Story लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Story लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 30 मार्च 2012

अनिदो रातहरू

                                                                  अनिदो रातहरू

सर्बत्र अध्यारो छाउदै छ, पाइलाहरू घर तिर लम्कीदै छन । म  सरासर घर भित्र पस्छु । कता कता डर लागी रहन्छ एक मन सोच्छु आज त यो भर्.याङ म मरे पनि चढदीन, फेरी घर बाहीर निस्कन्छु ।  घर नपसी भएको छैन । बार्दलीमा बुवा दिदीहरू गफ गर्दै छन । सबै हासीमजाक गरीरहेका छन त्यो रमाइलो ध्वनीले मलाइ फेरी माथी जान मन लाग्छ तर अँह त्यो भर्याङ पार गर्ने आँट म मा छैन, म बाहीर बाट नै काइयो को रूख चढेर बार्दलिमा पुग्छु । सबै आफ्नै सुरमा छन, कोही हाँस्दै छन्  कोही खानाको तयारीमा छन आज खाना बार्दलीमै खाने तयारीमा छन । कसैले मलाइ दुध भात थमाइ दिए अनि कता कती मासु तर अँह त्यसको स्वाद छैन, कता कता अमिलो लाग्छ। म मुख बिगार्छु "अरू केही छैन" ? दिदी प्रश्न सुनेर हास्दै  भन्नु हुन्छ "दही छ खान्छस" ?  म स्विकृतीमा मुन्टो हल्लाउछु । छिन भरमै दही थपिन्छ अघिको खाना छोडेर दही खान थाल्छु । कता कता पानी प्यास लाग्छ । पानी लिन भित्र जान्छु । आमाको मुहारमा छरीएको हाँसो किन किन अनौठो लाग्छ । त्यो कुटिल हाँसो मैले पहीले पनि देखेको थिँए..... तर कहाँ ?  म छक्क पर्छु सबै बार्दलिमा छन तर आमा किन भर्याङ बाट ? कतै ............. म सोच्न पनि भ्याउदिन छिन भरमै आमाको रूप विरूप हुन थाल्छ........... म अनयास आमालाइ लाती मुङ्ग्री चलाउछु

बुधवार, 29 फ़रवरी 2012

लघु कथा बाघ र स्याल


बाघ र स्याल

एउटा स्याल, जंगलको राजा बाघको अधिनस्थ भै उसको नोकरको रूपमा काम गर्नका लागी सहमत भयो । केही समय सम्म दुवै जना - फ्नो स्वभाव र सामर्थ्य अनुसार काम गर्दै गए । स्यालले शिकार कता छ खबर ल्याउथ्यो बाघ क्रमण गरी शिकार मार्थ्यो । दुबै जना मेहनत र सामर्थ्य अनुसार शिकार खान्थे । समय बित्दै गयो बिस्तारै स्याललाइ इर्ष्या हुन थाल्यो की बाघले उसले भन्दा बढी शिकार खान्थ्यो उसको भागमा त पुरा (बाघले खाएर बाँकी रहेको) मात्र पर्थ्यो । उसले आँफु बाघ संग बसेको धेरै भयो बाघको शिकार गर्ने तरीका पनि देखेको छु अब त म बाघ भन्दा के कम छु ?

रविवार, 26 फ़रवरी 2012

चेत खुलाउने उपाय






चेत खुलाउने उपाय

एक पटक एक बृद्धले एउटा युवकलाइ भने - लौन बाबु, यो इनारबाट पानी झिकिदेउ । उक्त युवकले माटोको घैंटो इनारमा खसालेर डोरीले तान्न मात्र के लागेको थियो, बृद्धले उसको टाउकोमा प्याट्ट हानेर भने, "याद गर ! पानी तान्दा फेरी घैंटो फुट्ला नी ।" त्यही समय त्यहाको बाटो हुँदै हिड्ने पैदल यात्रुले यो घट्ना देखेर बृद्धलाइ भने –" जब त्यो युवकको गल्ती नै थिएन तर पनि तपाइले उसलाइ किन हिर्काउनु भयो ?" बृद्धले मुस्काउदै भने

गुरुवार, 23 फ़रवरी 2012

दुइ निती कथा

मैले यसै रूपमा यसलाइ पढेको हुनाले जस्ताको तस्तै प्रस्तुत गरेको छु । यी निति कथा भएको हुँदा यसको लेखकका बारेमा जानकारी छैन । तर यसको सार बुझ्ने जिम्मा तपाइ हरूकै.......


 पख् न भोली, मैले जान्या छु ।



(एक जना सूफी सन्त को बारेमा एउटा कथा छ । जो गौतम बुद्ध संग पनि मेल खान्छ)
एक जना सूफी सन्तलाइ एक व्यक्तिले खुब अपशब्द भन्दै गाली गरी उनको अपमान गर्यो । सन्तले उक्त व्यक्तिलाइ बिनम्रता पुर्वक भने ठिकै छ म तिमीलाइ यसको जवाफ भोली दिन्छु । भोली पल्ट सन्त त्यो व्यक्ति सँग गएर भने अब पनि तपाइलाइ जवाफ दिनु पर्छ र ? त्यो व्यक्तिलाइ आश्चर्यमा पर्यो र उसले भन्योः- गुरूवर, जुन तरीकाले मैले तपाइलाइ अपशब्द भने, जसरी तपाइको अपमान गरे, ततपश्चात जस्तो सुकै शान्ति प्रिय व्यक्ति पनि उत्तेजित हुन्छ र गाली गर्न थाल्छ । तर, तपाइ त साँच्चै महान हुनुहुन्छ । सन्तले भनेः-

बुधवार, 18 जनवरी 2012

उधारो आदर्श (लघुकथा)

सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।

"...म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ..." पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो "...राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको"

"मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्..." दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो "... राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु "

"मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन..." तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो "...मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको"

उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।

शनिवार, 3 दिसंबर 2011

पहिलो प्रेम

           

अतिथी कलमका रूपमा मेरो नजिकैका छिमेकी, गुरू तथा अभिभावक उहाँका छत्र छायाँमा धेरै कुरा सिक्न पाए जसको कारण म आँफुलाइ जिवनमा अगाडी बढाउन उर्जा प्राप्त गरीरहेको छु ।  यो गिती कथाका रूपमा रेडियो अन्नपुर्ण मार्फत प्रसारण भै सके पनि म सँग भएको सफ्ट कपी लाइ यहाँ नउतारी रहन सकीन ।

पहिलो प्रेम

बाबुराम थापा
लेखनाथ -८, शिशुवा

हिमाल संग जोडिएको जस्तो देखिने हरियाली पाहाडमा मेरो गाँउ पर्दछ । हाम्रो गाँउ बेशिबाट झलक्क हेर्दा भिरालो भु–दृष्यको अन्दाज लगाईएपनि वास्तबिकता त्यस्तो नभई ठुल ठुला फराकिला बारीका गह्रा अनि केही भिराला दग्रा र होचा कान्लाहरुले मिलेर चिटिक्क परेको छ याहाको भौगोलिक आधार, सौन्दर्यले पूर्ण दुर्गम मेरो गाँउ पुग्न कठिन यात्रा लागेपनि गाँउ पुगी सकेपछि भने मनमा यहाँको सौन्दर्यले स्वर्गिय आन्नदको अनुभुती हुने गर्दछ । अपार प्राकृतिक सम्पदाले भरिपूर्ण यो ठाँउ तर बिडम्बना यी संम्पदाका बारेमा नजान्दा दुखी छन् यहाँका मानिसहरु, रुढिबादी एवं अन्धबिश्वास परम्पराले बाँधिएको हाम्रो समाजमा आफ्नै खालको संस्कृती बिद्यमान छ । यद्यपि केही शिक्षित मानिसहरु यी संस्कारका बिरुद्धमा देखा परेपनि अधिकांश निर्दोष मानिस यी चालचलन र रितीरिवाजलाई जीवन्त तुल्याउन प्रयत्नरत देखिन्छन् । अर्को तर्फ हाम्रो संस्कार संग जोडिएको एउटा पाटो छ । मै हुँ भन्ने

गुरुवार, 1 दिसंबर 2011

जनता र नेता

“यी नेताहरू सबै फटाहा हुन...” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।
“हो त नि... कसैले केही गर्ने हैनन् ...सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।
“एउटा- दुईटा मात्रै हैनन् ... के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।
“के गर्नु... कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।