गुरुवार, 8 दिसंबर 2011

जागीरे को दुधपोखरी यात्रा २

प्रथम भाग यता >>>>>

बाटामा धारोको चिसो पानी पिउदै मैले बोतलमा पानी भरें घाम प्रचण्ड थियो । पानी नभए अझ थकानले ग्रस्त हुने थिर्यौं । भैंसे बाट उकालो लाग्दै गर्दा हामीले बर पिलको रुख देख्यौं ठुला ठुला हाँगा बाट लहरा तल भुई सम्म झुलेको हामीलाई यो दृष्य पनि अचम्म लाग्यो हामीले मन थाम्न सकेनो र त्यही लहारा समाएर पिङ्ग खेल्न थाल्यौं । पिङ खेल्न मिलन हामी भन्दा अगाडी थियो । सायद यो टिममा बलियो बाङ्गो उही नै थियो ।  मैले बाल्यकाल संझन पुँगे हामीले दशैं तिहारमा मात्र खेल्ने गरेको पिङ्ग भन्दा अझ रमाईलो लाग्यो मलाई यो लहरामा झुल्नु । हामीलाई देखेर त्याहाका केटकेटीले रमाईलो मानेर तालि बजाई रहेका थिए । तिनले ठान्दा हुन हामी भन्दा बच्चाहरु रहेछन् शहरका मानिसहरु यति ठुलो भएर पनि बच्चाको झै लहरामा पिङ्ग खेलेका ! त्यो रमाईलो र कोलाहलमा मैले सम्झन लायकका २–४ स्न्याप फोटो लिए ।  हामी पिङ्ग छोडेर अगाडी बढ्यौ । बाटो भर्खर खनिएको जस्तो थियो मुल बाटो जस्तै भएकाले हामी त्यही बाटौ गयौ तर केहि पर पुगे पछि बाटो टुंगियो । एकातिर मादिको तिर भने अर्को तिर भिर थियो
हामी अगाडी बढ्ने ठाँउ थिएन फेरी खेताला हरु संग सोध्दा थाहा भयो हामी पिङ्ग खेलेको ठाँउ बाट ठाडै सालघारीको उकालो लाग्नु पर्ने रहेछ । सुन्दै म अत्तालिए किनकी दिनको यस्तो घाममा उकालो चढ्नु तर सालघारीको बिचबाट भनेकाले सितल हुन्छ भन्दै १० मिनेट बराबरको उल्टो बाटो बाट फिर्ता भै उकालो लाग्यौ । तर हाम्रो अनुमान ठिक गलत थियो मध्यान्नमा सालघारीमा हावाको नाममा पात पनि हल्लीएको थिएन भने खुडकिलाहरूमा टलक्कै टल्केको घाम, मेरो लागी यो सहज थिएन । लौरी टेक्दै बोतलको पानी पिउदै र हाम्रै स्थानिय उत्पादन अनुजको रोजाइमा रहेको सुजल गम खाँदै उकालो काट्दै थियौ । उ अक्सर भन्ने गर्थ्यो स्थानिय उत्पादनलाइ बढावा दिनु पर्छ । सन्तोष र म चाँही मिठो पाए खाने र मिलन चाँही यस्ता कुराम रूची राख्दैनथ्यो त नभनौ तर उ हामी माझमा चाइनिज झै थियो जे भए पनि हुने । हामी सालघारी को बिचबाट अगाडी बढ्दै थियौं , सालघारीको बिचमा गाडिएका बिजुलिका खम्बाको अस्तब्यस्त बसाई, झोल्लीएका तार हरू सायद यो ताङतिङ जलबिधुत योजनाको सम्पती थियो ! यि अस्तव्यस्त पाराले कता कता उत्पादनको लागी बिदेशीको सामु हात पसारेको जस्तो नमिठो सोचाई मा गम्न बाध्य गरायो । हामी आफ्नै स्थानिय श्रोतको किन उपयोग गर्न सक्दैनौ, किन जे कामको लगी पनि हामी हात पसार्न अगाडी सर्छौ । सोचाई संगै बिचमा बस्दै बस्दै हामीले सालघारीको उकालो काट्यौं । फेरी माथी चौतारीमा बस्दै पानी र कुकिज खाँदै लम्पसार परेर थकाई मार्दै थियौ । भर्खरै गाईबस्तु हेरेर आएकी एक बुढी आमा संग हामीले सिक्लेस जान कति समय लाग्छ सोध्यौ । उहाँले त्यस्तै तिन चार घण्टामा पुग्ने कुरा बताउनु भयो जहाँ पुगे पनि अचम्मै लाग्ने गरी यो तिन चार घण्टा भन्ने शब्द सुन्न पाईन्थ्यो । खै हामी त्याहाँका मानिस जस्तै छिटो हिड्न नसकेको पो हो की जस्तो लाग्यो । केही बेरको आराम पछि फेरी हामी अगाडी बढ्यौ । छाचोक हुँदै हामी अगाडी बढ्दै थियौ । छाचोक अहिले पोखरा संग सजिलै जोडीएको रहेछ । टोयोटाका ट्याक्सी संगै आहोर दोहर गर्नेको ताँती थियो सबै हामीलाई हेर्दै जान्थे सायद हातमा लौरो पिठ्युँमा झोला बोकेर सायद धेरैले वाई सि.एल भन्ठानेका रहेछन् की ? हुन पनि हो हाम्रा नेता हरु चुनाब जिते पछि गाँउ टेक्न बिर्सन्छन् । गाँउको मात्र कुरा के गर्ने आफ्नो चुनाब क्षेत्रनै बिर्सदा रहेछन् । ग्रामिण जनता संग तिनको न त संम्बन्धनै राम्रो बनेको थियो, न त गाँउ फर्कनका लागी ठाँउ बनाएका छन् । खोला त¥यो लौरो बिर्सीयो भनेझै । माओबादी ले यति धेरै ठाउमा जित्नु प्रमुख मध्यको एक कारण यो पनि हुन सक्छ । गाँउ गाँउ सम्म पुग्ने क्षमता, ग्रामिण ईलाका संग सामिप्यता र बलियो ग्रामिण संगठन । जनताले के चाहे त्यसको संबोधन माओबादीले गरे विश्वास कमाए अनि चुनाब जिते साधारण छ तर ब्यबहारमा गाह्रो पनि । अरु दलको न्युन वा शुन्य उपस्थिती पनि अर्को प्रमुख कारण हो जस्तो लाग्यो । किनकी कुनै पनि दलले गाँउसम्म चुनाब भन्दा २–४ दिन अघि देखाएको माया ममता भन्दा बर्सौँ गाँउमै बसेर संर्घष र बलिदान गरेको कुराले महत्व राख्छ । तर यो सामिप्यता सत्तामा पुगे पछि माओबादीले पनि बिर्से भने गाँउ र गाँउले प्रति अन्याय हुन्छ । आशा गरौ यिनले गाँउलाई पहिलो प्राथमिकतामा राख्नेछन् । पानी पिउदै अगाडी बढ्दै थियौं थकाईले शरिरलाई चुर चुर बनाएको थियो । संगै मादि बगेको थियो एकनासले तिर तरै हामी अगाडी बढ्यौ अनुजले भिर मौरीको घार याँहा पाईन्छ भने पछि हामी हेर्न हौसिएका थियौं हनि हण्टरको केही भाग नेशनल जियोग्राफी मा हेरेको मात्र थिए । आज प्रत्यक्ष रुपमा भिर मौरी हेरीने भयो भन्ने कुराले मन प्रफुलित थियो । भिर मौरीको घार देखे पछि स्वभाब अनुसार फोटो खिच्न थाले । कालो र पहेंलो गरी २ किसिमका घार थिए । मौरी बासेको घार कालो थियो मौरी नबसेको घार पहेलो थियो । एउटा घार हामी भन्दा मुस्कीलले २० – ३० मिटरमात्र अग्लो ठाँउमा थियो । मनमनै ढुंगाले हानौ हानौ भएको थियो मौरी भगाएर मह खाने चाहना मनमा थियो तत्काल अनुजले त्यसो नर्गन भन्यो सायद उसले मेरो र मिलनको भित्री भाव थाहा पाइ सकेको थियो । भिर मौरी रिसाएमा ज्याननैलाई खतरा हुने भएकाले योजना बन्न नपाउदै तुहिएको थियो । घार हेरेर घुटुक्क थुक निल्दै फेरी अगाडी लाग्यौं ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें