शुक्रवार, 2 दिसंबर 2011

वर्ड फ्लू र यसका फाइदा


                                                                        
विशाल गौतम
वर्ड फ्लू विगत एक दशक अघी देखी पुरै संसारलाई भयभित वनाउदै आएको छ । तर कमैलाई थाहा छ यो रोग कति खतरनाक छ भनेर । सन १९९७ मा भियतनाममा यो भाईरल ईन्फेक्सनको पहिलो घट्ना लगत्तै डब्लु. एच.ओ. ले यसलाई लगातार  निगरानी गर्दै आएको छ । डब्लु. एच.ओ.को आँकडा अनुसार सन् २००३ यता विश्वभर बर्ड फ्लूको करिब ४०० भन्दा बढी घट्ना र करिब २०० भन्दा बढि मानिसको मृत्यु भएको छ । मर्ने हरुको विश्वब्यापी यति थोरै संख्याका बाबजुद यो रोगको हल्ला बढी छ । यसले कैंयौ प्रश्न उठाएको छ । यो आँकडाले हामीलाई अन्य कुराहरु पनि बताउछ । उदाहरणको रुपमा मानिसमा यो रोगको आक्रमण अजरबैजान, कम्वोडिया, चिन, जिवुती, मिश्र, ईन्डोनेसिया, ईराक, नाईजेरिया, थाईल्याण्ड, टर्की अनि भियतनाममा भएको देखीएको छ । यो रोग पंक्षिहरुको माध्यमबाट कँहीपनि सर्न सक्ने रोग हो तर यसको कुनै पनि आक्रमण विकसित मुलुकमा भएकोकुरा प्रकासमा आएको छैन ।

छिमेकी मुलुक भारतमा पनि वर्ड फ्लू फेला परे पनि कुनै मानिस पनि हताहत भएको कुरा प्रकाशमा आएको छैन मर्ने कुरा त परै जाओस । बिशेष गरी पंक्षिहरुमा लाग्ने यो रोगबाट मानिसहरु लाई सुरक्षित राख्न टेमिफ्लू नामक औषधी बजारमा आएको पनि ११ बर्ष भन्दा बढी भएको छ । भारतबाट खुला रुपमा सेतो अण्डा र कुखुराको आयातले गर्दा र साईवेरियाका चराहरु जाडो छल्न कोशी टप्पु जस्ता ठाउमा प्राकृतिक रुपले भित्रनुले पनि नेपालमा वर्ड फ्लूको खतरा भएको सर्व बिदीतै छ । तर नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले रोकथामका उपाय अपनाएको छ या छैन;  तर गोष्ठी र सेमिनारहरु भने प्रसस्त भएका छन् । जसले लाखौ रुपैया खर्च भएको छ । हाम्रो सरकारले वर्डफ्लू संग लड्ने औषधी खरिद गरेको छ तर केन्द्रिय स्तरमा मात्र । रोगको प्रकोप भएको खण्डमा रोग ग्रस्त क्षेत्रमा जाने केही प्राबिधिक लाई मात्र प्रयोग गर्न मिल्ने मात्रामा भएको कुरा हालै प्रकाशमा आएको हो के यति मात्र प्रयाप्त छ बर्ड फ्लू संग लड्न ?
टेमिफ्लू हालैको बर्षहरुमा विश्वभर उच्चतम कमाई गर्ने औषधी भएको छ । यसलाई स्विट्जरल्याण्डको ‘रोश’ कम्पनीले बनाउछ । कम्पनीले २००७मा लगभग १.१५ अर्व डलको कारोबार गरेको थियो । कम्पनीको २००७ को लक्ष २१ करोड क्याप्सुल करिब विश्वका ८० देशलाई बेच्ने थियो । जसको मुल्य अनुदान सहित प्रति क्याप्सुल रु १२०देखी १५० को आसपास पर्दछ । अमेरीकी सरकारले गरिब राष्ट्रहरुलाई वर्डफ्लूको औषधी किन्न आर्थिक सहयोग पनि दिने गरेको छ ।
रोचक कुरा के छ भने यो औषधीको खोज अमेरीकी कम्पनी जायलिड साईन्सेलेजले १९९६ मा गरेको थियो । धेरै बर्ष सम्म यसको कारोबार खासै राम्रो भएन तब यसले १० प्रतिशत रोयल्टी पाउने शर्तमा यसको मार्केटिङ्ग राईट्समा रोश लाई बिक्रिी ग¥यो । यानेकी विश्व भर टेमिफ्लूको हरेक बिक्रिको १० प्रतिशत हिस्सा जायलिड साईन्सेजलाई आउछ । वर्ड फ्लूको त्रासले यस्ता औषधी उद्योगहरुलाई अत्याधिक फाईदाजनक भएको छ । जायलिडका दिन तब फिरे जब वर्डफ्लूको हल्ला विश्वभर फैलियो । डब्लु.एच.आ.ले विश्वभर सबै देशमा टेमीफ्लूको स्टक राख्न सल्लाह दिएको थियो । अमेरीकी सरकारनै यो औषधीको सबैभन्दा ठुलो खरिद कर्ता थियो । यसले अमेरिकामा ठुलो हल्ला मचिएको थियो । अमेरिकी रक्षा मन्त्रि समेत भैसकेका डोनाल्ड रम्सफेल्ड १९९७–२००१ सम्म जाईलिडका चेयर म्यान थिए । उनले उक्त हल्ला पश्चात सार्वजनिक रुपमै टेमिफ्लूसंग जोडीएका कुनै पनि सरकारी निणर्यमा उनको हात नरहेको स्पष्ट पार्नु परेको थियो ।
वर्डफ्लूको यो हल्ला खल्लामा डब्लु.एच.ओ अनि वल्र्ड बैंकको अहम भुमिका रहेको छ । बल्र्ड बैंकको एक बिज्ञप्ती अनुसार यसले विश्वको अर्थतन्त्रमा ८००–३००० अरब अमेरिकी डलर सम्म नोक्सान हुनेछ । डब्लु.एच.ओको यो पनि भनाई रहेको छ की वर्डफ्लूले माहामारीको रुप लिएमा विश्वभर २० लाख देखी ७४ लाख मानिसको ज्यान जाने छ । डब्लु.एच.ओका अनुसार टेमिफ्लू र रेलेन्जाले मौसमी ईन्फ्लूएन्जाको असर कम गर्न मद्दत गर्छ । संगठनको स्पष्ट यो भन्नु छ की यि औषधीहरु वर्डफ्लू रोक्न कति सहयोगी छ यसको कुनै क्लिनिकल डाटा छैन । यानेकी यो सावित भएको छैन रेलेन्जा र टेमिफ्लूले वर्डफ्लूका रोगीलाई कती फाइदा पुग्छ । यसका बाबजुद डब्लु एच ओले जोरदार संग यो सिफारिस गरेको छ कि यदी कुनै मानिसलाई वर्डफ्लू भएको छ या शंका लागेमा तत्कालै उसलाई टेमिफ्लूको डोज दिनु पर्छ । यि औष्धीको असरको बारेमा पक्का जानकारी नभएको कुरा स्विकार्दा स्विकार्दै पनि डब्लु.एच.ओले सबै देशलाई यि औषधीहरुको स्टक राख्न सल्लाह दिएको छ ।
नेपाल र यस आसपासका छिमेकी देशहरुमा पटक पटक वर्डफ्लूको घट्ना भै रहेका छन् । तर यस माहमारी रोगमा काम भन्दा पनि बहस केवल गोष्ठी र सेमिनारमा मात्र सिमित छ । न सिमाका नाका हरु कडाईका साथ सिल गरिएका छन् न पंक्षि र पंक्षीजन्य पदार्थको आयातमा । फलस्वरुप नेपालमा पनि यो रोग आयात भएको छ भारतबाट । यदि सरकार काम भन्दा विना परिणामका बहसमा मात्र समय नखर्चिएको भए नेपालमा पनि वर्ड फ्लू देखीने थिएन । नेपालको अर्थतन्त्रमा ठुलो योगदान दिएको, साठी हजार घरपरिवारलका करिव २लाख जनताले प्रत्यक्ष र अप्रत्यक्ष एकलाख भन्दा बढी जनताले अप्रत्यक्षल रोजगारी पाएको पंक्षि ब्यवसायमा बैंक तथा बित्तिय संस्थाको करिब १६ अर्ब रुपैया लगानी भएको छ । तर यत्रो ठुलो कारेबारलाई हल्लै हल्लाले अर्बौ को नोक्सान हुने अवश्थामा ल्याई दिएको छ । यो हल्लाले कुन देशलाई र कसलाई फाईदा भएको छ त्यो पनि ध्यान दिनु जरुरी छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें