बुधवार, 21 दिसंबर 2011

कट्टु सुकाउन सरकारी साधन !!!!! हाम्रो नेपालमा !!!!

६ पुस, काठमाडौं । झन्डावाल सरकारी गाडी लिएर मन्त्री बिहानै नुहाउन जान्छन् अनि दिउँसो सुकेको कट्टु उठाउन पनि सरकारी गाडीमै पँधेरामा पुग्छन् भन्ने कुरा थाहा पाउँदा यो साता सिन्धुलीवासीले आश्चर्य माने । प्रसंग सिन्धुली घर भई मोरङको ८ नम्बर क्षेत्रबाट संविधानसभामा निर्वाचित युवा तथा खेलकुदराज्यमन्त्री गोपी अछामीको हो । मन्त्री भएपछि सिन्धुलीतिर झन्डावाल गाडीमा
बाक्लै देखिने गरेका राज्यमन्त्री अछामीले यसपालि जिल्लामा निकै रमाइलो गरे ।

मंसिर २९ गते पुरानो झाँगाझोलीमा दाहालको देवालीमा निम्ता मान्न पुगेका राज्यमन्त्री अछामीका साथमा प्रचण्डपक्षीय माओवादी जिल्ला इन्चार्ज वसन्त माझी र सर्वोच्चले जन्मकैदसहित सर्वस्वहरणको फैसला सुनाएका सभासद् बालकृष्ण ढुंगेलसमेत थिए । मन्त्री अछामीले ढुंगेललाई काठमाडौंबाटै गाडीमा लिएर गएका थिए । उनीहरू सह-इन्चार्ज राजन दाहालको निम्तामा उनैका घरमा पुगेका थिए । जनआस्था साप्ताहिले छापेको छ ।

पुस १ गते बिहान मन्त्री अछामी सरकारी गाडीमा सभासद् ढुंगेल र अन्य गाउँका कार्यकर्तासमेत हालेर तीन किमि तल पर्ने मूलकोट बेंसीमा नुहाउन झरे । मन्त्रीको समूह जापानी बाथरुमको तातोपानीमा नुहाइ-धुवाइ सकेर चियापानपछि झन्डावाल गाडी धुलो उडाउँदै गाउँतिरै फर्कियो ।

गाउँमा खाना खाएपछि अपराह्न मन्त्रीको गाडी फेरि मूलकोट झर्‍यो । उनीहरू गाडीसहित क्याम्पमा छिरेर त्यहाँ एकछिन पनि नरोकिई नुहाएर सुकाइएका कट्टु र गन्जी टिपेर रातमाटातिर हुइँकिए । एकपटक नुहाउन र अर्को पटक कट्टु उठाउन मन्त्री आफैँ आएको देखेपछि स्थानीयवासीले उदेक मानेका थिए ।

http://onlinekhabar.com/2011/12/111800.html

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें