गुरुवार, 19 जनवरी 2012

औंला लाइ आराम दिनुस अब मोवाइल मुखैले चलाउनुस

 मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविधिको विकास हुँदै छ । यो प्रविधिले एसएमएस लेख्न मात्र नभएर मोबाइलका सबै सुविधा मुखैबाट चलाउन सकिने सेवा दिने छ ।

हैदराबादको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी (आइआइआइटी) ले यस्तो मोबाइल प्रविधिको विकास गर्न लागेको हो । प्रविधिले मौखिक आदेशलाई मोबाइलले बुझ्ने भाषाका रूपमा विकास गर्ने छ ।

आइआइआइटीका निर्देशक राजीव संगलका अनुसार दुई वर्षभित्र पूरा हुने परियोजनालाई भारतीय सूचना प्रविधि मन्त्रालयले सहयोग गरेको छ । 'तपाई मोबाइल फोनसँगै कुरा गर्न सक्नुहुने छ,' उनले भने, 'एसएमएस पठाउनका लागि तपाईले मौखिक आदेश दिए मात्र पनि पुग्ने छ ।' उनका अनुसार अन्य सात संस्थाले पनि यस्तो प्रविधिको विकासका लागि काम गरिरहेका छन् । सानो स्क्रिन र किबोर्ड भएका मोबाइलमा यस्तो प्रविधि धेरै उपयोगी हुने उनले बताए ।

संस्थाले बोलीबाटै प्रविधि प्रयोग गर्नका लागि भाषा अनुवाद, भारतीय भाषाको पहिचान, व्यक्ति अनुसार बोलीको पहिचान, संवाद प्रणाली लगायतको विकास गर्दै छ । संस्थाले एक अन्तर्राष्ट्रिय मोबाइल फोन निर्माता कम्पनीका लागि हिन्दी भाषाको प्रणाली विकास गरिरहेको पनि उनले बताए ।
विशेषज्ञहरू बोलेरै चलाउन सकिने प्रविधि मोबाइलमा आएपछि भारतका ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न सहयोग पुग्ने बताउँछन् । आशा गरौं नेपालमा पनि यो प्रबिधि चाँडै आइपुग्ने छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें