शनिवार, 7 जनवरी 2017

समृद्धि, राष्ट्रबाद र युवा





समृद्धि, राष्ट्रबाद र युवा

हालैका दिनमा सबैको ध्यान खिच्ने, धेरै बोलिने र सुनिने शब्द हुन राष्ट्रिय समृद्धि अनि राष्ट्रबाद । यसलाइ गुडाउने, चलायमान बनाउने र लक्षमा पुग्न मेहनत गर्ने शक्ति सामर्थ्य र जोश भएका मानविय जमात हुन युवा । अझ हाम्रो सामाजीक परिभाषामा १८ देखी ४० सम्मका मानवहरू नै युवा हुन । नेपाल एकिकरण गर्दा पृथ्विनाराण शाह कति बर्षका थिए? हाम्रै देशका नेताहरू जुन अहिले सत्तामा र सत्ताको वृत्त वरीपरी घुमीरहेका छन । ७ सालको क्रान्ती गर्ने बेलामा ३६ सालको क्रान्ती र ४६ सालको आन्दोलन सम्म युवा नै थिए । तर मुल समस्या प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि त्यही ल्याउनका लागि सारा जवानी र उर्जावान समय खर्च गरे । त्यसको ब्याजको लोभमा अझै बुढो गोरूले झै ठाँउ ओगटी रहेका छन । भने हामी जस्ता उर्जावान युवाहरू तिनैलाइ गालि गर्दै देश बनेन र समृद्ध हुन सकेन भनेर उच्च शिक्षा, रोजगार र व्यवसायका लागि खल्तिमा पासपोर्ट बोकेर विदेश धाइ रहेका छौं । पाए सम्म नेपाल नफर्कने गरी उतै घरजम गरेर बस्ने मनसायमा पनि छौं । भरखरै ७२ सालमा भएको दुखद प्राकृतिक प्रकोप र भारतिय नाकाबन्दी पछि अर्को कुराले पनि सबैको ध्यान मोडेको छ त्यो हो राष्ट्रबाद । धेरै मध्य केही युवा यसैको पछि लागेका छन । त्यसलाइ जानिदो नजानिदो गरी लाभमा बदल्न राजनितिक दलहरूले बिभिन्न तिकडम हरू अपनाइ रहेका छन । हामी प्रयोग भै रहेका छौ।
नेपाल कृषि प्रधान देश, जलश्रोतको धनी देश, बुद्ध,भृकुटी, अरनिको र सिताको जन्मभुमी, सगरमाथा लगायत बिश्वका १० मध्य ८ वटा उच्च हिमाल भएको देश पर्यटकको लागि स्वर्ग जस्तै देश, जल, जमिन र जडिबुटीको भरपुर उपयोग गर्न सकिने देश । हामी समृद्ध छैनौ ?  यतिका श्रोत, इतिहास र गर्वलायक तथ्य अरू कुनै देशमा छ र? र पनि हामी कसरी गरीब ? कसरी हामी कम्जोर ?  हामी कमजोर भयौ किबनाइयौ ? 
नेपाल को एकीकरण पछि जारजरकोटमा रहेको हतियार बनाउने बस्तिमा रहेका हतियार बनाउन सिपालु कामदारहरूको हात काटेर
विदेशबाट हतियार ल्याउन थाले देखी सुरू भएको बाह्य हस्तक्षेप र परनिर्भरता अहिले नेपाल भित्र राजनैतिक, प्रशाशनिक क्षेत्रको सुक्ष्म व्यवस्थापन सम्म इ पुगेको छ ।  अघिल्लो बर्षको नाकाबन्दी पछि यही कुरा छताछुल्ल भएको छ । बिभिन्न समयमा भएका सरकारको फेरबदल र त्यसले पारेको थप र्थिक भार सबैले हामीलाई थप परनिर्भर र लाचार बनाइ रहेको छ । पछिल्लो तिन दशक भित्र दक्षिण एसियामा सबैभन्दा बढी सरकार परिबर्तन नेपालमै भएको छ । श्रीलंकामा ५, बंगलादेशमा ९, भारतमा१०, पाकिस्तानमा १२ र सबैभन्दा धेरै नेपालमा २४ पटक सरकार परिबर्तन भएको छ । त्यसले बढाउने बिशिष्टको संख्या, भत्ता, बजेटको दुरूपयोग र अघिल्लो सरकारले ल्याएको राम्रो योजना फेल गराउने चलखेल यि यावत कुरा मात्रै नेपालमा भए । त्यसले दिगो विकास हुन सकेन । स्थिर सरकार भए देश विकास हुन्छ  हामी कहाँ हरेक घरमा कोही जन्मने बित्तिकै ल हाम्रो भोट बढ्यो भन्ने स्थिति जब सम्म रहन्छ तब सम्म देश विकास हुँदैन । हामीले राम्रा हैन हाम्रा छान्यौ । बिधिको कुरा गर्दै हरेक बर्ष बिधि कसरी र कसले मिच्न सक्छ त्यसमा प्रतिस्पर्धा गर्यौ । यसले देशमा सुसासन दिन सकेन, सिस्टम बसाल्न सकेन, लगानिको बाताबरण बनाउन सकेन, बन्द हड्ताल नजायज माग दीले देशमै केही गरौं भन्ने युवाले सरकार र समाजवाट सुबिधा र सुरक्षा पाउनु पर्नेमा दुख मात्रै पाए । देशमा बस्न बितृष्णा जाग्न थाल्यो । नतिजा एक खल्तिमा पासपोर्ट बोकेर अर्को खल्तिमा पैसा बोकेर विदेश पलायन हुन थाल्यो । झन झन परनिर्भर हुँदै गयौं । हामीलाइ विदेश बाट आएको रेमिट्यान्सले उपभोग बादी बनायो गाँउका खेतहरू बाँझै रहे मकैको ठाँउमा चाउमिनले भोक मेटायौं । २ मिनेटको पैदल दुख लागेर विलासी सवारी रोज्यौं । उनैको विलासी जीवन जिउनेको देखासीखीले अब सबै युवालाइ सान संग जीवन जिउनु छ, सपना ठुला ठुला छन तर सानो काम गर्न मरे जस्तो लग्छ । श्रमको र कामको सम्मान गर्न सिकेनौ । अब अवस्था यो एको छ की बा लाइ खेत जोत्न हलि चाहिएको छ  छोरालाइ काम बिहानै दुवै जना घरबाट निस्कन्छन, बेलुका घरमा फर्कदा न बाले हली पाउछन न छोराले जागीर । हाम्रो यहि बानीले देश झन झन परनिर्भर हुँदैछ र पनि हामी राष्ट्रबाद भन्दै कुर्लदै बस्छौ 
कुल १ सय ८१ देशहरुरुसँग व्यापार हुने गरेकोमा १ सय ४५ देशहरुसँग नेपालको व्यापार घाटा रहेको छ। भारत, चीन, जापान,अर्जेन्टिना, बंगलादेश, ब्राजिल, थाइल्याण्ड, भियतनाम, फ्रान्स, रसिया लगायतका देशहरुसँग उल्लेख्य व्यापार घाटा रहेको छ।  अझैसम्म अशान्ति, अविकसित र पछौटेपनको रुपमा प्रतिविम्बित भएका देशहरु इथियोपिया तथा सोमालियाजस्ता देशहरुसँग समेत नेपालको व्यापार घाटा रहेको छ।  इथोपियासँग ३ करोड रुपैयाँ व्यापार घाटा  रहेको छ। 


त्यस्तै भुटानसँग नेपालको व्यपार घाटा २८ करोड रहेको छ। सबैभन्दा बढी भारतसँग व्यापार असन्तुलन देखिन्छ भने दोस्रोमा चीनसँग । भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ रुपैयाँको सामान विक्री गर्दा ११ रुपैयाँ २ पैसाको खरिद गर्ने गरेको छ। भन्सार विभागले प्रकाशित गरेको ७२।७३ आर्थिक वर्षको ११ महिनाको नेपालको व्यापारको तथ्यांक अनुसार नेपालको आयात निर्यात अनुपात ११.२ देखिएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ८.९ रहेको उक्त आयात निर्यात अनुपात चालु आवमा वृद्धि भएको हो । 


 सरकार परिवर्तन, बन्द, यात निर्यात लगतयतका तथ्यांकहरू


·                            ३० दशकमा २४ पटक सरकार परिवर्तन
·                             बन्दको असर एक दिन नेपाल बन्द हुँदा १.८ अर्ब घाटा लाग्छ ।
·                        जिडिपि मा असर बन्द हुँदा र  बन्द नहुँदा सन २००८।०९मा ३.९ र ४.९ सन ०९।१० मा ४.३ र ६.४ सन १०।११मा ३.९ र ५.१ सन ११।१२मा  ४.५ र ६.२ सन १२।१३ मा  ३.६ र ४.१ प्रतिशत
·                             बार्षिक ९० प्रतिशत स्याउ चिनबाट ९ प्रतिशत भन्दा ज्यादा भारत बाट
·                           बार्षिक ९० प्रतिशत केरा भारत बाट १० प्रतिशत मात्रै नेपालमा
·                             बार्षिक ५० प्रतिशत सुन्तला भारत बाट ५० प्रतिशत नेपालमा
·                             बार्षिक ७० प्रतिशत उखु र कागती भारत बाट ३० प्रतिशत नेपालमा
·                             बार्षिक १ खर्ब भन्दा बढी पशुपंक्षी, खाद्यान्न भारत बाटयत
·                             ३लाख २०हजार २८०जना व ७१।७२मा कामकालागि विदेशीएका नेपाली
·                             कच्चा जडिबुटी निर्यात रू ५४ करोड ३० लाख बराबर ६ महिनामा ।
·                             अलैचि ४ अर्ब २७ करोड, अदुवा ४४ करोड ९०लाख, मुसुरो २ अर्ब ५ करोड
·                             पस्मिना,उन २ अर्ब ८०करोड नेपाली कागज ६ करोड ५१ लाख  फलामे रड १अर्ब १८करोड




यो तथ्यांक फ्याक्ट नेपाल, गुगल र नेपाल सरकारो विभिन्न वेवसाइटबाट लिइएको हो ।


 समाधान के त ?


हामी युवाले देशमा असल नेतृत्व छान्नु पर्छ । हाम्रा हैन राम्रा छान्नु पर्छ । ताकी सचिव स्तरको विदेशी राजदुतले खुट्टा खप्टेर प्रधानमन्त्री र राष्ट्रपतिलाइ हप्काउने र दप्काउने चलन हटोस । हामीले विगतमा चुनेका प्रतिनिधिहरू सही भएनन की ? नत्र यसरी प्रत्यक्ष हस्तक्षेप हुने थिएन । जेहोस नेपाली नेताले बिगार्न खोज्दा खोज्दै पनि हामीले चाह्यौ भने देशलाइ जोगाउन सक्छौ । म भन्दिन विदेशी सामान प्रयोग नगर्नुस । पैसा कमाउनु भएको छ सान संग जिउनुस त्यो तपाइको व्यक्तिगत स्वतन्त्रता हो । देशका लागि मात्रै कसैले काम नगर्नु, पहिले आफू र आफ्नो परिवारको लागि काम गर्नु पर्छ । हरेकले यसरी आफ्नो लागि काम गर्दै गर्दा, दैनिक उपभोग गर्दै गर्दा त्यो काम राष्ट्रिय हितको लागि होस यो कुरामा चाहिँ ध्यान दिनुपर्छ । चाहे उत्पादन होस या उपभोग स्वदेशी बस्तु तथा सेवा नै प्राथमिकतामा परोस । भाषण र भनाइमा मात्रै होइन ब्यबहारमा राष्ट्रबादी बन्नुस । छिमेकि देश भारतले गरेको नाकावन्दी र त्यहि देशको राष्ट्रपति मुखर्जी जी नेपाल भ्रमण आउदा स्वागतमा गरिएको सार्वजनिक विदाको व्यापक विरोध गरेर राष्ट्रवादी वनेका तपाईं हामी नेपालीहरू एक पटक भन्नु होस त ? हामीहरूले दाँत माझ्ने मञ्जन,स्याम्पु, सावुन, चिया, च्यवनप्रास, मह, लत्ताकपडा, जुत्ता, चप्पल जस्ता दैनिक प्रयोग गर्ने सामानहरू कसको प्रयोग गरिरहेका छौ ? फेशबुकको भित्तामा राष्ट्रबादि शब्द लेखेर मात्र हुदैन बोलेर मात्र हुदैन । मित्रहरू शब्द र भाषणले मात्र समृद्ध नेपाल कुनै पनि हालतमा बन्दैन, बन्दै बन्दैन । लेखेर बोलेर मात्र राष्ट्रवादी भइदैन । ब्यबहारमा राष्ट्रवादी हुनु पर्छ। एक पटक सोच्नुस त ३ करोड नेपाली मध्य करिब ढेड करोड नेपाली ले दैनिक १ वा २ पटक बिहान र बेलुका गर्ने ब्रस को मूल्य १ रुपैयाँमात्रै राख्ने हो भने पनि ३ करोड रुपैयाँ भारत वा विदेशका नाममा ब्रस गरेर नै थुक्छौं । हामिले वास्ता नै नगरी थुकेको दैनिक ३ करोड ले बार्षिक ३६५x,००,००,०००= १०,९५,००,००,००० (१० अरब ९५ करोड ) ले कति ठाउँ लोडसेडिङ मुक्त हुन्थ्यो होला ? किसान, व्यापारी,उद्योगी र कर वा अन्य फाईदाका हिसाबले देश समृद्ध हुन्थ्यो कि? यो त दन्तमन्जन को आँकडा मात्रै हो । अरु हिसाब आँफै लगाउनुस ।
हामीमा साच्चिकै राष्ट्रवादी भावना छ भने देखि नेपालमा बनेको नेपाली सामान प्रयोग गर्न सुरू गरौ । याद गरौ मेड इन नेपाल मात्रै नेपाली हैन कोकाकोला, युनिलिभर, टुबोर्ग, डाबर, पतंजली, एनसेल यि नेपालमा बने पनि नेपाली हैनन यिनले नाफा कमाएर विदेश नै लैजान्छन । हामीले त नेपाली कामदार भएका, नेपाली उद्योगीहरूले नै बनाएका सामानहरूको प्रयोगमा जोड दिनु पर्छ । जस्तै ३२ बर्ष पुरानो गोरखा युर्बेदीकका षधी, दैनिक उपभोग्य सामान चिया, मन्जन, साबुन, एलोभेरा जुस, क्रिम, स्याम्फु लगायत बिहान उठेदेखी बेलुका सुत्ने बेला सम्म प्रयोग हुने सामानहरू जुन युरोप सम्म निर्बाध निर्यता गर्ने हैसीयत राख्छ । जुन कुनै पनि भारतिय कम्पनिले त्यो क्षमता राख्दैनन । सिंहदरबार बैधखाना, देउराली जनता, नेपाल फर्मास्युटिकल लगायतले उत्पादन गर्ने युर्बेदीक र मेडिकल षधी गुणस्तरीय छन ति पनि नेपाली नै हुन ।  नेपाली गोल्डस्टार जुत्ता हमीले सम्झने र चिन्ने नाम हो । जुत्तामा शिखर, बाँसबारी, ब्ल्याक हर्ष, फिटराइट लगायत थुप्रै उद्योग हरू छन जसले उत्कृष्ठ जुत्ता तथा चप्पल उपलब्ध गराउँछन ।  हामी युवाले नै स्वदेशी उत्कृष्ठ सामानलाइ प्रयोग र प्रत्साहन नगर्ने हो भने कसरी बन्छ देश समृद्ध ?
जल छ बिद्युत छैन, जडिबुट छन तर बिदेश गएर षधी बनेर बिदेशी लेवल लागे पछि खरिद गर्छौ तर नेपाली लेवल देख्ने बित्तीकै नाक खुम्चाउँछौ । अब देश समृद्ध बनाउनका लागि हामी दैनिक जीवन यापनमा केही सकारात्मक फेरबदल ल्याउनै पर्छ । नेपाली सामानलाइ विश्वास र माया गर्नै पर्छ । जलबिद्युत निर्माण, उद्योग स्थापना भन्दा पनि नेपाली सामानको उपभोगले यही देशमै बसेर बास्तबिक राष्ट्रबादी भएर देशलाइ समृद्ध बनाउन लागेका युवाहरूलाइ हामीले साथ नदिए कसले दिन्छ ? ग्याँसको सट्टामा बिद्युत बिकल्प बन्न सक्छ जलबिद्युत निर्माणमा जोड दिउँ । भारत र चिनमा प्रति व्यक्ति १००० युनिट भन्दा बढी बिद्युत खर्च हुन्छ तर हामी कहाँ अझै त्यो बेला छैन । भएका जलबिद्युत सबै निर्माण भयो भने भोली बिद्युत खेर जानेछ त्यसको सदुपयोग गर्न हाम्रो बानि परिबर्तन गर्दै जानु पर्छ । बिद्युतिय सवारीहरू, ग्याँसको सट्टामा इन्डक्सन चुलो थप उद्योग स्थापना लगायतका काम भएमा देशको उर्जा देशमै खंपत गर्न सक्छौ । बिडम्बना गाँउका खेत बाँझो राखेर कृषि प्रधान देशका हामी बार्षिक अर्बौं रूपैंयाको तरकारी भारत, चिन, अमेरीका, ब्राजील, रसिया लगायत बाट ल्याँउछौं । जलश्रोत उपयोग गर्न नसकेर अर्बौको तेल, बिद्युत र ग्याँस भारत बाट ल्याँउछौ । स्वदेशी कपडा प्रयोग नगरेर बंगलादेश, चिन, कोरीया , भारत, थाइल्याण्ड जस्ता देशबाट ल्याँउछौं ।  यस बारेमा अब सोच्न किन ढिला गर्ने ? २०० बर्ष अघि पृथ्वीनारायणले नेपाल बनाए हामी मरूभुमीको तातो बालुवा लाइ हरीयाली बनाउँदै फ्नै प्राकृतिक ठाँउलाइ छोडेर मलेसीया,कुवेत, साउदी, कतार र दुबाइ लाइ समृद्ध र प्रर्यटकीय देश बनाउँदै छ । अब पनि हामीले प्रयोग र उपभोग गर्ने बानी नसुधारे र स्वदेशी नै सामान प्रयोग नगरे उत्पादक र व्यवसायिको प्रोत्साहन कसरी हुन्छ ? कसरी थप गुणस्तरीय सामान उँछ ? अनि कसरी देश समृद्ध हुन्छ ? हामी सुध्रनु जरूरी छ त्यसपछी हरेक नेपाली युवाको खल्तिमा राहदानी र खाडिको भिषा हुनेछैन विदेशी कामदारको माग गरिएको पत्र हुनेछ । विदेशी कामदारलाइ के काम गराउने भन्ने योजना हुनेछ । नेपालको जल, जमिन, जडिबुटी र पर्यटनको सदुपयोगको सपना हुनेछ ।   


अब ढिला नगरौं सच्चा राष्ट्रवादी बन्ने बेला भै सक्यो म त उपलब्ध भए सम्म नेपाली नै प्रयोग गरीरहेको छु अब पालो तपाईंहरुको । जय नेपाल ! जय स्वाभिमान । 



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें