गुरुवार, 1 दिसंबर 2011

भतुवा करारनामा सभासदलाइ ब्यंग

विशाल गौतम 

करार ऐन २०५६ सँग संबन्धित

नेपाल राष्ट्रका तर्फबाट आम नेपाली जनता मालिक तथा गरेर खान नसक्ने, खाएर पनि काम गर्न नचाहने हाम्रै रगत पसिनाको कमाइ चुसेर वस्ने, संबिधान सभा नयाँबानेश्वर अस्थायी घर लाइ स्थायी घर वनाइ वस्ने भर्खर मुक्का बजाउन सक्ने कुखुरे तन्नेरी देखी मर्ने वेला सम्मको भतुवाहरुका विच निम्न कार्य पुरा गर्न गराउन भएको सेवा शर्त संबन्धि करार संझौता  यस् प्रकारको छः–

(१)  यो करार अवधि २०६५÷०२÷१४ देखि लागू भै मिति २०६७÷०२÷१४ फेरी २०६८÷२÷१४ र पक्कै काम नगरी थपप्ड हिर्काउदै, पाए माइन्युट च्यात्ने नपाए आफ्नै सर्ट च्यात्ने, एस एल सी दिनको लागी खेताला डाक्ने, जाँडखाँदै ठेलागाडामा तरकारी बेचे जसरी पासपोर्ट बेच्ने, जनता (मालिक) को घर नवले नवलोस आफ्नो घर चोरेर पनी वत्तिवाल्ने गर्दा गर्दै संविधान त पक्कै वनाउन नभ्याउने हुनाले जती पनि थप्न मिल्ने गरी मान्य बनाइने छ । तैपनि जनताको आँखामा धुलो छर्न पुनः नयाँ करार संझौता गरे जस्तो पनि गरिने छ ।



(२)  तपाइँ भतुवा नं. १ देखी ६०१ ले यस देशको संविधान वनाउनको लागी हामीले गल्तीले स्विकार गरे ÷ भए अनुसार दैनिक रुपमा तपाइका कामदेहाय बमोजिम हुनेछ ।

·        राष्ट्रको कुना काप्चा सम्म पुगी जनताको माग अनुसार नयाँ संबिधान लेख्ने र जारी गर्ने, 

·        राम्रो संबिधान बनाउने तर सरकारका लगी कुकुरले झै ¥याल नचुहाउने ।

·        विदेशी चल खेल हुन नदीने ।

·        नयाँ नियम तथा प्रादेशीक वाँडफाँडको हकमा सुझावहरु, तथा आवश्यक कागजपत्र संकलन गरी मालिक ( जनता )  समक्ष बुझाइ निर्देशानुसार काम गर्ने ।

·        जनताले अह्राए बमोजिमका अन्य कामहरु गर्ने ।

(३)  तपाईलाई सुम्पीएको काम गर्दे गएमा मासिक ज्याला बापत रु ४५,०००÷– (अक्षरुपी पैतालिस हजार रुपैया मात्र) संस्थाबाट भुक्तानी पाउनु हुने छ ।
(४)  दफा ३ मा उल्लेख भए देखि बाहेक तपाइँको सेवा अवधिमा अन्य कुनै पनि प्रकारको रकम उपलब्ध गराउन राष्ट्र बाध्य हुने छैन । त्यती ले नपुगे नदी नाला बेच्न, नेपालको कित्ता फोड गरी छीमेकी तिरै दिन, आयल निगमबाट सित्तैमा तेल लिए पनि, हामी केवाल लगे, खाए र सके मात्र भन्ने जस्तो गर्ने छौ त्यसकारण उक्त कुराहरु पनि छुट नै गरिने ।



(५)  देशको नाममा संकलन गरेको कुनै पनि प्रकारको नगदी, जिन्सी तोकिएको समयमा देशमै बुझाई फरफारक लिनु तपाईको कर्तब्य हुने छ । तपाईको नाममा देखिन आउने जुन सुकै रकम तपाईको चल अचल सम्पतिवाट असुल उपर गरी लिन राष्ट्रलाई अग्राधिकार सुरक्षित रहने भए पनि केही गरिने छैन । उल्टो रिवन काट्न र माला पहिर्याइने छ ।



(६)    देशको काम छाडी विना पूर्व जानकारी अनुपस्थीत रहने, छोरा, श्रीमती, साला, नातेदारको जम्वो टोली लिइ विदेश जान पाइने छैन एवं कुनै पनि आन्तरीक वा वाह्यकारणले काम नगरेमा नो वर्क नो पे को अवधारणा अनुसार तोकीएको मासिक पारीश्रमिक समेत कुनै पनि सेवा सुविधा उपलब्ध गराउन राष्ट्र बाध्य हुने छैन । तर लगि हालेमा पारीश्रमिक देखी सबै चिज खायो र लग्यो भनी चिच्याउने वाहेक केही गरिने छैन ।

(७)  राष्ट्रको सेवा शर्त नियमावली तथा मालिक (जनता) प्रबन्धकको प्रत्यक्ष निर्देशन र अधिनमा रही कार्य सम्पन्न गर्नु पर्ने छ । मालिको नलागे प्रभुलाइ गालि गर्न र फेरी प्रभुको मा जान पनि छुट छ ।  साथै अनुशासनहीन काम, ड््युटिमा मादक पदार्थको सेवन वा आफ्नो कर्तब्य पालनामा हेलचक्रयाई,सेवाग्राही वा मालिकलाइ पनि अपशव्द, मानहानी, रकम हिनामिना जस्ता कुनै असंतोषजनक कार्य भएको पाईएमा जुन सुकै समयमा राष्ट्रले तपाइ“लाई सेवाबाट हटाउन सक्ने हो तर पुरस्कृत गरी महान नेता भनिने छ ।

(८)    अन्य शर्त एवं सुविधा प्रभुको बाट करोडौं र माथिल्लो प्रभु बाट अरबौ लिएर आँफै आँफैमा किनबेच गरी पुरा गर्न सक्नु हुनेछ  । अन्यकुरा तपाइ भतुवाहरुको मनलाग्दी, धनलाग्दी, मिच्याहापन, नालायकी पन अनुसार नै हुनेछन् ।



करार गर्नेकोः–        प्रतिनिधी यालेहरु                                                                             देशका तर्फबाट

                             

नामः– अडचन्न, झल्लु, कुशिल, फुटेन्द्र जादव, अन्य                                    

हस्ताक्षरः–                                                                                                      ......................

                                                                                         (भेडाहरु, पिना सुक्दा कराउनेहरु, हात्ति हिड्दा भुक्नेहरु)

 दा.                बा.                                                                         तथा कथित नोकरले नटेर्ने मालिक हरु  

                                                                                               मितिः– २०६८÷२÷१४ मध्य राती १२ बजे

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें