बुधवार, 7 दिसंबर 2011

राणाको घरबाट चोरीएको १४ लाखको औँठी प्रचण्डको हातमा

 चिउरा चपाएर छाक टार्ने कार्यकर्ताका नेताहरूचाहिँ कति सोखिन बन्दै छन् भन्ने सुन्यो भने जिब्रो टोक्नुपर्ने स्थिति छ । हात्तीको देखाउने र चपाउने दाँतझैं एकजना नेताका दुई रूपबारे कार्यकर्ताले अर्का नेतालाई झोसपोल लगाएपछि यस्ता कुरा बाहिर आएका हुन् ।न्यूरोडगेटस्थित मुसाको लिँड हाली गुँदपाक बिक्री गर्ने पसलको ठ्याक्कै अघिल्तिर लक्की ज्वेलर्स नामक गहना पसल छ । दुई वर्षपहिले एकजना राणाजीको घरबाट हराएको चार क्यारेटको हीराको औँठी
कसैले त्यही ज्वेलर्समा बिक्री गर्‍यो । पसलले पौने १४ लाख रूपैयाँमा खरिद गरेको त्यो औँठी कसैले त्यहाँबाट किन्यो र कुनै एउटा व्यापारीले नेताका लागि उपहार चढाउन लग्यो । यो त्यही औँठी हो, जो हिजोआज कहिलेकाहीँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को औँलामा टिलिक्क टल्किने गर्छ । प्रचण्डलाई त्यसरी हीराको औँठी उपहार दिने व्यापारी को थिए भन्नेचाहिँ जनकपुर स्थायी घर भएका सोही पसलका मालिक ऋषि ठाकुरलाई थाहा छ । उनको घर कोपुण्डोलस्थित सिखमन्दिर गुरुद्वाराछेउमा रहेको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ ।

हीराको औँठी मात्र होइन, विश्वबजारमा उत्पादित मोबाइलका नयाँ-नयाँ सेट, घडी, ल्यापटप र आइपडमा रमाउनु पनि माओवादी अध्यक्षको सोखमा पर्छन् । कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग गरेको कुराकानी रेकर्ड गरी सार्वजनिक भएजस्तै घटनामा परिन्छ भन्ठानी प्रचण्डले लामो समयदेखि नेपाल टेलिकमको सिम प्रयोग गर्न छाडेका छन् र एनसेलको ग्राहक बनेका छन् । गत महिना लन्डन गएका उनले त्यहाँबाट सोनी कम्पनीको ल्यापटप पनि ल्याएका छन् ।

प्रचण्डका यस्ता गुह्य कुरा मोहन वैद्य समूहले उनको छिद्र खोज्दै जाँदा पत्ता लगाएको हो । गत साता भौतिक योजनामन्त्री हृदयेश त्रिपाठीकी छोरीको विवाहभोजबाट फर्किएर प्रधानमन्त्री डा. बाबुराम भट्टराई सोझै वैद्य बस्ने ठाउँमा पुगेका थिए । उनी पुग्दा त्यहाँ भेला भएका वैद्य पक्षधर कार्यकर्ता भने प्रचण्डबारे वैद्यलाई यस्तै-यस्तै झोसपोल लगाइरहेका थिए । रिसाएका सहकर्मीलाई फकाउन माहिर मानिने प्रचण्ड हिजोआज वैद्यलाई फकाउन यसरी छड्के पारामा उनीकहाँ गइरहने गर्छन् । यही मेलोमा प्रधानमन्त्री बाबुराम भट्टराईको पनि उत्तिकै सक्रियता बढेको माओवादी कार्यकर्ता बताउँछन् ।

Online Khabar:  http://onlinekhabar.com/2011/12/107083.html

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें