शुक्रवार, 27 जनवरी 2012

गुगलको प्राइभेसी सेटिङमा परिवर्तन हुने

सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले आफ्ना सबै उत्पादनहरुको प्राइभेसी सेटिङमा ठूलो परिवर्तन गर्न लागेको जानकारी गराएको छ । यसमा जीमेल, यु-ट्युब र गुगल सर्च समेत सामेल गरिएको छ । नयाँ प्राइभेसी सेटिङ आउँदो मार्च १ देखि लागु हुनेछ ।

गुगलले आफ्नो सन्देशमा भनेको छ ‘१ मार्च २०१२ देखि नयाँ गोपनीयता नीति तथा गुगल सेवाको शर्त लागु हुनेछ । यदि तपाइँले गुगलका उपयोग गर्न चाहनुहुन्छ भने नयाँ गोपनीयता नीति तथा सेवाको शर्तको अधिनमा रहनुपर्नेछ ।’ विश्वभरमा गरी गुगलका ३५ करोड प्रयोगकर्ता छन् । गुगलले आफ्ना सबै जीमेल उपभोक्ताहरुलाई पठाएको इमेलमा भनिएको छ, ‘हामी गुगलका ६० वटा विभिन्न गोपनियता नीतिलाई परिवर्तन गर्न जाँदैछौँ जसलाई एउटा यस्तो
नीतिले विस्थापित गर्नेछ जुन छोटो र पढ्नसमेत सजिलो छ । हाम्रो नयाँ नीतिले अधिकांस उत्पादन र फिचरहरुलाई समेट्छ । जसले सम्पूर्ण गुगललाई एक निकै सरल तथा सहज बनाउने हाम्रो इच्छालाई दर्शाउनेछ । यो सामाग्री महत्वपूर्ण छ र यसका लागि हामीलेे अपडेट गरेको नयाँ गुगल गोपनियता नीति तथा सेवाको शर्त पढ्नका लागि केही समय दिनुहोस् ।’

कम्पनीले भनेको छ की यसले उपयोगकर्ताहरुको रुची बुझ्ने मद्धत मिल्नेछ । साथै उपयोगकर्ताहरुलाई पनि आफ्नो इच्छा अनुसारको विज्ञापन हेर्ने अवसर मिल्नेछ ।

तर केही उपभोक्तावादीहरुले भने गुगलले गर्न लागेको परिवर्तनको विरोध गरेका छन् । उपभोक्ताहरुसँग सम्बन्धित जानकारी कुनै वेबसाइटलाई दिने नीति गलत रहेको उनीहरुको भनाइ छ । जो कोही उपभोक्ता इन्टरनेटमा केही कुरा खोज्दा आफ्नो गोप्यता सुरक्षित राख्न चाहने तर गुगलको नयाँ सेटिङले प्रयोगकर्ताको गोप्यता भंग हुने केही प्रयोगकर्ताहरुको दाबी छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें