शुक्रवार, 20 जनवरी 2012

माघ १५ देखी थप लोडसेडिङ

मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि २१ दिनका लागि बन्द हुने भएपछि सिङ्गो मुलुकसँगै लमजुङ जिल्लाले पनि थप लोडसेडिङ खेप्नुपर्ने भएको छ ।लोडसेडिङको चर्को मार खेप्दै आएको मुलुकले अब माघको १५ गतेदेखि थप लोडसेडिङको मार खेप्नुपर्ने भएको हो । परियोजनाको बाँध क्षेत्र र विद्युत्गृहमा समस्या आएर दुर्घटना हुने
खतरा बढेपछि विद्युत् उत्पादन बन्द गरी मर्मत गर्न लागिएको केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो । उहाँले परियोजनाको बाँध क्षेत्रमा रहेको जलाशयमा अनुमान गरेभन्दा बढी बालुवा भरिएकाले बालुवा फाल्नु पर्ने, जलाशयको पूरै पानी खाली गर्नुपर्ने हुनाले मर्मतमा समय लाग्ने बताउनुभयो ।

सतरी मेगावाट क्षमताको परियोजनामा ३५/३५ मेगावाट को दुईवटा टर्वाइन जडान गरिएका छन् । १३ अर्ब ६५ करोड रुपैयाँको लागतमा ४ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको मध्यमस्र्याङ्दी झन्डै दोब्बर समय र लागतमा तीन वर्षअघि निर्माण सम्पन्न भएको हो ।  परियोजनाको परामर्शदाता जर्मन कम्पनी फिस्नरले गत वर्ष नै मर्मत गर्नुपर्ने भने पनि देशको विद्यमान लोडसेडिङका कारण मर्मत कार्य रोकिँदै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक १४ घन्टाका दरले लोडसेडिङ गर्दै आएकोमा मध्यमस्र्याङ्दी मर्मतका लागि बन्द गरेपछि यो अवधि अरू बढ्ने छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें