शुक्रवार, 2 दिसंबर 2011

ल्वाङघलेलको लघु जलबिद्युत र लेखनाथ साना शहरी खानेपानीको सम्भावना

विशाल गौतम
 करिब एक करोडको लागतमा निर्मीत सैती खोला लघु जलबिद्युत आयोजनाबाट ४४ किलोवाट बिधुत उत्पादन गरी ल्वाङघलेल गाविसका वडा नं ४,५,७र ८ एवं रिभान गाविसका वडा नं ४र ५ निवासी स्थानियहरु २४सै घण्टा विजुलीको साथ पाई रेहका छन् । सुन्दा अचम्म लाग्ने गर्छ । उनिहरुले २४ घण्टा बिजुली मात्र प्राप्त गरेका छैनन् प्रति युनिट नगन्य ५० पैसा मात्र भुक्तानी गरीरहेका छन् । १० घण्टा लोडसेडीङ्ग भएको बेलामा अझ बिधुतको भाउ बढ्दै छ र फागुन बाट १८ घण्टा लोडसेडिङ्ग हुँदैछ भन्ने नेपाल बिधुत प्राधिकरणको सुचना थाहा पाउदा त्रसित उपभोक्ता लाई यो खबरले
रामराज्य भेटे जस्तो लाग्ला । अझ प्रति युनिट ५० पैसा सुन्दा त लाग्ला यस्तो पनि छ नेपालमा ! आहा ! अनि आँफैलाई धिकार्न मन लाग्छ होला नरपालिकाको बासिन्दा भएकोमा नाम मात्र नगरपालिका राखेर के हुँदो रहेछ खै न २४ घण्टा पानी छ न विजुलि तर नगरपालिकालाई कर भने तिर्नु पर्ने कस्तो अचम्म ! संगैको छिमेकी गाविसले त्यस्तो प्रगती गर्दा पनि हामी लेखनाथवासी पछि नै छौ । सम्भावना हाम्रो नगरमा पनि छ तर पहिचान गर्ने कस्ले ? विदेशी हरु आएर ल तिमी संग यस्तो छ तिमीहरु ले हामीले भने जस्तै गर ८० प्रतिशत हामीलाई २० प्रतिशत तिमी (नेपाली) हरुलाई, अनि सर्त राख्छन हाम्रो मोडलमा बिजुलि निकाल्छौ ? नभनी हामीलाई त्यस संबन्धी सोच्ने र हेर्ने अनी काम गर्ने वानीनै छैन  कस्तो लाजमर्दो कुरा ! आफ्नोमा स्रोत र साधन छ तर देखाई दिनु पर्छ विदेशीले । लेखनाथको सानासहरी खानेपानी आयोजना महंगो पनि प्रचार भै रहँदा पनि सस्तो र बहुउद्धेश्यीय बनाउने सोच छैन सो योजना संग । आलोचना खेप्न तयार छ तर काम गर्न तयार छैन । लभ्सी डाँडा र ज्यामीरकुना डाँडामा भएका पानीका विशाल ट्याङ्की बाट लघु जलबिधुतत निकाल्न मिल्ने भरपुर सम्भावना छ । त्यसलाई कार्ययोजना नबनाउने त ? अझ लेखनाथ –७, को ज्यामिरकुना ट्याङ्कीबाट ठुलै बिधु गृह बनाउन मिल्ने सरल भौगोलिक स्थीती छ । विधुत निकाल्न सामान्यतया १० मिटर उचाई चाहीन्छ त्यस हिसावले पनि डाँडाको विचमा ठुलो १ वटा विधुत गृह वनाउने र तल्लो भागमा त्यही विधुत गृहबाट निस्केको पानीलाई शुद्धीकरण गरेर लेखनाथको तल्लो भागमा खानेपानी वितरण गर्न सकिन्छ । लगानीको अभाव पक्कै हुँदैन सम्पुर्ण खर्च पहिल्यै उक्त डाँडामा पानी चढाउन भै सकेको छ अब त केवल टर्वाईन मात्र जोड्न बाँकी छ र तल फेदीमा अर्को पानी ट्याङ्की बनाउन मात्र खर्च लाग्छ । त्यो खर्च त बिधुत उपभोक्ता समिती बनाउने हो भने उक्त समितीले शेयर वितरण गरेर लगानी योग्य पुँजी संकलन गर्न सकिन्छ । १० देखी २० घण्टा बिधुत बिना बस्ने बाध्यतामा परेका स्थानीयहरु लगानी गर्न बाट पछि हट्छन जस्तो मलाई लाग्दैन ।  ल्वाङ्गघलेल ले जस्तै हामीले पनि गौरव गर्ने केही बनाउने हो की ?

1 टिप्पणी: