Saturday, December 3, 2011

पहिलो प्रेम

           

अतिथी कलमका रूपमा मेरो नजिकैका छिमेकी, गुरू तथा अभिभावक उहाँका छत्र छायाँमा धेरै कुरा सिक्न पाए जसको कारण म आँफुलाइ जिवनमा अगाडी बढाउन उर्जा प्राप्त गरीरहेको छु ।  यो गिती कथाका रूपमा रेडियो अन्नपुर्ण मार्फत प्रसारण भै सके पनि म सँग भएको सफ्ट कपी लाइ यहाँ नउतारी रहन सकीन ।

पहिलो प्रेम

बाबुराम थापा
लेखनाथ -८, शिशुवा

हिमाल संग जोडिएको जस्तो देखिने हरियाली पाहाडमा मेरो गाँउ पर्दछ । हाम्रो गाँउ बेशिबाट झलक्क हेर्दा भिरालो भु–दृष्यको अन्दाज लगाईएपनि वास्तबिकता त्यस्तो नभई ठुल ठुला फराकिला बारीका गह्रा अनि केही भिराला दग्रा र होचा कान्लाहरुले मिलेर चिटिक्क परेको छ याहाको भौगोलिक आधार, सौन्दर्यले पूर्ण दुर्गम मेरो गाँउ पुग्न कठिन यात्रा लागेपनि गाँउ पुगी सकेपछि भने मनमा यहाँको सौन्दर्यले स्वर्गिय आन्नदको अनुभुती हुने गर्दछ । अपार प्राकृतिक सम्पदाले भरिपूर्ण यो ठाँउ तर बिडम्बना यी संम्पदाका बारेमा नजान्दा दुखी छन् यहाँका मानिसहरु, रुढिबादी एवं अन्धबिश्वास परम्पराले बाँधिएको हाम्रो समाजमा आफ्नै खालको संस्कृती बिद्यमान छ । यद्यपि केही शिक्षित मानिसहरु यी संस्कारका बिरुद्धमा देखा परेपनि अधिकांश निर्दोष मानिस यी चालचलन र रितीरिवाजलाई जीवन्त तुल्याउन प्रयत्नरत देखिन्छन् । अर्को तर्फ हाम्रो संस्कार संग जोडिएको एउटा पाटो छ । मै हुँ भन्ने
भावना, यस्तो हैकम बादले हरेक समाजमा जरा गाडेको हुन्छ । जव पिडा बोध हुन्छ तब अहमताको भाव बिर्सजन हुने हुँदा एउटा गहिरो भाव, बिभोर भएर संबेदनशिल यात्रामा पुग्दाको क्षणमा हुने तितो अनुभव यथार्थ र बास्तबिकता जस्तो लाग्दो रहेछ ।
बाबाको एक्लो छोरो म बिधालयको पढाई सकिएपछि उच्च शिक्षा हासिल गर्न बाबाले मलाई पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्ने सल्लाह दिनु भयो । बाबाको ईच्छा थियो कि छोराले उच्च शिक्षाको पुरा गरोस, तत्पश्चात अधिकृत तहमा जागिर खाओस तथा यश र ऐश्वर्य आर्जन गर्नुका साथ साथै मानब कल्याण र नैतिकता जस्ता सामाजिक भावना विकास गरि अघि बढोस । पन्चतन्त्रमा भनेको छ पुत्र पैदा नहुनु, भएर पनि मर्र्नु र मुर्ख हुनु यी तिनै कुराहरु दुखदायी हुन अझ छोरा जन्मीएर मुर्ख हुनु अपेक्षकृत बढि दुखदायी हो । किनभने मूर्ख छोराले बाबु आमालाई आजिवन दुखमा डुबाउछ सायद यिनै भावहरुबाट अभिप्ररित भएर होला उहाँ केरो असल ब्यक्तित्व र उज्जवल भबिष्यको कामना तर्फ मार्ग निर्देशित गर्नु भएको हुनु पर्दछ ।
बाबाको सल्लाह र मेरो उच्चशिक्षा अध्ययन गर्न तिब्र ईच्छाको कारण मैले पृथ्वीनारायण क्याम्पस पोखरामानै भर्ना भै पढाई सुरु गरेँ । मेरो अध्ययन अगाडी बढ्दै थियो घरबाट आउन जान संम्भव नभएपछि म पोखरामानै डेरा गरी बस्न थाले । छुट्टीमा कहिले काँही घरमा आउने गर्थे, घरमा आएको समयमा म बिहानको मिरमिरे उज्यालो संगै बिउँझिएर खोला तर्फ नुहाउन जाने गर्थे । प्रकृती र बातावरणले स्वच्छ त्यो खोलामा नुहाई सकेपछि चउरमा बसेर बिहानको सुर्यको कलिलो किरण संग भरपुर आन्नद लिन्थे ।

एकदिनको कुरा हो म बिहान नुवाइृ धुवाइृ सकेपछि चउरमा बसेर चराहरुको चिरबिर आवाज संग आत्मसाथ गरिरहेको थिए । त्यही बेला पछाडीबाट सुरिलो स्वरमा आवाज सुनियो हेलो प्रियतम ! म अचम्मीत हुदै जुरुक्क उठेँ र पछाडी फर्किएर हेरें । एक अत्यन्त सुन्दरी नव यौवन युवती मुस्कुराउदै अगाडी खडा थिईन मलाई ठम्याउन मुस्कील परिरहेको थियो । म मनमनै उनलाई चिन्नको लागी उत्सुकता पूर्वक प्रयत्नरत थिए । उनि बिचैमा बोलिन:– “म राधा तपाईको बाल्यकालको साथी ।” मैले अनुमान लगाएकी उनि पल्लो गाँउकी किसोरी थिईन । उनि भन्दै थिईन की :– “तपाईको बाबाले मेरो बाबा संग तपाइको र मेरो बिवाहको संम्बन्धमा चर्चा चलाउनु भएको थियो ।” यति भने पछि उनि मलाई लजालु आँखाले ईसारा गर्दै थिईन के छ बिचार तपाईको ? उनको यस्तो निरपेक्ष प्रेमपूर्ण अभिव्यक्तीले मेरो हृदयमा एक प्रकारको प्रेमरसको बर्षा गरिदियो । तर म कुनै प्रतिउत्तर नगरी उनलाई नै एकोहोरो हेरी रहेको थिएँ । मेरो कुनै प्रतिक्रिया नपाएपछि उनको अनुहार लाजले रातो भयो । जब बिहानको सुर्यको किरणले उनको सुन्दर अनुहारमा बिस्तारै प्रवेश गर्यो यसबाट उनि असाध्यै राम्री देखिईन यस्तो लाग्दथ्यो की उनको अनुहारमा किसोर अवस्थाको चञ्चलता झल्की रहेको थियो भने हृदयमा गहिरो बिनम्रताको भाव । म उनको रुप यौवन र सौन्दर्य प्रति भावुक भै टोलाई रहेको थिए । साथसाथै उनको सुन्दरताको प्रसंसा गर्न बिवस थिए । ऋतु हरुमा तिमी हरियाली बसन्त हौ नदिहरुमा तिमी पवित्र गंगा हौ . . . . . . . . . . .. .।

म छुट्टीमा घर आँउदा हाम्रो भेट त्यही ठाँउमा हुने गर्दथ्यो जहाँ हाम्रो पहिलो प्रेम बसेको थियो । यसरी भेट हुँदै जाँदा हामी बिचको घनिष्ठता र आत्मीयता बढदै गयो जसका कारण हामी एक आपसमा चिरपरिचीत मित्र समान हुन पूग्यौं । मैले उनलाई संधै भरि सुख दुखको साथीको रुपमा अपनाउने बचन दिएको थिए । उनि म संग गाजलु आँखाले हेरे मुस्कुराएर भन्ने गर्थिनः– “हेर म सब चिज छोड्नको लागी तयार छु, यदी मेरो प्रीयतम मलाई सच्चा प्रेम गरी सम्हाल्नु हुन्छ भने । नत्र मेरो जिवनको के अर्थ ? यसको प्रयोजन के र म के का लागी ।” कति महान थिए उनका निस्वार्थ भावपूर्ण शब्दहरु जसका कारण म स्तब्ध हुन पुग्दथे ।
यस पछिको समयले कोल्टो फेर्दै गयो । मैले उच्च शिक्षा हाँसिल गरिसकेपछिका दिनहरु जागीरमा बिताउनु प¥यो । जागीरकै शिलशिलामा म घर देखी धेरै टाढा दुर्गम क्षेत्र तर्फ जानु पर्ने बाध्यतामा परे । बिकट पहाडी भु–भागको त्यो सुन्दरतम् प्राकृतिक रमणियतामा भुलेर काम गर्दा गर्दै बर्षौ बितेको पत्तै भएन । घरबाट पटक पटक चिठ्ठी आउने गथ्र्यो जसमा बिवाहको लागी दवाब दिएर लेखिएको हुन्थ्यो । म चिठ्ठी लाई खासै महत्व नदिई एकातर्फ थन्क्याएर काममा ब्यस्त रहन्थे ।
एक पटक अचानक राधाको चिठ्ठी मेरो हातमा आई पुग्यो । जसमा यो जन्म तपाईको हुन नसकेकोमा क्षमा चाहादै अरु नै केटी खोजेर बिवाह गर्ने सल्लाह दिएर लेखिएको थियो । बल्ल मेरो होस खुल्यो
चिठ्ठी तिमीलाई लेखुँ भन्थे मनको कुरा मनमै रह्यो. . . . . . . ।

केही समय पछि म बिदा मिलाएर घरमा आएको थिए । म आएको खबर राधाले पनि थाहापाई सकिछन् । म बिहान सबेरै उठेर नुहाउन त्यही खोला तर्फ गए जाँहा हाम्रो पहिलो प्रेम बसेको थियो । म नुहाई सकेपछि चउरमा बसेर उनको प्रतिक्षा गररिहेको थिए । अलि परबाट उनी यतै तर्फ  आईरहेको दृष्य मेरो आँखा अगाडी पर्यो अनि मेरो मनमा दुबिधाका भावहरु तरंगीत हुन थाले फेरी पनि म उनका हरेक क्रियाकलाप संग सम्बन्धित बिषयमा अभिरुचि पूर्वक अध्ययन गरिरहेको थिए । संधै हसिलो उनको अनुहार आज उदासिन र ब्याकुल देखीन्थ्यो भने उनको सौन्दर्य मलिन र फिक्का भै सकेको थियो । उनि अत्यन्त गम्भीर मुद्रामा नितान्त फरक ढंग बाट मेरो नजिकै आएर बसिन । हामी बीच मौनता छाईरहेको थियो । म उनि संग बोल्न पनि सकिरहेको थिईन । जव उनले मेरो अनुहारमा पुलुक्क नियालिन तव उनका आँखामा बिस्तारै आँसु टिलपिल टिलपिल भरिएर आए । उनि भलभल आँसु खसाल्दै रोईरहेकी थिईन मलाई अति नरमाईलो अनुभुती भै रहेको थियो भने मेरा पनि आँखामा आँसु भरिएका थिए मेरो हृदय करुणा र प्रेमले ओतप्रोत भैरहेको थियो ।
मैले उनलाई मन सम्हाल्न आग्रह गर्दै भने प्रिय ! तिमीलाई के भै रहेको छ ? जसका कारण आज तिमीलाई यो कठिन मोडमा देख्दैछु । उनि बडो मुस्कीलले मसिनो स्वरमा बोलिन प्रियतम मेरो शरिरमा कहिल्यै निको नहुने रोग लागेको छ । डाक्टरको भनाई अनुसार म चाँडै नै यस धर्ती बाट बिदा हुँदै छु । म अत्यन्तै गह्रौ मुटुका साथ यी कुरा हरु सुनिरहेको थिए । उनले आफ्नो शरिरमा लागेको रोग देखाउन तैयार भईन तर मैले यसो नर्गन आग्रह गर्दै अनुरोध गरें हेर म तिमीलाई जस्तो सुकै अवस्थामा सृजना भए पनि अपनाई बिवाह गर्ने छु भनि प्रस्ताव राखे तर उनि पटक्कै मानिनन् । बरु मलाई आफ्नो जीन्दगी बर्बाद नगर्न सुझाब दिदै बिछोड भईन सदा सदाको लागी । यति धेरै माया, प्रेम र स्नेह दिईन जिवन जिउने मिठो सपना बुन्न सिकाईन तर आज बिवसतालाई स्वीकार गरी मलाई अतितका यादमा डुब्ने गरी छाडेर गईन ।
धेरै माया दिँदा रैछन् मुटु जोडी जाने हरु .................।
हामी बिचको अन्तिम दिन त्यही नै रह्यो । मैले आफ्नो अहम्ताले गर्दा उनको सच्चा प्रेमलाई मुल्यवान सम्झन सकिन न उनको भावनाको उच्च सम्मान गर्न नै सकें । यसर्थ आज म पश्चातापबाट सताईएको छु । कि प्रकृतीमा उत्पन्न भएकी एउटी यस्ती सृजनाकी फुल जो सास्वत प्रेममा लिन भईन् र ओझेल पर्दै धर्तिमा बिलिन भएर गईन । म अचम्मीत परिरहेको छु, अनि म त्यो प्रेमपूर्ण क्षणका अतितहरु सम्झन्छु मेरो मानसपटलमा ति शब्दचित्रहरु मात्र प्रतिबिम्बति भै रहन्छ । जब हृदयमा आर्दश प्रेमको बास्तबीक दर्शन अभिब्यक्त हुन्छ अनि मेरो मन बैराग्य तर्फ उन्मुख हुन्छ । यस्तो लाग्छ की यो जिवन निश्चीतता बाट अनिश्चीतता तर्फ प्रबेश गर्दै छ । जोडी हराएको चखेवा जस्तै सम्झन्छु झन बैराग्य लागेर आउछ जिवन कति उराठ र नरमाईलो छ बिलकुलै रुखो र उजाड मरुभुमी जस्तै । उनि बिना म, बिना साहराको झरेको पात जस्तो भएछु समयको हुरीले कता उचाल्दै पछार्ने हो । झरेको पात झैं भयो उजाड मेरो जिन्दगी ........... ।
आज म अर्की श्रीमतीको साथमा छु । घर परिवार छ । कहिले काँही झगडा हुने गर्छ अनि म त्यही प्रकृती र बातावरणले स्वच्छ खोला तर्फ जाने गर्छु र सम्झन्छु । जीवनमा कति गोप्य कुराहरु हुँदो रहेछ  एकदमै निजी कुरा जो कसैलाई पनि भन्न नहुने नितान्त व्यक्तिगत कुरा जो घनिष्ठ मित्रहरुलाई पनि भन्न नहुने स्वयं आफ्नी श्रीमतीलाई पनि भन्न नहुने किनकी सबैका श्रीमती चाहन्छन् आफ्नो पति संग आफ्नै मात्र एकक्षत्र अधिकार !