शनिवार, 6 दिसंबर 2014

शहर अब १० बर्षमा कस्तो ?

सरकारले धमाधम नगरपालिका घोषणा गरेको छ तर के नगर घोषणा गर्दैमा सबै स्वतः विकास हुन्छ  त? के व्यवस्थित नगरको परिकल्पना हामीले गरेको छौं त ? फेरी नगर तथा नगरोन्मुख क्षेत्रमा सुकुम्बासी समस्या, फुटपाथ, पार्कीङ, खानेपानी, अस्पताल, सडक सबैको समस्या छ । के सबै समस्या केलाएर त्यसको निराकरण गर्ने राज नेता, मेयर, वडा अध्यक्ष हामी सँग छन त ? के तपाइको क्षेत्रमा सभासदले, मेयरले, वडा अध्यक्ष वा नेताले विकासको भिजन यस्तो छ यसलाइ निम्न कुराले सफल पार्न सकीन्छ भनेर भोट माग्नु भएको छ वा जातीय दमन छ, लैंगिक दमन छ, मजदुर उत्पिडन छ, रातारात व्यवस्था परिवर्तन गरेर महल बनाइदिने वा सिंगापुरको सपना देखाउनु भएर भोट माग्नु भएको छ? वा नेपाली कांग्रेस ले सात साल ३६ सालको क्रान्ति सफल पार्ने हामी, एमाले ले नौ महीने शासन र माओबादीले राजा फालेको ब्याज अब पनि निरन्तर सत्तामा वसेर खाने मात्र हो या साँच्चीकै विकास गरेर जनताको मनमा बसेर सत्तामा बस्ने हो तपाइ हामीले
हिसाब माग्ने बेला भएको छ ।

1.       पुर्वाधार
a.       सुकुम्बासी बस्ती व्यवस्थापन र हाउजिङ तथा सस्तो मोलको घर
हाल सुकुम्बासी बस्ती भएको ठाँउलाइ सार्वजनिक बनाइ नगरपालिकाले अधिग्रहण गर्ने, सुकुम्बासीको स्थानमा भाडामा बसेका वा सुकुम्बासीबाट काजग मिलाइ खरीद गरेर बसेकालाइ निस्कासन गरी बास्तबिक सुकुम्बासीलाइ उनिहरूको सम्पत्ति सुरक्षीत गराइ नगरपालिकाले स्थानिय तबर बाट सार्बजनिक स्थानमा २० देखी ६० तले अपार्टमेन्ट निर्माण गराइ हाल उपभोग गरेको जग्गाको मुल्य अनुसार अपार्टमेन्टमा छुट दिइ बाँकी रकम सरल निर्ब्याज किस्तामा उपलब्ध गराउने । जसबाट फाइदा करीब एक रोपनी जग्गामा सबै सुकुम्बासीलाइ वास उपलब्ध गराउन सकीन्छ । साथै अब्यवस्थि शहरीकरण तथा झुपडपट्टी वाट नगर मुक्त हुनेछ, कृषि प्रयोजनको जग्गा छुट्याइ सो जग्गामा कुनै पनि निर्माण बन्देज लगाउनु पर्छ । यदी घर नै बनाउनु पर्ने भएमा उसको जग्गा त्यती भन्दा छैन भने नगरपालिकाले नै बनाएको कोलोनीको घर वा अपार्टमेन्टसँग जग्गा साट्ने व्यवस्था मिलाउने र नगरपालिकाले निज व्यक्तिको जग्गा फ्नो नाममा राख्ने र सो जग्गा लगायतका जग्गाहरूमा एकिकृत कृषि गर्ने फार्म वा व्यक्तिलाइ कृषि प्रयोजनमा भाडामा दिने,
                                                             
b.      स्टेडियमहरू
माथीको बुँदा लागुभए पछी अधिकांश सार्वजिनक जग्गा खाली हुन्छ मुख्य केन्द्रमा रहेको तथा हाल सुकुम्बासी भएको जग्गा खाली हुन्छ । जसमा सरकारी बजेट उपयोग गरेर स्तरीय फुटवल, क्रीकेट स्टेडियम लगायत इन्डोर गेम खेल्न मील्ने स साना हलहरू निर्माण गर्ने । जसले खेलकुदको विकास हुन्छ । नगरवासी स्वस्थ हुनेछन ।
c.       हस्पिटल
हाल भै रहेका हस्पिटल सामुदायिक र हालै अनुमोदीत हस्पिट, प्राथमिक स्वास्थ केन्द्र बाहेक अर्को एक बिशेषज्ञ सुबिधा सम्पन्न (गंगालाल हृदय रोग, भरतपुर क्यान्सर जस्तै) हरेक नगरमा एक हस्पिटल निर्माण र संचालन सार्वजनिक जग्गामा बनाउने र हाल भैरहेका हरूको स्तर उन्नती गर्ने जसले स्थानिय डक्टरहरूको जनशक्ती खपत स्थानिय नगरमै गराउने । बढी रकम खर्च गरेर राजधानी लगायत बाहीर जानु पर्दैन समय र पैसा दुवैको बचत हुन्छ
d.      स्कुल कलेज
हाल भएका कलेजमा पुर्वाधार थप्ने वा थप्न लगाउने । साथै समय सापेक्ष प्राबिधिक शिक्षा प्रदान गर्ने कलेज एवं स्कुलको स्थापना गराउने, स्कुलहरूको स्तर निर्धारण गर्ने प्राबिधिक रूपमा तथा भतिक सुबिधा युक्त बनाउने । साथै गुणस्तरीय शिक्षामा जोड दिने
e.      बसपार्क
हाल भएका बसपार्कहरू सबै नगरमा अव्यवस्थित छ साथै बस पार्क शहर भन्दा केही पर नै राख्नु स्वस्थ्य, वातावरणीय हिसाबले उपयुक्त हुन्छ । साथै स्थानिय नगर वसलाइ समेत बसपार्कको खाँचो हुन्छ । सबैमा ब्यवस्थित वस पार्क बनाउने, सो स्थानमा सटर, होटल बनाउन लगाइ भाडा लिने र सो बाट समेत म्दानी बढाउन सकिन्छ भने हाल घर अगाडी तथा बाटोमा जथाभावी पार्किङ गरीएको बस ट्रकहरूले पार्कीङ गर्ने स्थान नभएर त्यसो गरेका छन त्यसलाइ समेत व्यवस्थित गर्न सकीन्छ । जसबाट नगरबासीले राहत पाउछन ।
f.        पार्किङ
काठमाण्डुको न्यूरोड र पोखरा लगायत अधिकांश ठाँउको समस्या नयाँ नगरपालिका हरूले भोग्नु भन्दा पहिला नै उपर्युक्त पार्कीङको व्यवस्था गर्नु जरूरी छ । हरेक घरको नक्सा पास गर्नका लागि कम्तिमा शचालय अनिवार्य गरीए जस्तै पार्किङ पनि अनिवार्य गर्न लगाउनु पर्छ । जसले सडकमा भएको पार्किङ र दुर्घटनाको जोखीम घटाउने छ । भने हरेक चोकमा एक ५०० साना ठुला सवारी तथा ५०० नै वाइक अटाउने पार्किङ भवन बनाउने । बाटोमा गरीने पार्किङलाइ ठुलो रकम जरीवाना लगाउने ।
g.       बिद्युत तार, टेलिफोन, केवल तथा खम्बाको व्यवस्थापन
नेपाल भर ज्यादा हिमाल लेखनाथबाट त्यस पछी पोखरा बाट देखीन्छ त्यो भन्दा बेसी बिजुलीका तार । पाटनमा, बसन्तपुरमा, भक्तपुरमा दरबार भन्दा तार बढी देखीन्छ, तर के हामी तारै तारले माकुरे जालो बनेको बाटो खम्बाबाट ति हिमालको, दरबारको पुरातन भवनको असली दृष्यपान गर्न सक्षम छं त ? त्यसैले हाइटेन्सन बाहेक अन्य तारहरू भुमीगत रूपमा लाने ब्यवस्था गर्न जरूरी छ । पर्यटक हामीकहाँ तार होइन प्रकृति, संस्कृति तथा हिमाल हेर्न ँउछन । खम्बाको कारण सडक को स्थान कम भएको छ भने कहीलेकाँही ठुलै दुर्घटनाको कारण खम्बा बन्ने गरेका छन । जसको समाधान भुमिगत तार बिच्छाएर गैन सकीन्छ ।
h.      बिद्युत उत्पादन खानेपानी बाट
सबैखाले साना सहरी खानेपानी योजनालाइ बहुउद्वेश्यि बनाउन जरूरी छ जसले खानेपानीको लागत कम मात्र गर्दैन लोडसेडिङको समस्यालाइ पनि समाधान गर्छ । बिस्तृत अध्ययन पश्चात नगरको माथिल्लो भेगमा स्टोरेज ट्यांक बनाइ बिद्युत निकाली तल्लो तहमा पानी शुद्धिकरण गरी नगरको तल्लो बेल्टका बासीन्दालाइ पानी पूर्ती गर्न सकिन्छ ।
i.         सडक
सडक अहिलेको जस्तो अस्तब्यस्त नभै योजना बद्ध किसिमले नगरले योजना बनाइ निश्चित मापदण्ड नपुग्ने सडक बनाउने अनुमति नदिने र भएका सडकमा भुमिगत बिजुली, टेलिफोन, केवल, इन्टरनेट, ढल निकास समेत समावेश गरी बनाउनु पर्छ । यसले शहरलाइ अझ व्यवस्थित गर्छ । मुख्य चोक लगायतका ठाँउमा सवारीका लागि फ्लाइभर, वाटो काट्नका लागी हरेक ५०० मिटरमा तथा चोकहरूमा सब वे, पोल नराखी वत्तिको व्यवस्था, प्रतेक साना ठुला चोकको सडकमा सिसिटिभि क्यामरा राख्ने । सो को निगरानी ट्राफिक तथा पुलीस स्टेसनले गर्ने ।
j.        ट्रेन वा मेट्रो
शहरको विकास सँगै मानविय चाप पर्छ त्यसलाइ वातावरण मैत्रि हिसाबले समाधान गर्न तथा व्यस्त शहरी जिवनलाइ बढ्दो यातायात बाट बचाउन मेट्रो ट्रेनको वश्यकता पर्छ । यस योजनामा नगरपालीका र नजिकैका गाविस र जोडीएका नगरपालिकामा समेतका ठाँउमा पुग्ने गरी मेट्रोको परीकल्पना अहीले नगर्ने हो र जग्गा अधि ग्रहण नगर्ने हो भने भोली मुअब्जा र स्थानका कारण समस्या पर्नेछ । स्वस्थ तथा बातावरण मैत्री, सस्तो भरपर्दो र सुरक्षित सार्वजनिक यातायातका लागी मेट्रोका लागि अब पनि नसोच्ने हो भने धेरै ढिलो हुन्छ ।
पुर्वाधारका लागि ध्यान दिनै पर्नेकुराहरू
·         पुर्वाधार निर्माण गर्दा ख्याल गर्नु पर्ने कुरा के पनि हो भने एक अर्को संस्था संग समन्वय नहुँदा बनिसकेको सडक भत्काएर पानी बिजुलीको पोल गाड्ने वा पोल, पानीको लाइन माथीनै सडक बनाउने काम भै रहेको छ तसर्थ सबै एक साथ पुन निर्माण वा दश देखी २० बर्ष सम्मको प्लान अफ एक्सन माग गरी सो ठाँउ कम्तिमा दश बर्ष वा विस बर्ष सम्म उस्तै रहने गरी बनाउनु उपयुक्त हुन्छ । सडक वा पुर्बाधार बनाउँदा अपांग मैत्रि बनाउनु जरूरी छ ।
·         पुर्बाधार बनेर बाँकी रहेको ठाँउमा हाल धुलो उडेर थप बायु प्रदुषण हुने गरेको छ, हाल काठमाण्डुमा यसैको कारण बिहान ६ देखी ९ तथा बेलुकी ५ देखी ७ सम्म हिडडुलका लागि मनाही गरीएको छ, त्यसलाइ कम गर्न निर्माण सामाग्री सार्बजनिक ठाँउमा थुपार्न नदिने, निर्माण सामाग्री बाट हुने प्रदुषण हटाउने वा सफा गर्ने जिम्मा निर्माण कर्ताको हुने नियम बनाउनु पर्छ । भने सो बाँकी ठाँउमा इटा ले वा ब्लक ले जमिन छाप्ने वा बिना सिमेन्ट कभर गर्ने, जसले धुलो हट्छ भने बर्षाको पानी सिधै ढलमा जान रोकी भुमिगत पानी रिचार्ज गर्न समेत मद्दत गर्छ ,
·         घर धनिले फ्नो घर देखी फुटपाथ सडक सम्म खाली स्थानमा ब्लक वा इटाले अनिवार्य कभर गर्न लगाउनुपर्छ भने घर भित्र गनमा सकेसम्म कम ठाँउमा कभर गर्ने बाँकी ठाँउमा दुवो वा फुल लगाउने ।
·         पसल वा हार्डवयर एवं घर वा केही निर्माण गर्दा सडकमै वा फुटपाथमा निर्माण समाग्री थुपार्ने गरीएको छ त्यसलाइ बन्देज गरीनु पर्छ, विकल्पमा रेडिमिक्स कंक्रीट प्रयोग गर्न लगाउनु पर्छ ।  
2.       पर्यटन
a.       पर्यटकीय सवारी
यस्तो सवारी को कुरा गरीएको छ जुन हेरक पर्यटकीय नगरको पर्यटक बसपार्कमा उपलब्ध हुनेछ जसमा बिभिन्न भाषा जान्ने गाइड बस्नेछन र खुला बस वा भ्यान बाट उपयुक्त दृष्यावलोकनका लागि स्थानमा रूट नै बनाएर जानकारी समेतको भिडियो बजाउदै पर्यटकलाइ शहर सस्तो सुरक्षित तथा एक्लै घुम्न मनपराउनेका लागि समेत हुने गरी पर्यटकिय नगर तथा पर्यटकीय स्थल घुमाओस ।
b.      भ्यु टावर निर्माण
पर्यटको बसाइ धेरै बनाउन उपयुक्त स्थान जस्तै नगरकोट, सरांगकोट, दामन, हिले लगायतमामा सुबिधा सम्पन्न भ्यू टावरको वश्यकता छ ।
c.       हनिमुन लेक, फिसिङ, मोटरवोट, विच भलिवल,
हामी सँग सन्सारमै कतै नभएको एकै उपत्यकामा मा ८ वटा ताल छ तर त्यसको उपयोग गर्न सकेको छैन, बेगनासतालमा जालारी हरूलाइ माछा पालनको निम्ती छुट्टै स्थान दिएर बेगनास, रूपा, फेवातालमा ब्यवसायिक मोटरबोट संचालन गर्ने, मैदीलाइ रामशार वा सिमसारका रूपमा विकास गर्ने, मैदी पाखो लाइ पर्यटकीय रूपमा चिडियाघर बनाउने, दिपाङलाइ हनिमुन लेकका रूपमा विकास गर्न होटल वा रिसोर्ट बनाउने, अन्य तालमा स्थान र सम्भाब्यता हेरि विच भलिवल, पानिमा गरिने साहसीक खेलहरू स्कुवा डाइभिङ, वाटर टच बन्जी चलाउन दिने । दिपाङ ताललाइ नै तालको बिचमा होटल चलाउन किन पहल नगर्ने ? रारा, इन्द्र सरोवर, अब बन्ने बुढीगंडकी सरोवर तथा शे फोक्सुन्डोमा साहशिक (टुर डे फ्रान्स जस्तै) खेल पछी बिश्राम वा खेल क्रिडा स्थल नै किन नबनाउने ?
d.      होटल तथा लज र तिनको मापदण्ड
पर्यटक बस्नलाइ शान्त, तथा हो हल्ला र डिस्को मनपराउने लाइ रात्री कालिन पर्यटकिय स्थल, पर्यावरण मनपराउने लाइ रिसोर्ट दीमा बर्गिकरण गरी, खानाको स्तर एवं गुणस्तर, व्यवसायी तथा कर्मचारीको चरण, ड्रेस, संचारको तरीका तथा शिष्टता, भाषाको ज्ञान लगायतमा स्वयं व्यवसायी र नगरले समेत चार संहिता र मापदण्ड बनाउने । फाइभ स्टार र अन्य स्टारका मान्यता संगसंगै पनि संस्कृति, नेपाली पन, नेपाली ब्यन्जन लगायतमा ध्यान दिने गरी बनाउने । नेपालमाल भएको के एफ सि ले ब्राजिलबाट कुखुरा ल्याउछ भन्ने हल्ला हुन्छ तर भारतबाट खान अयोग्य कुखुरा यात भएको र उपभोग्य मिति पनि गुज्रिएको तेल र मसला प्रयोग भएको भन्ने समाचार सुन्न पाइन्छ । यस्तो ठाँउमा नेपालकै उत्पादन र स्थानिय खाद्यान्नलाइ रेष्टुरेन्ट मेन्युमा समावेश गराउने खालको मापदण्ड र यस्ता व्यवसायिलाइ मात्र अनुमति दिनु जरूरी छ ।

3.       द्योगिक क्षेत्र
उद्योगको लागि जग्गा र पुर्वाधारको तयारी शहर भन्दा केही बाहीर गर्ने उद्योगले फाल्ने फोहर तथा वातावरणमा कम भन्दा कम असर पर्ने गरी संचालनको मापदण्ड बन्न जरूरी छ । जव सम्म नगर क्षेत्र वरपर उद्योगका लागि स्थान छनोट प्राथमिकतामा पर्दैन तब सम्म देशको विकास हुन्छ, न नगरवासी स्वस्थ हुन्छन । उद्योग ले उत्पादन गर्ने बस्तु तथा सेवाले सबैलाइ सुबिस्ता भए पनि त्यसले वाइ प्रडक्टका रूपमा निकाल्ने पोहर, धुलो धुँवाले वरपर समेत असर गरेको हुन्छ । त्यसको न्यूनिकरणका लागि समेत अहिले जग्गा तथा पूर्वाधार न छुट्याउने हो भने पछी वाहीर बाट लागत बढी पर्ने गरी सामान ढुवानी गर्नु पर्छ, स्थानियलाइ सरल रोजगारीका लागि धेरै बाहीर धाउनु वा विदेशकै मुख ताक्नु पर्ने हुन्छ ।

4.       ताल तथा जलाधार संरक्षण (लेखनाथ तथा पोखरा क्षेत्रको लागि)
a.       जिव, वनस्पती तथा जलचरको संरक्षण
लोपोन्मुख जिवजन्तु, तथा वनस्पतीको संरक्षण जरूरी भै सकेको छ, लोकल सहरमाछा, बाम, बुदुना, गद्दे (जेव्राको जस्तो रंग भएको माछा) लोप हुने स्थितिमा पुगेका छन, स्थानिय नाभो, रातो अनदी, लगायतको संरक्षण गरी पर्यटन तथा जैविक बिबिधता संरक्षणक समेत गर्नु जरूरी छ ।
b.      तालको बाँध बाट लिन सकीने फाइदा
जल बिद्युत, मोटर बोट, सिँचाइ लगायतको २० वर्षे योजना बनाएर खेति योग्य जमिनको लागि बाह्रैमास सिँचाइ, निरन्तर लघु बिद्युतको उत्पादन, साहसीक खेलको पहिचान र संचालनको लागि समेत मिल्ने गरी सिचाइ, बिद्युत, मोटरबोट संचालन गर्ने गरी निजि वा पि पि पि मोडलमा भएका सम्पदाको अधिकतम सदुपयोग गर्नु पर्छ ।
5.       फोहर व्यवस्थापन
a.       ढल व्यवस्थापन, ढल निकास र शुद्धिकरण
वाताबरण जोगाउनका लागि शहर ले उत्पादन गर्ने तरल फोहरको उचित व्यवस्थापन हुनु जरूरी छ । अधिकांश घरमा हुने सेफ्टी ट्यांकबाट मल बनाउने, उद्योगको स्थापना गर्नु जरूरी छ । भने ढल निकासलाइ सिधै नदीमा मिसाउने प्रबृत्तिलाइ अन्त्य गरी शहरको तल्लो इलाकामा बिशाल पोखरी बनाएर ढलको पानी छानेर लेदोलाइ मल बनाउने हानिकारक केमीकल निष्क्रिय पार्ने र सफा पानी मात्र नदीमा मिसाउने व्यवस्था हरेक नगरपालिकाले गर्नु जरूरी छ ।
b.      फोहरको बर्गीकरण, व्यवस्थापन,
फोहर फोहर मात्र हैन जानेमा मोहर पनि हो कुहिने र नकुहीने फोहर छुट्याउने, पुन प्रयोग गर्ने तथा कवाडी व्यवसायीलाइ कर छुट दिइ वा व्यवसायको स्थान सरल रूपमा उपलब्ध नगरपालिकाले गराउने । हरेक परिवारले कुहिने, पुन प्रयोग हुने फोहरलाइ घरमै खतप गरेर कम भन्दा कम फोहर घरबाहीर व्यवस्थापन गर्नु पर्छ भने नगरपालिकाले बिक्री योग्य कबाडी फोहरको बिक्री व्यवस्थापन गरीदिनु पर्छ ।
c.       ल्यान्डफिल्ड साइटको व्यवस्थापन
बिना ल्यान्डफिल्ड साइट नगरपालिका घोषणा नगर्ने र ल्यान्डफिल्ड साइटमा पनि कम भन्दा कम फोहर जाने व्यवस्था मिलाउने, जनचेतना जगाउने काम नगरपालिकाले गर्नु पर्छ
6.       खानेपानीको स्वच्छता र उपलब्धता
शहरी क्षेत्रबाट काशे पानीको सिधै ढलमा मिसिइ उपयोग बिहिन भएको अवश्थामा काशे पानी प्रयोग गर्न लगाउने जसले सरसफाइको लागि खानेपानीमा रहेको निर्भरता कम हुन्छ । साथै धेरै जनताले खानेपानीलाइ खानेपानीकै रूपमा मात्र प्रयोग गर्न पाउने छन । भने यसले भुमिगत पानीमा भएको निर्रभरता कम गरी भु तथा जल संरक्षण गर्छ, ढुंगेधारा, सिमसार क्षेत्र, इनार, कुवा लगायत पानीक श्रोत सुक्दैनन।  
7.       नगर प्रहरी गठन
नगरले कार्यान्वयन गराउने निर्णयहरू अटेर गर्ने तथा सुचना संकलन एवं जासुसीका रूपमा परिचालन गर्ने । सडकमा निर्माण सामाग्री थुपार्ने, फुटपाथ व्यवसाय संचालन गर्ने, जथाभावि पार्किङ लगायतलाइ नियन्त्रण गर्नका लागी ।

8.       सुचना तथा प्रबिधि
a.       डिजिटल परिचय पत्र
b.      सि सि टिभि निगरानी
c.       अनलाइन पंजिकरण
d.      अनलाइन कर, बिद्युत, पानी महशुल भुक्तानी सेवा
9.       नितिगत निर्णय तथा स्पष्टता
a.       पार्किङ योजना तथा घर मै पार्किङ
                                                               i.      सरकारी स्थानमा पार्किङ
b.      ब्यापारीक मल ता सुपरमार्केटको लागि मापदण्ड तथा बजार बर्गिकरण
                                                               i.      मासुको लागि ब्यवस्थित बधशाला र बजार
                                                             ii.      कृषि उपजको लागि बजार
                                                            iii.      सुनचाँदी तथा बहुमुल्य सामानको बजार छनोट
                                                           iv.      घरायसी सामानको बजार
c.       सार्वजनिक जग्गा व्यवस्थापन
                                                               i.      पार्क तथा उद्यान,
                                                             ii.      स्टेडियम
d.      बन तथा कृषि व्यवस्थापन
                                                               i.      जडिबुटी संरक्षण
                                                             ii.      जिब संरक्षण
                                                            iii.      स्थानिय जातको वनस्पती तथा जिव संरक्षण
                                                           iv.      चिडियाघर
                                                             v.      व्यवस्थित पशुपालनको निति तथा निर्देशिका
                                                           vi.      अर्गानिक खेतीलाइ प्रोत्साहन
                                                          vii.      एक गाँउ एक उत्पादन मा जोड

e.      सार्वजनिक यातायात
                                                               i.      नगर बस
                                                             ii.      रिक्सा
                                                            iii.      घोडा
                                                           iv.      बिद्युतिय सवारी
f.        घरको एक समान डिजाइन
घरहरूको डिजाइन एक समान तथा भ्यू टावर बाट हेर्दा र्कषक देखीने गरी बनाउन का लागी निर्देशिका जारी गर्ने निर्देशिकामा स्पष्ट रूपमा यि कुराको जानकारी दिने जस्तै
                                                         i.            डिजाइन
भुकम्प प्रतिरोधक, स्थानिय कला देखीने (नेवारी कला, प्यागोडा शैलि, घुमाउने घर वा दुइ पाखे) गरी धुनिक डिजाइन अनिवार्य गर्ने ।
                                                       ii.            फोहरको व्यवस्थापन
प्रतेक घरमा कुहीने, नकुहिने, पुनः प्रयोग गर्न मिल्ने फोहर छुट्याउन लगाउने सोही अनुसार नगरपालिकाले लैजाने व्यवस्था गर्ने ।
                                                      iii.            ढल निकास
सोझै मलमुत्र ढलमा मिसाउने गर्दा, उद्योगका रसायन सिधै ढलमा मिसाउने र सो ढललाइ फेरी गर्दा पनि
                                                     iv.            काशे पानीको सदुपयोग
भुमिगत पानीको श्रोत सकिदै जानेछ किनकी अधिकांश घरमा इनार छ, नगरको पिउने पानीमा समेत बोरीङ गरी उपयोग गरीएको छ यस्तो अबस्थामा भुमिगत पानी रिचार्ज गर्नु पर्ने हुन्छ अन्यथा कालान्तरमा भएका मुल सुक्ने, जमीन धसिने सम्भावना हुन्छ, तसर्थ काशे पानीको सक्दो उपयोग घर भित्र नै गर्नु पर्ने हुन्छ त्यसका लागि कम्तिमा २ हजार लिटर क्षमताको भुमिगत पानी संकलन खाडल बनाउन अनिवार्य गर्ने । दिल्ली, जयपुर लगायतले यो अभ्यास गरीसकेका छन
                                                       v.            निर्माण सामाग्रीको भण्डारण,
हार्डवयर तथा क्रसर अनि रेडिमिक्स कंक्रिटको जमानामा अब पनि घर अगाडीको सडकमा निर्माण सामाग्रि थुपार्न दिनेहो भने शहर फेरी मसिनो धुलो ले भरीने छ, सडक फोहर र बालुवा तथा गिटीले ढल तथा जल निकास टालिनेछ । त्यसैले कसैले पनि सडमा सामग्री राख्न नपाउने तथ निर्माण कार्य गर्नु पर्ने भएमा रेडिमिक्स को उपयोग बढाउने तर्फ लाग्न पर्नेछ
                                                     vi.            पार्किङ
                                                    vii.            एक घर एक रूख व्यवस्था 
g.       साइकल मार्ग र जगिङ रूट
h.      १ रोपनी भन्दा कमको जग्गा खरीद बिक्रीमा रोक ।
i.         फुटफाथ व्यवस्थापन
हाललाइ नयाँ नगरहरूमा यो समस्या नभए पनि विकास सँगै विस्तारै फुटपाथ पसलहरू खुल्ने भएको हुँदा अहिले नै नगर प्रहरी द्वारा फुटपाथ वा ठेला राख्नेलाइ कारबाही गर्ने वा पर्यटकिय स्थानमा निश्चित ठाँउ Street Food  वा व्यापारको चाँजो पाँजो मिलाउने । हामी कहाँ नेवारी, थकाली फास्ट फुडहरू पनि त छ तिनको व्यवसायिकरण र शुद्धता एवं स्वस्थतामा ध्यान दिइ अहीले पोखरामा हुने स्ट्रिट फेस्टीवल जस्तै हरेक नगरमा वा पर्यटकीय क्षेत्रमा Street Food को लागि मापदण्ड समेत व्यवस्था गरीदिने ।
j.        खेतियोग्य जमिन बाँझो राख्न नपाइने
नगर भित्रका खेति योग्य जमिनहरू बाँझो राख्नेलाइ कारबाहीको व्यवस्था गर्ने वा कर दोब्बर लिने ।

एउटा पूर्वाधार सम्पन्न, र व्यवस्थीत शहरको लागि के हाम्रा नेताहरूले यि कुराको तयारी गरेको घोषणा पत्र हामीलाइ दिन सक्छन ?? वा प्रश्न गर्नुस ऋण काढेर बाटो पिच गरेको भोली पल्ट फेरी कैयन मेलम्चीले, कैयन टेलिकमले बाटोमा यमराजको द्वार रूपी खाडल खन्ने हुन ?? वा विकासका लागि कम नोक्सान हुने र २० बर्ष सम्मको भिजन भएको एक मतको विकास योजना तयार छ की छैन ? 
निर्णय तपाइको हातमा 

जय नेपाल ।  
   

   


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें