Saturday, June 11, 2016

केपी ओली, गाली ताली अनी हामी !


के पि ली अहीले नेपाली जनजिब्रोमा र अन्तराष्ट्रिय समुदायमा पनि चर्चाको नाम हो । चाहेर होस या नचाहेर मिडियामा, अधिकांश नेपालीको मन मस्तिष्कमा हरेक दिन ली झुन्डिएकै छन । गालि गर्न होस या तालि बजाउन । भारतिय हस्तेक्षपका बिरूद्ध लडेको भनेर, भारतिय एकाधिकार तोडेको भनेर, उखान भनेर प्रतिद्वन्दीको आत्मविश्वास गिराउने रूपमा या हावादारी कुरा भन्ने भनेर । सबैले हरेक दिन सम्झेकै छन ।

सकारात्क नजरमा केपी
जब सम्म उनि शक्तिमा थिएनन, रूखो बोल्ने, गुण्डा राजलाइ संरक्षण गर्ने, छुच्चो चरित्र, अनि महाकाली सम्झौता वा अरू गतिबिधी मेरा नजरमा केपी ओली खराब पात्र थिए । एमालेमा कोही हट्नु पर्ने वा माओवादीको सफाया कारबाहीमा कोही पर्ने व्यक्ति छ भने त्यो केपी ओली हो भन्ने लाग्थ्यो । एक जना मित्र संग लालबाबु पण्डीतको समर्थन गर्दा एमालेमा कोही नराम्रो छ भने त्यो राधा ज्ञवाली, बामदेव र केपी हुन भनेर र राम्रो मानिसमा लालबाबु, गोकर्ण बिष्टको पक्ष लिएको हो मैले । ति लिष्टमा जानेर नजानेर दिर्घकालिन नेपालको भबिष्य अनि पुर्व प्रम हरूको ब्यबहार संग तुलना गर्दा अडान भएका, भारत संग जानेर नजानेर नझुकेका, भारतको एजेन्डामा झुक्नु भन्दा नेपाली दल संग झुक्नु श्रेयकर सम्झिएका । फलस्वरूप माओवादी केन्द्र संग जायज नाजायज भद्र वा अभद्र जे भने पनि सम्झौता गरेका । जे गरे नेपालका लागि महेन्द्र पछि देशका लागि यत्तिको काम गरे यस भन्दा अघि मनमोहन बाहेक कुनै सम्मान जनक रूपमा सम्झने प्र.म. छैनन नेपालमा । भविष्यमा नेपालको इतिहासमा स्मरण योग्य प्रधान मन्त्रीमा केपी ओलीको नाम हुनेछ ।


सरकारको काम
जसरी पहिले सत्तामा पुगी सकेका भुत पुर्व प्रमहरूले के पि सरकारको बिरोध गरेका छन त्यो आँफैमा हास्यास्पद छ । हिजो आफु सत्तामा हुँदा सिन्को भाच्न नसक्नेहरू ओलीको सपना झुटो भनेर खिल्ली उडाउँदै २५ बर्षे अर्को स्वप्न देखाएका छन, कामहरू खेलाची सम्झेका छन ।
 मानौ प्रधानमन्त्रीको काम विकासको सपना देख्नै नहुने हो वा त्यो सपना जनता संग बाढ्नै नहुने हो । अहिले लक्ष्मी प्रसाद देवकोटा भएको भए पनि उनलाइ पनि पागलको पगरी गुथाइन्थ्यो होला । "उदेश्य के लिनु उडि छुनु चन्द्र एक" तैट यहाँ जनता कैर्णालिमा खाद्यान्न संकटमा गुज्रिरहेका छन यि देवकोटा चन्द्रमा छुने उदेश्य लिउ भन्छन । यि पागल हुन, हावादारी मानिस हुन । यस्तै के पि ओलीको सन्दर्भमा पनि भएको छ । के देशको प्रधान मन्त्री मात्रै एउटा मुद्दामा अल्झेर बस्नु पर्ने हो । पुनर्निर्माण गर्नु छैन हामीलाइ रेल चाहीएन, चाइनाको तेल र अरू सामान चाहिएन, पानी जहाज चाहिएन, हावाको बिजुली चाहिएन, ग्याँसको पाइप चाहिएन बरू नचढौला रेल पुन निर्माण गरिदेउ । सरकारले पुनर्निर्माणको कामका लागि इन्जिनियर खटाएको छ तर ति इन्जिनियर जानमानेन त्यसमा को दोषी हामी नेपाली प्रबृत्ति पछ्याउने हामी मै छ की काम गराउने के पि सरकारमा http://dcnepal.com/news/news.php?nid=212855 । हामीले ति दोषि इन्जिनियरका नाममा कलंकहरू माथी प्रश्न उठाउने की सरकार माथी ? यसमा सरकारको दोष पनि देख्छु ति जान नमान्ने इन्जिनियर कुनै पनि सरकारी काम वा एन जि ओहरूले गराउने कामका लागि अयोग्य भनेर छाप लगाइ कालो सुचिमा राख्नु पर्ने थियो । किनकी देश दुखेको बेला सरकारलाइ गालि खुवाउने तर जुन सम्बन्धित बिषय लिएर पढेको छ त्यसमा काम गर्न जाउ भन्दा नमान्ने हरू ताक परे तिवारी नत्र गोतामे शैलिका हुन जसलाइ नेपाली नागरीक भन्ने भनाउने हक छैन । हामी नेपाली चेन अफ कमान्ड मान्न तयार छैनौ । मात्रै आफ्नो फाइदा चाहिन्छ । ठिक छ देशका लागि मात्रै कसैले काम नगर्नु, पहिले आफू र आफ्नो परिवारको लागि काम गर्नु । तर हरेकले यसरी आफ्नो लागि काम गर्दै गर्दा त्यो काम राष्ट्रिय हितको लागि होस यो कुरामा चाहिँ ध्यान दिनुपर्छ । चाहे उत्पादन होस या उपभोग स्वदेशी नै प्राथमिकतामा परोस । तर खै ति इन्जिनियर कसका लागि काम गरे ? र यति भन्दै गर्दा केही डा शंकर ढकाल जस्ता एकलब्य छन जसलाइ सरकारले हेरेन वा सहयोग गर्न चाहेन ति इन्जिनियर लाप्राक, बरपाक पुगेर सित्तैमा भुकम्प प्रतिरोधी डिजाइन दिए, प्राबिधिक सल्लाह दिए उनिहरू सरकारको नजरमा परेनन यो हाम्रो पनि दुर्भाग्य हो । फेरी प्रश्न उठ्ला शंकर ढकाल जस्ता इन्जिनियर हरू ति ४८० वा सरकारले माग गरेको बेलामा किन उपलब्ध हुन सकेनन ? यसको उत्तर डा ढकालका मार्मिक स्टाटसबाट थाहा लाग्छन । सरकारले पुननिर्माणको लागि मानिस खटाएको छ खटाएका मानिस बेइमान भए तिनलाइ कारबाही गर्न पनि चुकेको छ । संगै नयाँ आशा र भरोषा पनि दिलाउँदै छ । पुन निर्माण संगै विकासका सपना देखेको छ काम थालनि गर्दै छ। सरकार प्रमुख भुकम्प पिडितका लागि मात्रै हैन भविष्यको नेपाल बनाउनका लागि पनि हो । हो पहिलो प्राथमिकता पुननिर्माणले पाउनु पर्छ यसमा कुनै कसर बाँकी रहनु हुँदैन । क्षमता र दक्षता जति सुकै होस; केहिकुराहरु सम्पन्न हुन केही समय त लाग्छ नै ! नौ जना महिला मिलेर एउटा शिशु एक महिनामा पाउन नसके जस्तै चुटकी बजाएर केही तत्कालै सम्पन्न हुने वाला छैन धैर्य गर्नुस र मेहनत पनि अनि संभव छ । केपी ओली को एउटा भनाइ साह्रै मन परेको छ तपाइ विकास निर्माणको कामका लागि पैसा भएन भने चिन्ता नमान्नुस विकासका लागि संन्सारको जुन सुकै कुना बाट केपी ओलीले रकम खोजेर ल्याउछ । काम गर्नुस रकमको चिन्ता नगर्नुस । यो भनाइ सुनाउदै गर्दा मेरा आत्मिय साथीले उनका बुवाको भनाइ राखे मैले त बुवा सम्झिए जुन बेला म एस एल सी दिँदै थिए "तँ पढ छोरा के पढ्छस एस एल सी पास गर जे भन्छस त्यही पढाउँछु पैसाको चिन्ता नगर म ऋण गरेर भए पनि तलाइ पढाउँछु । मेरा बाले यो भन्दा बढी के भन्नु पर्छ र ?

काम गर्दा लोचना गर्ने कि बिरोध ?
केपी सरकारको बिरोधमा सडकमा पानी जहाज कुदाइए, कार्टुन बनाइए, उनका कुरा हावा भनेर उडाइए तर साथ कसरी दिने भनेर कसैले सोच्नु भयो ? उ पदमा रहँदा सहयोग गर्ने यदी उसले भनेका काम पुरा गर्न सकेन र पद छोड्दा केही पनि काम सम्पन्न भएन भने त्यो वेला के पी ओली लाइ गिज्याउन, गालि गर्ने अग्र पंक्तिमा मेरो नाम हुनेछ । गर्छु भन्दा केही गर्न नदिने, उडाउने, नकारात्मकता फैलाउने, गिज्याउने अनि कसरी कुन उत्प्रेरणाले उसले काम गर्ने जोश, जाँगर र हौसला पाओस ? समय हुनेबेला सम्म साथ दिउँ, सहयोग गरौ, संगैकाम गरौ, संगै काम गर्न नसके आवाजले साथ दिउँ, हौसला दिउँ त्यती गर्दा पनि केही गरेनन भने पत्ता साफ हुने गरी चुनावबाट पछारौं । चुनावको बेलामा सडकमा पानी जहाज हैन खेलौना रेल नै कुदाउँ यि मान्छे गफ मात्रै गर्ने हुन काम गर्दैनन भनेर उदाहरण समेत प्रस्तुत हौं । त्यसबेला हामीले गालि गर्ने अधिकार र हैसियत पनि पाउँछौं उनलाइ पछार्न नैतिक बल पनि । भन्न पाइन्छ हिजो काम गर्छु भन्दा हामीले यसरी यसरी सहयोग गरेको यति गर्दा पनि यिनले काम गर्न सकेनन अब फेरी यिनलाइ सत्तामा पुग्न दिनु हुँदैन भनेर हामीले भन्दा धेरै जना सहमत हुन सक्छन । अहीले काम गर्छु भन्दै गर्दा हामीले आलोचना मात्रै गरौं, कमजोरी पहिल्याएर सुधार गर्न लगाउँ तर बिरोध नगरौं । जब केही गर्न साच्चीकै सक्दैनन तब बिरोध गरौंला, गालि गरौंला, गिज्याउँला ।

सोच्नुस त तपाइको घरमा भएको सवारी साधन बिग्रिएर बस्या छ, बनाउन कति लाग्ने हो के बिग्रिएको हो थाहा छैन, एउटा परिवारको सदस्य बिरामी भएर हस्पिटलमा छ, अर्को सदस्य जहिल्यै लागु पदार्थको नशामा घरमा झगडा गर्छ । ढलान घरको छत चुहिएर भित्र बस्न सक्ने वाताबरण छैन, पल्लो घरको रासन पसलबाट सामन उधारो ल्याउनु हुन्थ्यो त्यो पनि दिन छाडे, घरमा चुल्हो बाल्न ग्याँस, दाउरा केही छैन । जेठो छोरो छुट्टिनु पर्यो अंशबन्डा गरिदेउ भनेर उफ्रि राख्या छ । अरू सन्तान घर मुलीलाइ गालि गरेर बस्या छन। खेतमा पानी लगाउने नहर कुलो मर्मत नभएर बालि के लगाउने वा नलगाउने निधो छैन । छुट्भिन्न भएका दाजुभाइ, छिमेकी खुच्चिङ भनेर काखी बजाइरहेका छन अब विचार गर्नुस घरमुली बनेर ।

भन्नै पर्ने कुरा म कुनै पनि कालखण्डमा एमाले थिइन र हैन ।
अस्तु ।