शुक्रवार, 27 जनवरी 2012

विश्वकै सबैभन्दा सस्तो ट्यावलेट पिसी नेपालमा

विश्वकै सबैभन्दा सस्तो दाबी गरिएको ट्याब्लेट पिसी नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । भारतमा उत्पादन गरिएको यूबीस्लेट सेभेन प्लस नेपालमा सार्वजनिक गरिने भएको हो । सूचना ताथ प्रविधि मेला क्यान इन्फोटेक–२०१२ को उद्घाटनकै दिन पारेर नेपालका लागि आधिकारिक वितरक कम्पनी गिज्मोज नेपाल प्रालिले उक्त ट्याब्लेट पीसीको सार्वजनिक घोषणा गरे पनि ट्याब्लेट भने करिब दुई महिनापछि मात्रै उपभोक्ताको हातमा पर्ने बतायो ।

 भारतमा सन् २०१० को अक्टोबरमै सार्वजनिक आकाशको नयाँ र परिष्कृत संस्करण यूबीस्लेट कम्प्युटरका साथै फोन पनि हो । यसको मूल्य ६ हजार रुपैयाँ पर्ने बताइएको छ । यूबीस्लेटले कम्प्युटर, मल्टिमिडिया र टिभीको पनि काम गर्न सक्छ भने यसमा एन्ड्रोइडको एप्लिकेसन प्रयोग गरिएको छ । ट्याब्लेटमा
फेसबुकसहितका सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ भने विभिन्न प्रकारका खेलहरू पनि खेल्न सकिन्छ । ट्याब्लेटमा दुईवटा ठूला आकारका युएसबी पोर्टका साथै माइक्रो एसडी मेमोरी कार्ड पनि प्रयोग गर्न सकिन्छ । ट्याब्लेटमा जीपीआरएस् जोड्न सकिने र तार रहित इन्टरनेट सेवाका लागि वाईफाई पनि चलाउन मिल्ने सुविधा छ ।

 न्यून आए भएका तर नयाँ  र डिजिटल प्रविधी प्रयोग गर्न रुचाउने उपभोक्तालाई लक्षित गरिएको यो ट्याब्लेट नेपालका न्यून आय भएका उपभोक्ता र सरकारी विद्यालयमा अध्यननरत विद्यार्थीको प्रयोजनार्थ ज्यादै उपयोगी हुने गिज्मोज नेपालका निर्देशक विशाल खेतानले बताए ।

 भारतमा पनि माध्यमिकस्तरका विद्यार्थीहरूलाई प्रयोगात्मक अध्ययनका लागि त्यहाँको सरकारले यो ट्याब्लेटलाई ज्यादै महत्व दिएको छ । क्यानमा १ सय रुपैयाँ शुल्क तिरेर ट्याब्लेटको अग्रिम माग गर्न सकिन्छ भने पहिले माग गर्नेले नै सबै भन्दा पहिले ट्याब्लेट पाउने खेतानले बताए । १ सय १८ मिनेटको ब्याट्री ब्याक–अपसहितको ट्याब्लेटमा एक वर्षको वारेन्टी प्रदान गरिएको छ । ट्याब्लेट सात इन्चको टचस्क्रिनयुक्त छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें