Thursday, February 23, 2012

दुइ निती कथा

मैले यसै रूपमा यसलाइ पढेको हुनाले जस्ताको तस्तै प्रस्तुत गरेको छु । यी निति कथा भएको हुँदा यसको लेखकका बारेमा जानकारी छैन । तर यसको सार बुझ्ने जिम्मा तपाइ हरूकै.......


 पख् न भोली, मैले जान्या छु ।



(एक जना सूफी सन्त को बारेमा एउटा कथा छ । जो गौतम बुद्ध संग पनि मेल खान्छ)
एक जना सूफी सन्तलाइ एक व्यक्तिले खुब अपशब्द भन्दै गाली गरी उनको अपमान गर्यो । सन्तले उक्त व्यक्तिलाइ बिनम्रता पुर्वक भने ठिकै छ म तिमीलाइ यसको जवाफ भोली दिन्छु । भोली पल्ट सन्त त्यो व्यक्ति सँग गएर भने अब पनि तपाइलाइ जवाफ दिनु पर्छ र ? त्यो व्यक्तिलाइ आश्चर्यमा पर्यो र उसले भन्योः- गुरूवर, जुन तरीकाले मैले तपाइलाइ अपशब्द भने, जसरी तपाइको अपमान गरे, ततपश्चात जस्तो सुकै शान्ति प्रिय व्यक्ति पनि उत्तेजित हुन्छ र गाली गर्न थाल्छ । तर, तपाइ त साँच्चै महान हुनुहुन्छ । सन्तले भनेः-
मलाइ मेरो गुरूले भन्नु भएको छ "बादबिबादमा तत्काल दिने जवाफ आफ्नो अवचेतन मस्तिषकले दिने जवाफ हो । त्यसैले केही समय पर्ख, चिन्तन मनन गर, उद्वेग आँफै मथ्थर हुन्छ, मस्तिष्क विस्तारै शान्त हुन्छ । आँखा अगाडीको अँधेरो हट्दै जान्छ । चौविस घन्टा वित्न देउ अनी जवाफ देउ ।"



को ठुलो  ?

 
एक दिन श्रममा दुइ शिष्य एकपसमा बहस गर्दै थिए  "तँ भन्दा म ठुलो "
बहसले ठुलो रूप लियो, को ठुलो भन्ने टुंगो लागेन । फैसलाको लागी दुवै गुरू भएको ठाँउमा पुगे ।
गुरूले सरलता सँग भने – ठुलो त्यही हो, जसले अरूलाइ ठुलो सम्झन्छ ।
अब फेरी नयाँ बहस सुरूभयो – "तिमी ठुलो, तिमी ठुलो"