सोमवार, 11 अगस्त 2014

इको को आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न

२३ श्रावण, लेखनाथ
अन्तराष्ट्रिय भू संरक्षण दिवसको अवसर पारी लेखनाथ नगरपालिका वडा नं. १, स्थित खल्याण डाँडामा इको ड्रिंकिङ्ग वाटर प्रा.लि.को योजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरीयो ।
लेखनाथ नगरपालिका का कार्यकारी अधिकृत रामचन्द्र पौडेल तथा इकोका प्रमुख कार्यकारी अधिकृत विशाल गौतम एवं संचालकहरू कुलप्रसाद गौतम, प्रकाश अधिकारी, भागीरथ अधिकारी र नगरपालिका का कानुन अधिकृत राममणी अधिकारी द्वारा पिपल रोपेर कार्यक्रमको उद्धघाटन गर्दै 
इको ड्रिंकिङ्ग वाटर प्रा.लिको योजना तथा लेखनाथ नगरपालिका, सार्वजनिक जग्गा संरक्षण सहयोग समिति वडा नं.१, शिद्ध टोल विकास संस्था, लेखनाथ उद्योग वाणीज्य संघको सहयोगमा सम्पन्न उक्त कार्यक्रम लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले वरपिपल रोपेर उद्घघाटन गर्नु भएको थियो करीब ४५ रोपनी जग्गामा ३६५ भन्दा
बढी १५ जातका बिरूवा रोपिएको थियो ।
विश्वमा बढ्दै गएको तापक्रमले पर्न गएको नकारात्मक असरलाइ केही मात्रमा भएपनि कम गर्न यस्ता खालका बृक्षारोपण कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै यस्तो प्रकृतिलाइ तथा सार्वजिनक स्थानलाइ जोगाउने कार्यक्रम योजना गरेकोमा इको कम्पनीलाइ धन्यबाद दिँदै प्रमुख अतिथी ले लेखनाथ नगरपालिकाले बृक्षारोपण पछी यसको संरक्षणका लागि वश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उक्त अवसरमा लेखनाथ नगरपालिकाका कानुन अधिकृत राममणी अधिकारी, सार्वजनिक जग्गा संरक्षण सहयोग समितिका अध्यक्ष दिपक मणी भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, शिद्ध टोल विकास संस्थाका अध्यक्ष श्रीभद्र पौडेल लगायतले यस कार्यक्रमको सफलताको शुभकामना दिदै निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सभापति इको ड्रिंकिङ्ग वाटर प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत विशाल गौतमले प्रमुख अतिथिलाइ मायाको चिनो प्रदान गर्दै विरूवा उपलब्ध गराउने जिल्ला बन कार्यालय, स्थानिय प्रकृति प्रेमी होमनाथ पौडेल लगायत सयौका संख्यामा उपस्थीत मा समुह, टोल विकास संस्था १,८ र १२ कासदस्यहरू, कम्पनीका संचालक हरू प्रकाश अधिकारी, शशि गौतम, विकास गौतम, सजनि गौतम एवं कर्मचारीहरूको मेहनतले यो कार्यक्रम भब्य रूपमा सम्पन्न भएकोमा धन्यबाद ज्ञापन गर्दै, "एक दिन, एक बिरूवा" भन्ने कम्पनिको मुल नारालाइ मुर्त रूप दिँदै लेखनाथलाइ हराभरा बनाउने र विश्व तापमानलाइ कम गराउन निरन्तर पहल गर्ने घोषणा गर्नु भयो साथै उक्त कार्यक्रम कम्पनिका संचालक शशि गौतमले संचालन गर्नु भएको थियो ।  

कार्यक्रमका केही झलकहरू




















कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें