सोमवार, 16 जनवरी 2012

नेपाली लाइ खुसीको खबर बजारमा आउदै छ १५ वर्षसम्म चार्ज रहने मोवाइल ब्याट्री

नयाँ नयाँ प्रविधि र फिचरका मोबाइल आएसँगै त्यसमा प्रयोग गरिने ब्याटि्रको क्षमता घटिरहेको हुन्छ । यसको मतलब मोबाइल सेटमा जतिधेरै सुविधा थपिन्छ ब्याट्रीको चार्ज त्यतिनै छिटो सकिन्छ । यसकारण अत्याधुनिक मोबाइल प्रयोगकर्ताले मोबाइलको चार्ज छिटो सकिएर हैरानी बेहोर्नुपर्ने अवस्था छ । तर अमेरिकी मोबाइल कम्पनी स्पेयर वन ले यस्तो मोबाइल सेट बजारमा ल्याएको छ जसमा राखिएको ब्याट्रीको चार्जर् १५ वर्षसम्म् टिक्छ । मोबाइल फोन प्रयोग नगरिएको अवस्थामा यसमा रहेको ब्याट्रीको चार्ज १५ वर्षसम्म् टिक्ने र निरन्तर कुराकानी गरेको अवस्थामा पनि १० घण्टासम्म टिक्ने कम्पनीले जनाएको छ ।

लस भेगासमा भएको शो मा नयाँ मोडेलको मोबाइल सार्वजनिक गर्दै
कम्पनीले उच्च पावर युक्त ब्याट्रीबाट उपभोक्ताले लाभ लिनसक्ने बताएको छ ।

अहिले बजारमा रहेका जुनसुकै मोबाइल प्रयोग नगरेपनि निश्चित समयपछि चार्ज सकिन्छ तर यो स्पेयर मोबाइलमा भने स्विच अफ गरेर राखिएको अवस्थामा १५ वर्षसम्म चार्ज टिक्छ ।

यसलाई आपतकालीन अवस्थामा र लोडसेडिड भएको अवस्थामा निकै उपयोगी संचार साधनको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो फोनको सेटमै विभिन्न आकस्मि नम्बरहरु राखिएको र यसमा जिपिएस प्रविधिसमेत जडान गरिएकाले प्रयोगकर्ता रहेको स्थानको समेत जानकारी दिने सुविधा रहेको कम्पनीको भनाइ छ ।

यो वर्षको अन्त्य सम्ममा अन्तराष्टिय बजारमा यो मोबाइल आउने बताइएको छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें