शुक्रवार, 30 मार्च 2012

अनिदो रातहरू

                                                                  अनिदो रातहरू

सर्बत्र अध्यारो छाउदै छ, पाइलाहरू घर तिर लम्कीदै छन । म  सरासर घर भित्र पस्छु । कता कता डर लागी रहन्छ एक मन सोच्छु आज त यो भर्.याङ म मरे पनि चढदीन, फेरी घर बाहीर निस्कन्छु ।  घर नपसी भएको छैन । बार्दलीमा बुवा दिदीहरू गफ गर्दै छन । सबै हासीमजाक गरीरहेका छन त्यो रमाइलो ध्वनीले मलाइ फेरी माथी जान मन लाग्छ तर अँह त्यो भर्याङ पार गर्ने आँट म मा छैन, म बाहीर बाट नै काइयो को रूख चढेर बार्दलिमा पुग्छु । सबै आफ्नै सुरमा छन, कोही हाँस्दै छन्  कोही खानाको तयारीमा छन आज खाना बार्दलीमै खाने तयारीमा छन । कसैले मलाइ दुध भात थमाइ दिए अनि कता कती मासु तर अँह त्यसको स्वाद छैन, कता कता अमिलो लाग्छ। म मुख बिगार्छु "अरू केही छैन" ? दिदी प्रश्न सुनेर हास्दै  भन्नु हुन्छ "दही छ खान्छस" ?  म स्विकृतीमा मुन्टो हल्लाउछु । छिन भरमै दही थपिन्छ अघिको खाना छोडेर दही खान थाल्छु । कता कता पानी प्यास लाग्छ । पानी लिन भित्र जान्छु । आमाको मुहारमा छरीएको हाँसो किन किन अनौठो लाग्छ । त्यो कुटिल हाँसो मैले पहीले पनि देखेको थिँए..... तर कहाँ ?  म छक्क पर्छु सबै बार्दलिमा छन तर आमा किन भर्याङ बाट ? कतै ............. म सोच्न पनि भ्याउदिन छिन भरमै आमाको रूप विरूप हुन थाल्छ........... म अनयास आमालाइ लाती मुङ्ग्री चलाउछु
र पनि निर्धो जसरी मेरो केही चल्दैन न मेरा हात चल्छन, न भाग्नका लागी गोडा । कता कता सास फेर्न गाह्रो हुन्छ मेरो शरीर बाट उर्जा बाहीर निस्केको छ निरन्तर म हेरी रहन मात्र सक्छु टुलुटुलु ............... अँह त्यो आमाको आकृतिले मलाइ छाड्दै छाड्दैन। त्यसमा दया भाव शुन्य छ, माया ममता अँह रत्तिभर छैन । केही नचले पछी म अनयास नै कराउन पुग्छु "नाइ मलाइ छोड दे,  मलाइ छोड दे...." हे भगवान मलाइ बचाउ मनमनै भगवान बिष्णु सम्झन्छु ओ३म् नमो भगवते बासुदेवाय अनी चिच्याउन खोज्छु तर बोली फुट्दैन अकस्मात निन्द्रा खुल्छ तब थाहा हुन्छ यो त सपना हो तर पनि...........म फेरी हात गोडा चलाउछु अँह चल्दैन चिच्याउन खोज्छु तर लाग्छ, कसैले मेरो मुखमा टेप टाँसीदिएको छ । म केवल घोडा जसरी हिनहिनाउछु मात्र । शरीर शिथिल भएको छ । एक मन लाग्छ अब एक छिन त हो........ म फेरी प्रतिरोध गर्छु, दिनभर मैले काम पनि त गर्नु छ । फेरी बल लगाउछु, दुबै हात बिस्तारामा टेको लागएर तर सक्दीन मुख बाट नारायण जप्छु एक जोरदार धक्का लगाउछु । शरीर हल्का हुन्छ तर तागत हीन लाग्छ कता कता टाउको दुख्छ । सँगै झ्याल हल्लिन्छ, शिरकमा मानवाकृतिको पाइला छ । हातको सल्बलाहट गायब भएको छ तर हत्केलाका डोवहरू शिरकमा यथावत छन । मन झसँग हुन्छ । विस्ताराबाट तल झरेर पानी सम्म पिउने साहस र बल छैन म मा टेवलमा राखीएको घडी हेर्छु भर्खर ४ पनि बजेको छैन फेरी सुत्न डर लाग्छ । बोटल बाट पानी पिउँछु । फेरी कोल्टे फेरेर सुत्छु । एक मन लाग्छ टि भी हेरेर बसुँ, सुत्न डर लागीरहेको छ । आ.... अब त के होला र सुत्छु आँखा चिम्लेको मात्र के थिए कानमा कता कता रेडियो बजेको जस्तो लाग्छ । कता कता पारी घरका मानिस गुन गुन गरेका हुन की जस्तो लाग्छ । सबै जना निन्द्रामा होलान राती साढे ३ बजे कसले रेडियो बजाउला अनि को उठेर गुनगुन गर्ला ? पल्लो घरमा झगडा सँधै बेलुकी पख मात्र हुन्छ त्यसको हल्ला खल्ला ठुलै हुन्छ । मध्य राती मापसे गरी हल्ला त गरेनन होला । ध्यान दिएर सुन्न खोजे कता कता अपरिचित आवाज छ ........... आवाज प्रष्ट हुँदैछ । एक मनले सोच्छु, म सुपर म्यान जस्तो टाढाको आवाज पनि सुनिरहेको त छैन ? सँगै हाँसो उठ्छ हा... हा.. हा... मनमनै हाँस्छु मुहारको ठुलो मुस्कानले कान माथी सम्म गालालाइ पुर्याउछ । फेरी आवाज तिर ध्यान दिन्छु जती आवाज प्रष्ट हुन्छ उती कसैले छोपेको जस्तो हुन्छ । फेरी टाउको झट्कारछु फेरी गुन गुन..... गुन गुन.... फेरी ध्यान दिन्छु अहीले झन चाँडै छोप्छ, छाति देखी हातको सल्बलाहट शुरू हुन्छ । वल हराउदै गएको जस्तो तागत शुन्य भएकोले प्रतिवाद गर्न सकेको छैन अघीको सुपर म्यान जाग्छ फेरी धत अब त उठ्छु । उठेर टि भी अन गरे धन्न लाइन छ नत्र त ?  टि भिको च्यानल बदल्छु । जुन हेरे पनि हाइट बढाउने,  कपाल पलाउने, जोर्नी दुखेको, धन बढाउने बाहेक टिभीमा केही छैन नेपाली हेर्न थाल्यो भर्खर यत्रो त्रासदीबाट मुक्त भएको छु, फेरी गधाहरू मात्र देखाउछ नेपाली च्यानल पनी के हेर्नु । १ देखी ७५ हुँदै सबै च्यानल चहारी सकीयो १० मिनेटमा फेरी त्यही शिलशिला सुरू हुन्छ सायद त्यो रिमोटले बोल्न सक्ने भएको भए मलाइ खुब गाली गर्ने थियो । बिचरा त्यसले पनि सास फेर्न पाँउदैन........ म आँफुलाइ र  रिमोटलाइ तुलना गर्छु । टिभी एकोहोरो बोल्दै छ, कहीले मधुर र कहीले कर्कश आवाजमा गित सुनाउदै छ घडी हेरेको ६ बजि सकेछ सुत्ने की उठ्ने दोधारमा छु । कहीले वालकका रूपमा कहीले आमाका रूपमा,  कहीले हजुर आमाका रूपमा त कहीले कालो छाँयाका रूपमा हरेक दिन आएर मलाइ उर्जा बिहिन बनाएको छ । अब त यती सम्म भइसक्यो की जसको रूप लिएर आए पनि म त्यो कुटील मुस्कान चिन्न सक्ने भएको छु । जब जब यो आकृतिले छोप्छ दिनभर थकान बढ्छ तनाव उस्तै छ । काममा ध्यान लाग्दैन अनी स्मरणले जवाफ दिन थालेको छ । बालककालको याद आँउछ आमाले कसैलाइ भाखा दिनु भएमा, खेताला बोलाएको मा, पसलबाट उधारो समान ल्याएको मा, पसलेलाइ रकम तिरेकोमा मिति रकम सबै मलाइ सोध्नु  हुन्थ्यो । म नविराइ सबै भन्थे तर खै हिजो कसैले केही भन्यो भने आज बिर्सन थालेको छु । नोट नबनाइ पढ्ने म, आजकल दैनिक काम समेत नोट गर्नु पर्ने भएको छ ।

 आखीर यो आकृति किन आउछ ? त्यो शरिरभर हत्केलको सलबलाहट यती स्पष्ट म कसरी थाहा पाउछु ? हरेक सलबलाहट सँगै म स्वयंलाइ किन कमजोर पाँउछु ? त्यो आकृति आँउदाको दिनभर किन टाउको भारी हुन्छ ? शिरक माथीका ति पाइला कसका हुन ?  ढोका बन्द छ न घरमा विरालो छिर्न सक्छ न कुकुर नै पालिएको छ  । तब आखीर शिरक माथीको पाइला कता बाट आँउछ ? अनी सँधै प्रतिरोध लगत्तै मेरो झ्याल किन हललिन्छ ?  अनी.... अनी.... प्रश्न यती छन तर उत्तर ..........  अँह आज सम्म पाएको छैन । बास्तु शास्त्र अनुसार उत्तर दक्षिण शिरान छैन,  नत्र चुम्बकिय गुणले यसो भयो भन्न सकीन्छ, आखीर के शक्ती छ जसले मलाइ यसरी निरीह बनाएको छ ?  सोच्दै छु............. । ढोकामा आमाले चिया ल्याउनु हुन्छ ढकढक सँगै भन्नु हुन्छ "बाबु चिया" । म त्यही राखी दिनु भन्छु अनी सुत्न थाल्छु । घडीले पौने ८ बजाएको छ तापक्रम १२ छ तर पसीना खलखल आएको छ ।  बल्ल उठ्छु आमाले गाली गर्दै भन्नु हुन्छ ८ बजी सक्यो चिया यही ढोकामै सेलायो, यो केटालाइ के भा'को छ कुन्नी उठ अब म मन नलागी नलागी ढोका खोलेर बाथरूम छिर्छु । चिया सँगै पत्रिका पढ्यो अनी खाना खायो अफिस गयो फेरी राती सुत्नै पर्छ । म काखे कम्प्युटर खोल्छु नेपालीमा सुचना पाउन कठीन छ, अंग्रेजीमा सायद यस्ता सुचना अतीरञ्जित हुन्छन त्यसैले हिन्दी साइटमा सर्च गर्छु अँह नयाँ केही पाउदिन । नजिक छिमेकमा सबै सँग बुझ्दा कसैले वोक्सी हो भन्छन कसैले, कसैले छलेको भन्छन, कोही मलाइ पनि टोकेको छ भनी शरीरमा निल डाम देखाउछन् । २१ औ सताब्दीमा छु मनले मान्दैन,  तर शरीर सुस्ताएको छ आखीर हो के ?

 हरेक हप्ता जसो हातका सलबलाहट सँगै उर्जा गुमाएको गुमायै छु अती भए पछी आमा संग सल्लाह गरे, धेरैले सँग बुँझे धेरैले सल्लाह दिए, त्यसैले जान्ने एक माताको मा आमा सँग पुगे राती वास वस्ने गरी । बिहान फेरी त्यस्तै भो उठेर मोवाइल चलाउदै बसेँ, आमा सँग सल्लाह भए पनि ति माता सँग सल्लाह भएको थिएन । मेरो पालोमा भन्दा अघी उनी आँफै पुजा गर्दैथिइन । हामी आमा छोरा बस्यौँ । माताले माला लगाइन मन्त्र जपिन उनिमा देवी चढ्न थाल्यो अघी सम्म उनका पतिलाइ तपाइ भन्दै थिइन अहीले यो कीन गरीनस मेरो आरती गर्दा झारा टार्छस ? पतिले माफ माग्दै भने "आज हतार भो मैले मुख धुन सम्म पाइन हजुरको पुजामा बिघ्न नहोस भनेर मात्र यहाँ आएको हुँ" उनले स्पष्टीकरण दिए । "अब याइन्दा यस्तो नगर्नु" उनले माफी दिइन । साँच्चै नै ति पतिले त्यस दिन चोखो गरेका रहेनछन । म छक्क परेँ । मेरो पालोमा फेरी देवी चढाउनु पर्ने उनीले के को लागी आएको भनीन मैले छोटो उत्तर दिए भबिष्य जान्न लाइ । उनी देवी चढाउने तयारीमा लागीन । उफ उफ उनको मुख बाट लगातार त्यस्तै शब्द आएका थिए । उनका पती भन्दै थिए बोक्सीले बाटो छेकेको छ उनी लाइ, त्यसै ले गाह्रो भएको बाबुलाइ त धेरै नै अत्याए जस्तो छ नी ?  म तिर प्रश्न सुचक नयनले हेर्दै उनले भने । बाबुको ग्रह कमजोर छ जस्तो छ अझ यो वोक्सी ज्याद्री नै हो । यस्तो देवी चढ्न रोक्ने त बोक्सी बलियो भयो भने मात्र हुन्छ, उनले मातालाइ भएको कठीनाइ देखाउँदै भने । बल्ल बल्ल देवी चढ्यो उनको शालिन रूप फेरी रौद्र जस्तो भयो उनले एकाएक म तिर मुन्टो फर्काएर भनिन "सपनामा को हो को हो आएर तलाइ उठ्याउछ हो कि होइन भन ? " उनको गर्जन र त्यो रूप देखेर मेरो हंसले ठाँउ छोड्यो । म अक्क न बक्क भएँ ........... हो मैले मसीनो गरी भने, मन किन डुलाउँछस ? एकाग्र किन बस्दैनस ?  उनले यती धेरै कुराहरू  भनीन की.............  मेरो सपनाको वर्णन अरू कसैको मुख बाट........ त्यो पनि ४५ / ५० किलोमिटर टाढाको मान्छे बाट सुन्दा म अवाक भएँ । जुन आकृतीले मलाइ सुत्न सम्म दिएको छैन त्यो आकृतिको सजिव वर्णन सँगै त्यो आकृतीको मानवाकृती समेतको वर्णन उनको घर,  मेरो र उनले बोक्सीको आरोप लगाएकी त्यस भयंकर कालो छायाआकृतीको घरको दुरी, घरको अवस्था समेत सुन्दा म छक्क परेँ ..... मैले पढेको विज्ञानलाइ ठाडो चुनौती दिइन म आश्चर्य चकित भएँ । म के गरूँ के नगँरू.............   उनले भनेको घर सम्झीए मेरो छिमेकीको घर दुरूस्तै छ । उनले उमेर बृद्ध आइमाइ भनीन मेरो मष्तिस्कमा एकमात्र बृद्ध आइमाइको अनुहार नाच्न थाल्यो,  हुवहु उस्तै पोटीला गाला सायद ३० बर्षे सुन्दरीका भनीनेहरूका गालामा समेत चाउरी पन होला तर उनको मुहारमा रेखा सम्म थिएनन् । बरू म ऐनामा आँफुलाइ हेर्दा बुढो पाँउथे । उनले भनिन त छस र पो बुढी पोटीली छ । बल्ल मनमा चिसो पस्यो । माताले भनिन तेरो घरमा नयाँ मान्छे आउने वित्तिकै उ आउछे होइन ? मैले भने हो माता । तलाइ हेरी भने उसले केही हेर्दीन, एकोहोरो तलाइ हेर्छे होइन ? म गम खाँए माताले फेरी चर्को आवाजमा भनीन हो की होइन? म असमजस्यमा परे मुख बाट अनयास फुत्क्यो हो । "हो, अब हेर्न नदिनु उ आइ भने बाहीर निस्कनु" आदेसात्मक रूपमा उनले भनिन। मेरो मनमा द्वन्द चल्यो म आज सम्म जसलाइ ममता रूपी नजर मान्थे,  मायालु हेराइ मान्थे त्यो त सब ............. अँह ....अँह... यो हुन सक्दैन, मैले सोधेँ "माता, के गर्नु........ साच्चै हो त ?  मलाइ पत्याउँदैनस हेर आज सम्म तेरो चिया खाजा खान आउछे कि आउदिन ? आउछीन माता मैले अझ आश्चर्यमा भने । भोली देखी आउँदिन उनले ठोकुवा गरे झै भनीन मैले सात ताले बाचा बाधिदिएको छु । ल यो बुटी लगाउनु मलाइ बुटी दिइन म नतमस्तम भएर बुटी लिएँ । बुटी बेच्नु भन्दा पनी उनले मलाइ त्यो बुटी तिम्रो बनाउ भनिन मैले १५० उनलाइ चढाँए सायद चाँदीको त्यस बुटीका लागी त्यो रकम धेरै कम थियो र पनि उनले पुग्यो भनिन । म घर आउने बेलामा त्यो रकम समेत मलाइ फिर्ता दिइन म छक्क माथि छक्क पर्दै थिए । उनले खरानी फुकेर दिइन सुत्ने बेलामा लगाउनु ।

 म घर तिर आँए दिउसो को २ बजेको थियो । भाउजुले चिया ल्याउनु भयो । उनको आगमन पक्का थियो तर अचम्म त्यस दिन उनी आइनन । म असमजस्यमा थिएँ । माताको कुरा पत्याँउ की विज्ञानको.........  पढेको कुरा पत्याउँ की परेको ? माताले भनेको उनको जुन रूपको वणर्न थियो त्यसलाइ फेरी केलाएँ,  बुढी एकल आइमाइ अनी सुने जानेको सञ्चार साधान अनी आफुलाइ बैज्ञानिक युगका भन्ने अनी पाण्डित्य गर्ने सबैको धारणामा नजर लगाएँ,  फरक यती थियो मैले सञ्चार माध्यममा सुनेको जस्तो दिन दुखी पनि थिइनन,  गरीब थिइनन, उनका आफन्त सबै धनवान थिए, मात्र समानता यती थियो उनी बुढी थिइन,  बिधवा थिइन....... तर ति माता लाइ यो बणर्न गरेर के फाइदा ?  अनी त्यती टाढाको मान्छेलाइ यहाँको मान्छेको रूप बानी सबै कसरी थाहा भो ? अझै विज्ञानले संस्कारलाइ जित्दै थियो दिनभर मेरो मनको रंगशालामा विज्ञान र संस्कारको लडाइ चलिरह्यो निरन्तर । आमा ले मेरो मनको स्थिती बुझेर भन्नु भयो नटोला बाबु माताले जे भन्नु भो त्यो सही हो मैले पनि पहीला पहिला राती १२ देखी १ बजे तिर तिनलाइ दियो सँग नाच्दै गरेको देखेको थिएँ त्यस्तो त बोक्सीले मात्र गर्छन । बुटि लगा अनी खरानी लगाएर सुत तर याद राख चोखो बस्नु, बुटी लागए पछी महीना वारी भएका स्त्री बाट टाढै रहनु उनीहरूले छोए भने बुटीले काम गर्दैन,  खसी, बोकाको बाहेक अरू मासु नखानु, रक्सी म खाँदीन थिए आमाले माताले भनेको कुरा स्मरण गराउँदै भन्नु भयो। म स्विकृतीमा मुन्टो हल्लाएर कोठामा पसेँ दिउसो सम्म विज्ञानले पछारेको संस्कार एकाएक साँझ परेपछी बलियो हुँदै आयो । राती त संस्कारले जित्यो त्यस दिन आराम सँग सुते नित्य कर्मको समय ६ बजे हुन थाल्यो मन चंगा भो, ८ बजे उठ्ने छोरो ६ बजे उठेर काममा लाग्यो सबै खुसी भए तर अचम्म आज पनि ति बुढी आमै आइनन । आखीर कीन ? महीना दिन वित्यो मेरो वजन बढन थाल्यो ५२ केजीको मानिस ६० केजी पुगे पुराना कपडा फेर्नु पर्ने भयो। लगाएको बुटी ले सानो भएर कमर दुख्नथाल्यो त्यसैले त्यसले दराजमा बास पायो मासु खाने बानी के छोड्न सकिन्थ्यो खाइयो तर खसी मात्र खानु भन्ने माताको आदेश रेष्टुरेन्टवालाले पैसामा बेचीदिए होलान .......   तै पनि दिन रमाइलो सँग या वित्दै थियो अब भने विज्ञान हावि हुँदै थियो संस्कार पछी पर्दै थियो । अफीस जानु पर्ने बसमा यात्रा गर्नु पर्ने अब कती महिला सँग जोगीएर साध्य लाग्थ्यो, कती दिन महंगो खाजा खानु मटनको सट्टा चिकनले अर्डर पाउन थालेको थियो...................

 अफीस बाट पनि घर चाँडै जानु छ भनी निस्के साथीहरू सँग साँझको कफी सँगै मलाइ चोकमा छाडेर साथीहरू आ आफ्नै बाटो लागे म घर तिर आँए । उनी खाना बनाउदै थिइन म उनलाइ सघाउँदै थिए हाँसो मजाक सँगै खाना पिना सकीयो । उनी बाँकी धन्दा सक्दै थिइन म विस्तारा पल्टेर टि भि हेर्दै थिएँ । छोरी म सँगनै सुत्दै थिए उनी आइन छोरीलाइ पर कुनामा सुताइन म छेउमा सुतेर टि भि हेरीरेको थिए छोरी तिर मेरो ध्यान थिएन । उनी गाह्रो भएको छ भनी सुतिन । मैले पर्दा बन्द गरे  हरेक दिन मलाइ पर्दा बन्द गर्नु पर्छ भनेर कराउने उनी त्यतीकै सुत्दा म अचम्ममा परे पर्दा बन्द गर्दै मैले उनलाइ गालि गरेँ । नानी पैसा सस्तो छ ? यो पर्दा किन फेरेको पहिलाको पर्दा के भएको थियो बर्ष दिन भएको छैन तिमीलाइ जान्ने भएर फेर्नु पर्ने ? उनी सुनेको नसुने झै गरीन । हरीयो उनको मनपर्ने रंग थियो तर यहाँ पर्दा पँहेलो मैले उनलाइ गाली गर्दै भने बच्चाहरू भएको ठाँउमा पँहेलो रंग उत्तम मानिदैन । उनि ठिकै छ चेन्ज गर्ने मा सहमत भइन । म पनि विस्तारामा पल्टे । बाहीर कालो चुक घोप्टाएको जस्तो अंधेरो थियो । मेरो आँखा ले धमिलो देख्न थालेको थियो । सायद अफिसमा कम्प्युटर, घरमा पनि कम्प्युर भएर होला उनले अब कम्प्युटर कम चलाउनुस भनीन । हैन मेरो आँखा तिम्रो भन्दा तेज छ बुझ्यौ ? उनी लाइ जिस्काउदै भने । तिर्खा लागेको थियो पानी पिएँ । घडीले समय दिन छाडेको थियो । उनले भनीन अब समय चेन्ज हुँदैछ पिर नगर्नुस म छु तपाइको साथ, उनले हातले विस्तारमा तानिन म उनि सँगै विस्तारामा पल्टे बत्ती कती वेला निभ्यो थाहा भएन । उनले टाउको मेरो पाखुरामा राखी सुतिन । राती कता कता उस्तै सल्बलाहट महसुस भो कता कता थकान महसुस भयो । हातले छाम्दै गए उसको टाउको मेरो पाखुरामा छ । मेरो हातमा को सल्लबलाउदै छ त ?  झसंग भए फेरी लाग्यो ए छोरी पो छे म सुत्न लागे तर अकस्मात याद आयो हाम्रो त छोरी नै छैन फेरी सम्झीए कोठामा बेलुका सम्म हरीयो पर्दा नै छ । श्रीमती मेरो पाखुराम सुतेकी छ हातमा को छ त ? मैले छाम्दै गए चाउरी परेको गाला खस्रो खस्रो महसुश भयो कान टाँसीएका थिए मैले जोर संग दुबै हत्केलाले दुबै कानमा लाग्ने गरी हिर्काए त्यो आकृती नमिठो आवाज सँग नै गायब भयो । उनी तर्सिँदै उठीन "किन हात हल्लाइराखेको मेरो झन्डै सातो गएको थियो" । म अचम्ममा परे यती सजिव सपना.........या विपना ? उनी मेरो पाखुरामा नै थिइन कोठामा भर्खर बिहानी छिर्दै थियो मैले पुनः पर्दा हेरे पर्दा पुरानै थियो......... उनलाइ सबै कुरा भने उनी पनि डराइन । मैले उसको दूबै कानमा हिर्काएको छु सायद आज कसैलाइ दुख्नु पर्छ भने । वाइहात उनीले भनीन यहाँ को छ र ? मैले यती सजीव अनुहारको स्पर्स गरेको छु जती तिमी मेरो पाखुरामा सुतेको थियौ । उनिले दिउसो हेर्नु पर्ला भन्दै मलाइ आँफै सँग टाँसेर सुताइन । आज पनि ८ बजे उठे उनीले चिया ल्याए पछी फेरी त्यही कुरामा चर्चा भो । हामी कतै केही हुन्छ की भन्नेमा चनाखो थियौ । आमा सँग सोध्दा थाहा भो पहेँलो पर्दा भगवान बिष्णुको पिताम्वरी रंग हो । तेरो श्रीमतीको रूपमा देवीले समय बदलिन्छ भनेको हो । वेलुका अफिसबाट फर्कदा थाहा पाँए पल्लो घरकी बुढी शिकिस्त भइछन र हस्पीटल पुराएर ल्याएछन् ..............................


 मैले यस्ता कुरा गर्दा श्रीमती छक्क पर्छे मलाइ त यस्तो थाहा नै थिएन । आजकल म पनि कता कता पुग्छु पहिले त यस्त हुँदैन थियो । तर पनि उ यस मामिलामा म भन्दा बलियी थिइ । उसको उनुपस्थितीमा कोठा अलपत्र छ,  कुनै रात मस्त सँग निदाउन सकेको छैन जागीरको तनाव, व्यवसायको तनाव, अनी यो कालो आकृतिको तनाव म दराज तिर जान्छु घर्रा खोल्छु अँह छैन भएका सबै कपडाहरू भुइ भरी भैसके अँह भेटीएको छैन । विस्तारामा हेरे बल्ल विस्ताराको घर्रामा रैछ त्यो बुटी । तर के गर्नु त्यो बुटी लगाउनु नलगाउनु को केही अर्थ छैन । टि टेवलमा बुटी राखेँ अनी सुत्न थाले, तर आँखा चिम्लन डर लागी रहेको थियो,  टि.भी खुल्लै राखेर स्लिपिङ मोड अन गरी सुतेँ, २ घन्टा वितेछ फेरी दुइ घन्टा थपेर कोल्टो फेरेर सुतेँ, कती खेर निन्द्रा लाग्यो थाहा पाइन आज फेरी दिदीको रूपमा त्यो आकृति आयो मैले पुर्वानुमान गरे जस्तै उसले छोप्नु भन्दा पहीले म उठ्ने प्रयत्न गरेँ तर अझै गाह्रो भै रहेको थियो । जब बलजफ्ती उठे झड्यांग करेन्ट लागे जस्तो भयो मेरो शिर छाती र तिघ्राहरू बिष्फोट भए जस्तै गरी,  बत्ती बाल्न समेत जान सकीन शिरानमा रहेको काखे खोले उज्यालोको लागी भेष्टमा गोली आरपार भए जस्तो ठाँउ ठाँउबाट काँडा उम्रेको जस्तै गरी उठेको थियो, तिघ्राहरू कामेका थिए खलखली पसीना आएको थियो बिहानको सवा तिन भएको थियो लाइन पनि रैनछ टि भी हेरेर मन बहलाउन, एक्लै सुत्न सकीन । विस्तारा छामे खाली थियो सायद मनले आड खोज्दै थियो उनी माइत गएको पनि १० दिन भएछ...........  यहाँ भएको भए कफिको माग गरी सक्ने थिए । केही नभए उसको टाउको मा हात फेर्दै कुसनमा अडेस लगाएर उसको निन्द्रा खुल्ने बेला सम्म वस्ने थिए । उसको घर धन्दाका आवाज सँगै फेरी मस्त सँग निदाउने थिए । केही नभए उसको न्यानो अँगालोमा मुख लुकाएर सुत्ने थिए । यसवेला उ म भन्दा शक्तीशाली लाग्थी,  म आँफैलाइ उसको सन्तानको रूपमा पाउथे ममता मयी, निर्भिक, अनि रक्षक बन्थी मेरा लागी । उसको अनुपस्थितिले स्थीती झन डर लाग्दो बनाएको छ । शिरान उल्टो बनाएर विस्तारामा पल्टन्छु । एक मन लाग्छ ति बुढीलाइ ढुंगाले थिचेर मारीदिँउ......... तर कसरी ? मैले केही गर्नु स्वयं मेरालागी सहज थिएन । अझ कानुन, समाज तर मैले यो सब दुख झेली रहँदा त्यो कानुन कता गयो? त्यो समाज कता गयो ? मन उद्वेलित भएर आयो समाज सँग ति बुढी सँग अनी कानुन सँग रिस बढेर आयो । शिरान मुन्तीर उनले राखेको चक्कु निकाले "यो राख्यो भने सपना नराम्रो देखीदैन" सायद यही भन्दै थिइन चक्कु राख्ने बेलामा तर खै यसको पनि तागत सकिए छ की ?  चक्कु को चमक सँगै मेरो रिस काबु बाहीर जान थाल्यो म चक्कु हातमा लिएर बाहीर गएँ,  लाइन थिएन सबै तिर चकमन्न थियो बिस्तारै पाइला बुढीको घरतिर लम्कीए, अघी सम्मको डर अहीले कता गयो नामनिशान थिएन । उखुको झ्याङ छिचोलेर म उनको घर तिर लम्किएँ, उज्यालो प्रकाश उनको झ्यालबाट बाहीर हेर्दै थियो, झल्याक मल्याक प्रकाशको चाल हेरेर थाहा हुन्थ्यो भित्र कोही हिडीरहेको छ । म सयपत्री फुलको बुटोमा कुक्रुक परेर छेलिएर झ्यालबाट बाहीर आएको प्रकाश हेर्न थाले । लगातार त्यस्तै झल्याक मल्याक, गुन गुन,  निरन्तर एकनासको पदचाप........... मलाइ ठम्याउन गाह्रो परेन त्यहाँ कोही नाच्दै छ भनेर विस्तारै चक्कु पिठ्युँ पछाडी लुकाउँदै झ्यालबाट चिहाएँ.......... मेरा आँखा परेला सम्म झिम्क्याउन मानेनन् , भित्रको दृश्य कुनै पोष्टमार्टम कक्ष भन्दा कम थिएन । एउटा वालकको छतबिछद शब..... मलाइ चिटचिट पसिना आउन थाल्यो....एक जना बुढी त्यस शबलाइ बिचमा राखेर नाच्दै थिइन उनको मुहार उनकै जगल्टाले छोपिएको थियो सेतो कालो कपाल तर तिनका कपडा............... अँह ति बुढी यो नाच्ने बुढी होइनन कसरी एक बिमारी मान्छे यसरी नाच्न सक्छ त्यो पनि फलामका दौरा लगाएर ? विना आवाज उनका गोडा भुइमा थिएनन्............. उनले टाउको नचाउन थालिन उनको कपाल भुइँ सम्म लत्रन थाल्यो ...... यो नाच्ने आइमाइ त्यो बुढी नै थिइ मुखभर रगत, हातमा मुटु,  म केही हेर्न सकीन आँखामा अंध्यारो छाउन थाल्यो । मलाइ ति बुढीले देखे जस्तो लाग्यो म भाग्न थाले तर म मा शक्ती थिएन । तै पनि म भाग्न थाले, खुट्टा लरबराउन थाले म त्यही बारीमा पल्टीएँ निश्पष्ट अँध्यारो थियो विस्तारै आकाश घुम्न थाल्यो मनमा आनन्द छाउन थाल्यो, म मस्त निन्द्रमा पुगे...... ढ्वांग ढ्वांगको आवाज शायद मलाइ बुढीले भित्र लगी । एकनाश ढ्वांग ढ्वांगको आवाज आइ नै रह्यो कोही चिच्याए झै लाग्यो सायद ति मन्त्र पढदै थिइन त्यती बेला ढ्वांग ढ्वांगको आवाज निरन्तर बढ्रदै गयो सँगै नारी आवाज पनि म झसंग भए..... ढोका ढक ढक गर्दै आमा गाली गर्दै हुनु हुन्थ्यो हैन् साढे ८ बजि सक्यो अफिस जाने होइन ? ब्लाङकेट र तन्ना पसीनाले लतपत थियो । भित्रै पानीले मुख छ्यापेँ टाउको भारी भै रह्यो । आमा चिया फ्रिजमाथी राखेर गै सक्नु भएछ । त्यो चिया एक सासमा पिएँ । अफिस फोन गरेर आज आउदीन भनि दिँए, रातको घटना साच्चै थियो या सपना चक्कु हेरेँ ठाँउमा छैन म चक्कु खोज्न थाले टेवल माथी रहेछ........... म उठेको त रहेछु तर ........ चक्कु यहाँ कसरी आयो ? म बाहीर निस्कीएँ कि निस्किन ? के मैले निन्द्रा मा नै चक्कु निकालेँ ? मलाइ रिंगटा लाग्ला जस्तो भयो । किचनमा गएर कफी बनाँए छतमा कुर्सीहालेर घाम ताप्दै थिँए कफीको सुर्की सँगै मेरा आँखा ट्वाल्ल परे घर अगाडीको दृष्यले हिजो सम्म शिकिस्त बिमारी बुढी आज हाँस्दै घाम ताप्दै थिइन.........

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें