अनिदो रातहरू
सर्बत्र अध्यारो छाउदै छ, पाइलाहरू घर तिर लम्कीदै छन । म सरासर घर भित्र पस्छु । कता कता डर लागी रहन्छ एक मन सोच्छु आज त यो भर्.याङ म मरे पनि चढदीन, फेरी घर बाहीर निस्कन्छु । घर नपसी भएको छैन । बार्दलीमा बुवा दिदीहरू गफ गर्दै छन । सबै हासीमजाक गरीरहेका छन त्यो रमाइलो ध्वनीले मलाइ फेरी माथी जान मन लाग्छ तर अँह त्यो भर्याङ पार गर्ने आँट म मा छैन, म बाहीर बाट नै काइयो को रूख चढेर बार्दलिमा पुग्छु । सबै आफ्नै सुरमा छन, कोही हाँस्दै छन् कोही खानाको तयारीमा छन आज खाना बार्दलीमै खाने तयारीमा छन । कसैले मलाइ दुध भात थमाइ दिए अनि कता कती मासु तर अँह त्यसको स्वाद छैन, कता कता अमिलो लाग्छ। म मुख बिगार्छु "अरू केही छैन" ? दिदी प्रश्न सुनेर हास्दै भन्नु हुन्छ "दही छ खान्छस" ? म स्विकृतीमा मुन्टो हल्लाउछु । छिन भरमै दही थपिन्छ अघिको खाना छोडेर दही खान थाल्छु । कता कता पानी प्यास लाग्छ । पानी लिन भित्र जान्छु । आमाको मुहारमा छरीएको हाँसो किन किन अनौठो लाग्छ । त्यो कुटिल हाँसो मैले पहीले पनि देखेको थिँए..... तर कहाँ ? म छक्क पर्छु सबै बार्दलिमा छन तर आमा किन भर्याङ बाट ? कतै ............. म सोच्न पनि भ्याउदिन छिन भरमै आमाको रूप विरूप हुन थाल्छ........... म अनयास आमालाइ लाती मुङ्ग्री चलाउछु