गुरुवार, 1 दिसंबर 2011

घान्द्रुक



ढुङ्गाले छाएर चिटिक्क पारिएको चारपाखे घरको आँगनमा बसेर धवलागीरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई हेर्ने धोको बोकेर कास्कीको पर्यटकीय स्थल घान्द्रुक पुग्ने पर्यटकका लागी अब बदलिएको युरोपियन शैलिमा बनेका घरमा बसेर धोको पुरा गर्नु पर्ने बाध्यता आएको छ ।
     बिगत केहि बर्ष यस गुरुङ्ग गाँउमा सिमीत ब्यक्तिको स्वार्थका कारण आधुनिक कंक्रीटका युरोपियन शैलिका घर बनाउने होडबाजी चलेको छ ।
    बिदेशी पाहुना आएर बसेपछी भनेजति पैसा लिन त उनीहरु पाउछन तर मकै गहुँको परिकार बनाएर गुन्द्रुकको चटनी संग पर्यटकलाई खुवाउदाको पुरानो अनुभुती चाँही भुलेका छन् अहिले घान्द्रुक बासीले ।

    गाँउमा आउने पर्यटकलाई गाँउकै वास्तविक संस्कृति, रितिरिवाज र चालचलन देखाउनु पर्छ भन्दा भन्दै पनि घान्द्रुकमा सिमेन्ट, बालुवा र मार्वल लगाएर घर बनाउने कामले तिब्रता पाए पछी विदेशी मात्र होईन नेपाली पर्यटकलाई पनि पोखरा र काठमाण्डौ गए भन्दा फरक अनुभुती हुन छाडेको छ ।
    विश्वको कुना काप्चाबाट ग्रामीण पर्यटनको नमुना भनेर ख्याति कमाएको घान्द्रुक आउदा यहाको गुरुङ्ग संस्कृति र रितीरिवाजको सट्टा आधुनिक घर र जीवन शैलिले गर्दा यहाँको पर्यटन ब्यवसायले नराम्रो धक्का खाने कुरा प्रति अहिले सर्बत्र चासो बढ्न थालेको छ ।
    एकातिर देशमाबिगतको शसस्त्र व्दन्द र अर्को तिर नेपाली संस्कृती माथीकै मानविय प्रहारले अन्य पर्यटकिय स्थल जस्तै घान्द्रुकलाई पनि प्रभावित बनाएको छ । रातभर रोधी चल्ने घान्द्रुकमा अहिले नेपाली र बिदेशी पप संगीत गुञ्जीन थालेको छ भने लोकलको सट्टा विदेशी ब्राण्डका रक्सीहरु बेकाएर लान थालिएको छ ।
    यस क्षेत्रको संरक्षण र बिकासको जिम्मा लिएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले पनि यहाँ सिमेन्ट र वालुवा प्रयोग गरी भवन निमार्ण गरेपनि तिनका बाहिरी बनावट पुरानै शैलिमा हुनुपर्ने नियम समेत बनाएको थियो  तर अथाह पैसाको अगाडी त्यो नियम पनि फिका भैदियो कार्यान्वयन हुन सकेन ।
नेपालमा आउने कुल पर्यटक मध्य ६० प्रतिशतले पोखरा भ्रमण गर्छन भने त्यसको २५ प्रतिशत घान्द्रुक पुगेरै फर्कन्छन् । माछापुच्छ्रे र अन्नपुर्ण आधार सिविर सम्मको लक्ष्य लिएर हिडेका पर्यटहरु वास वस्ने गर्दछन् ।
पश्चिम नेपालको पोखरा शहर देखि ८ घण्टाको पैदलयात्रा पछि पुगिने घान्द्रुक मा २०२४-२५ सालदेखीनै विदेशी पर्यटकहरु पुग्ने गरको भए पनि पर्यटकहरुले अतिथी सत्कार भने २०३५ सालमा मात्रै पाउने गरेको घान्द्रुक वासीहरु बताउछन् । मकै, गहुँ र कोदोको घरेलु परिकार खुवाएर बोरामा पराल कोचेर  बनाईको गद्दमा त्यती बेला पर्यटकको स्वागत गरिन्थ्यो भने अहिले युरोपयिन शैलिमा गर्न थालिएको छ । तर यस खतरालाई टार्न यहाँको आमा समुह भने लागी परेको छ । यहाँको आमा समुहले पुरानै संस्कृतिमा फर्काउने घान्द्रुकमा सबैको चासो बढ्दै गएमा मात्र यस कामले सार्थकता पाउने छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें