडीबुटी मात्रै नभएर थुप्रै अरु क्षेत्रमा सम्भावना बोकेपनि हामीले आर्थिक सम्बृद्धीको सुरुवात सम्त भएको देख्न सकेका छैनौँ ।

वातावरणमैत्रि उर्जा
अहिलेको युगमा सम्बृद्धीको पहिलो सुचक भनेको उर्जालाई लिने गरिन्छ । खासगरि पेट्रोलियम पधार्थ सकिँदै गएको छ । आणविक लगायतका उर्जा अविकसित देशको पहुँचमा छैनन र उपयुक्त पनि छैनन । यस्ता ईन्धनको रुपमा प्रयोग हुने उर्जाश्रोतहरुले वातावरण लाई पनि हानि पुर्याँउछन । कमजोर व्यवस्थापन र कम श्रोतसाधनहरु भएर पनि वातावरणमैत्रि तरिकाले उर्जा उत्पादनको काम गर्नसकिन्छ । विकासका गतिवीधिहरु गर्न समेत उर्जा लाई पुर्वाधारको रुपमा लिने गरिन्छ । उर्जाका श्रोतहरु मध्ये अधिकांस नविकरणीय उर्जाका श्रोतहरुनै वातावरणमैत्रि उर्जाका श्रोत हुन् ।  ति सबै उर्जाका श्रोतहरु 

Saturday, January 7, 2017

समृद्धि, राष्ट्रबाद र युवा





समृद्धि, राष्ट्रबाद र युवा

हालैका दिनमा सबैको ध्यान खिच्ने, धेरै बोलिने र सुनिने शब्द हुन राष्ट्रिय समृद्धि अनि राष्ट्रबाद । यसलाइ गुडाउने, चलायमान बनाउने र लक्षमा पुग्न मेहनत गर्ने शक्ति सामर्थ्य र जोश भएका मानविय जमात हुन युवा । अझ हाम्रो सामाजीक परिभाषामा १८ देखी ४० सम्मका मानवहरू नै युवा हुन । नेपाल एकिकरण गर्दा पृथ्विनाराण शाह कति बर्षका थिए? हाम्रै देशका नेताहरू जुन अहिले सत्तामा र सत्ताको वृत्त वरीपरी घुमीरहेका छन । ७ सालको क्रान्ती गर्ने बेलामा ३६ सालको क्रान्ती र ४६ सालको आन्दोलन सम्म युवा नै थिए । तर मुल समस्या प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि त्यही ल्याउनका लागि सारा जवानी र उर्जावान समय खर्च गरे । त्यसको ब्याजको लोभमा अझै बुढो गोरूले झै ठाँउ ओगटी रहेका छन । भने हामी जस्ता उर्जावान युवाहरू तिनैलाइ गालि गर्दै देश बनेन र समृद्ध हुन सकेन भनेर उच्च शिक्षा, रोजगार र व्यवसायका लागि खल्तिमा पासपोर्ट बोकेर विदेश धाइ रहेका छौं । पाए सम्म नेपाल नफर्कने गरी उतै घरजम गरेर बस्ने मनसायमा पनि छौं । भरखरै ७२ सालमा भएको दुखद प्राकृतिक प्रकोप र भारतिय नाकाबन्दी पछि अर्को कुराले पनि सबैको ध्यान मोडेको छ त्यो हो राष्ट्रबाद । धेरै मध्य केही युवा यसैको पछि लागेका छन । त्यसलाइ जानिदो नजानिदो गरी लाभमा बदल्न राजनितिक दलहरूले बिभिन्न तिकडम हरू अपनाइ रहेका छन । हामी प्रयोग भै रहेका छौ।
नेपाल कृषि प्रधान देश, जलश्रोतको धनी देश, बुद्ध,भृकुटी, अरनिको र सिताको जन्मभुमी, सगरमाथा लगायत बिश्वका १० मध्य ८ वटा उच्च हिमाल भएको देश पर्यटकको लागि स्वर्ग जस्तै देश, जल, जमिन र जडिबुटीको भरपुर उपयोग गर्न सकिने देश । हामी समृद्ध छैनौ ?  यतिका श्रोत, इतिहास र गर्वलायक तथ्य अरू कुनै देशमा छ र? र पनि हामी कसरी गरीब ? कसरी हामी कम्जोर ?  हामी कमजोर भयौ किबनाइयौ ? 
नेपाल को एकीकरण पछि जारजरकोटमा रहेको हतियार बनाउने बस्तिमा रहेका हतियार बनाउन सिपालु कामदारहरूको हात काटेर

Saturday, June 11, 2016

केपी ओली, गाली ताली अनी हामी !


के पि ली अहीले नेपाली जनजिब्रोमा र अन्तराष्ट्रिय समुदायमा पनि चर्चाको नाम हो । चाहेर होस या नचाहेर मिडियामा, अधिकांश नेपालीको मन मस्तिष्कमा हरेक दिन ली झुन्डिएकै छन । गालि गर्न होस या तालि बजाउन । भारतिय हस्तेक्षपका बिरूद्ध लडेको भनेर, भारतिय एकाधिकार तोडेको भनेर, उखान भनेर प्रतिद्वन्दीको आत्मविश्वास गिराउने रूपमा या हावादारी कुरा भन्ने भनेर । सबैले हरेक दिन सम्झेकै छन ।

सकारात्क नजरमा केपी
जब सम्म उनि शक्तिमा थिएनन, रूखो बोल्ने, गुण्डा राजलाइ संरक्षण गर्ने, छुच्चो चरित्र, अनि महाकाली सम्झौता वा अरू गतिबिधी मेरा नजरमा केपी ओली खराब पात्र थिए । एमालेमा कोही हट्नु पर्ने वा माओवादीको सफाया कारबाहीमा कोही पर्ने व्यक्ति छ भने त्यो केपी ओली हो भन्ने लाग्थ्यो । एक जना मित्र संग लालबाबु पण्डीतको समर्थन गर्दा एमालेमा कोही नराम्रो छ भने त्यो राधा ज्ञवाली, बामदेव र केपी हुन भनेर र राम्रो मानिसमा लालबाबु, गोकर्ण बिष्टको पक्ष लिएको हो मैले । ति लिष्टमा जानेर नजानेर दिर्घकालिन नेपालको भबिष्य अनि पुर्व प्रम हरूको ब्यबहार संग तुलना गर्दा अडान भएका, भारत संग जानेर नजानेर नझुकेका, भारतको एजेन्डामा झुक्नु भन्दा नेपाली दल संग झुक्नु श्रेयकर सम्झिएका । फलस्वरूप माओवादी केन्द्र संग जायज नाजायज भद्र वा अभद्र जे भने पनि सम्झौता गरेका । जे गरे नेपालका लागि महेन्द्र पछि देशका लागि यत्तिको काम गरे यस भन्दा अघि मनमोहन बाहेक कुनै सम्मान जनक रूपमा सम्झने प्र.म. छैनन नेपालमा । भविष्यमा नेपालको इतिहासमा स्मरण योग्य प्रधान मन्त्रीमा केपी ओलीको नाम हुनेछ ।


सरकारको काम
जसरी पहिले सत्तामा पुगी सकेका भुत पुर्व प्रमहरूले के पि सरकारको बिरोध गरेका छन त्यो आँफैमा हास्यास्पद छ । हिजो आफु सत्तामा हुँदा सिन्को भाच्न नसक्नेहरू ओलीको सपना झुटो भनेर खिल्ली उडाउँदै २५ बर्षे अर्को स्वप्न देखाएका छन, कामहरू खेलाची सम्झेका छन ।

Saturday, March 26, 2016

गाइलाइ लक्ष्मी बनाउने की यमराज बनाउने ?


हिन्दु धर्ममा गाइको फ्नै महत्व छ । लक्ष्मीको रूपमा पुजा गर्ने देखी अन्नको जोहो गर्न अमृत रूपि दुध बेच्ने पनि गरिन्छ । बालक तथा बृद्धहरूका लागि भैंसीको भन्दा गाइको दुध सुपाच्य हुन्छ । अझ अहीले त व्यवसायिक गाइ पालन गरेर लाखौं देखी करोड कमाउने व्यक्तिहरू पनि नेपाल मै छन । विदेशबाट सिप सिकेर नेपालमा त्यसको सदुपयत्रग गरी व्यवसायिक रूपमा देश मै पसिना बगाएर गाइपालन बाट लक्ष्मी बनाउने क्रमले परम्परागत यो पेशा धुनीक अनी र्थिक रूपले सुनको फुल पार्ने कुखुरीको रूपमा बिस्तारै सुरू हुँदै छ । हामी कृषि प्रधान देशका नागरीक हरूका लागि यो भन्दा राम्रो के हुन सक्ला ? निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ । नजानीकन लाग्दा फस्ने सम्भावना धेरै हुन्छ । थोरै लगानीमा गाई पालन सुरु गर्नेले बाच्छा बाच्छी भन्दा दुहुना गाई पाल्नु राम्रो हुन्छ । अहिले जर्सी गाई ७० देखि ८० हजार रुपैयाँ पर्छ भने होलस्टेनको एक लाखदेखि एक लाख बीस हजार रुपैंयासम्म पर्छ । किसानलाइ त्यो एकलाख लाइ कसरी दश लाख बनाउने ध्याउन्न सवार हुन्छ । अनि सुरू हुन्छ लक्ष्मी रूपी गाइको यमराज बन्ने यात्रा !
गाइ लक्ष्मी बाट कसरी

Sunday, October 11, 2015

केपि ओली ज्यू लाइ विकास पत्र

सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओली ज्यू नमस्कार
देशको सजक नागरीक का हैसियतमा तपाइलाइ पत्र लेख्दै छु कृपया ध्यान एवं मनन गरी दिनु होला ।
सन्दर्भ लोड सेडीङ, डिजल पेट्रोल अभाब र नाकाबन्दी अनि यसको दिर्घकालिन समाधान
नयाँ बिद्युत आयोजना बनाउनका लागि धेरै रकमको आबश्यकता पर्छ जो सरकारले अन्य विकासका खर्च वा प्रशाशनिक खर्च कटाएर जुटाउन नसक्ने त हैन तर मुश्कील पर्छ । जसका लागि कुनै एक आयोजना मात्र भनेर बिदेशि सहायता पनि एकै पटक आउदैन । जलाशय युक्त आयोजना नभइ लोडसेडिङ घट्ने सम्भाबना छैन तसर्थ बुढी गण्डकी लगायत जलाशय युक्त आयोजनाको लागि नेपालीबाट ले नै अर्थ यस प्रकार जुटाउन सकीन्छ ।
१. सरकार ग्यारेन्टी बस्ने गरी सुरूमै सर्वसाधरणका लागि ३० देखी ४० प्रतिशत शेयर निश्काषन गर्ने ।
३० प्रतिशत शेयर सरकारले लगानी गर्ने
१० प्रतिशत निजामती कर्मचारी, आयोजनाका मजदुर (ज्यालादारी वा कर्मचारी) लाइ
५ देखी १० प्रतिशत शेयर बिद्युत प्राधिकरणका कर्मचारीलाइ
५ देखी १० प्रतिशत शेयर लगानि गर्ने संस्थाहरू जस्तै