गुरुवार, 1 दिसंबर 2011

जनता र नेता

“यी नेताहरू सबै फटाहा हुन...” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।
“हो त नि... कसैले केही गर्ने हैनन् ...सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।
“एउटा- दुईटा मात्रै हैनन् ... के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।
“के गर्नु... कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।

“हैन यो लाइन पनि कत्ति ढिला बढेको...२ घण्टा घाममा उभ्भिदा- उभ्भिदाँ खुट्टै दुखी सक्यो ...” लाममा पछाडि रहेका एकजना बुढा बा ले भने: “...आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।

दिलिप दाइ बाट साभार
http://dacharya.blogspot.com/2011/09/blog-post_19.html#more

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें