बुधवार, 29 अक्तूबर 2014

हेयर फिक्सर उद्योग

हेयर फिक्सर बनाउने तरीका

सामान्यतया जकलका युवाहरू कपाल ठड्याएर वा एक खाले लुक्स दिएर सोही लुक्स साँझ सम्म रहने तेल वा जेलको खोजीमा हुन्छन। यसको माग बजारमा ज्यादै छ । सामान्य एकै जनाले उत्पादनको काम र मार्केटीङ समेत भ्याइने र थोरै पुँजीमा संचालन गर्न सकीने हुँदा यो उद्योग नेपाली युवाहरूले सजीलो संग संचालन गर्न सक्नेछन ।

हेयर फिक्सर को फर्मुला

सामाग्री                               मात्रा (ग्राम मा)
गम ट्रागाकन्थ                         १०
डिस्टिल वाटर                          ९०
मिथायल प्यारा हाइड्रोक्सी बेन्जोइट         १
सुगन्ध वा फरफ्युम                     १
कस्मेटिक कलर (च्छीक)                १

निर्माण बिधि

गम लाइ लगभग दुइ वा तिन घन्टा सम्म डिस्टिल वाटरमा भिजाएर राख्ने , जव सम्म गम फुल्दै रहन्छ । त्यसपछी मदानी वा एमल्सियर को सहायताले राम्रो सँग मोथेर (फेटेर) इमल्सन जस्तो बनाउने । यसमा संरक्षक पदार्थको रूपमा मिथायल प्यारा हाइड्रोक्सी बेन्जोइट र सुगन्धको लागी रोज वाटर वा अन्य कुनै उपयुक्त फरफ्युम मिसाउने । यदी हेयर फिक्सर लाइ रंगिन बनाउने हो भने हानीरहित कस्मेटीक कलर मिसाउने । अब फिक्सर तयार भयो ।

मेशिन उपकरण

१ मिक्सिङ ट्यांक, (स्टेन लेस स्टीलको २०० लि. क्षमताको, एजिटेटर Agitator भएको)
२ स्टोरेज ट्यांक ।
३ प्याकीङ ट्युब
४ ट्युब सिलर




                        तरीका फ्लो डायग्राम

 













                

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें