तलका प्रश्नका उत्तर दिनुस नेपाल आफै बन्छ ।
गालि गर्न कति राम्रो आउछ हामिलाइ, अझ विदेश बसेकाहरू को कुरै नगरौ एयरपोर्ट छिरे देखी नाक खुम्चाउँदै गालि गर्न
तम्सन्छौं । नेता गतिला भएनन त्यसैले नेपाल नबनेको हो, म चाँही गतिलै छु नेपालको सिस्टम गतिलो नभएर हो सबैले दिने
जवाफ यही हो । तपाइ हरेक ठाँउमा
ठगिने उपभोक्ता भएर विचार गर्नुस । किनकी सबैले भन्छन उपभोक्ता ठगे तर तपाइ
उत्पादक पनि हुनुहुन्छ । जस्तै ड्राइभर सेवा उत्पादक भयो तर होटलमा खाना खान, डिजल
किन्न, गाडी बनाउन चाँही उ उपभोक्ता नै हुन्छ त्यस्तै सबै ठाँउमा लागु हुन्छ । उपभोक्ताको
रूपमै सोचेर मलाइ (हरेक मलाइ) प्रश्न
गरिएको छ यहाँ, सहि उत्तर दिनुस नेपाल
बन्न करै लाग्छ ।
स्वमुल्यांकन तथा म कस्तो छु परिक्षा
बिषयः नेपाल समृद्ध बन्नु पर्छ समयः १ महिना
सबै प्रश्न अनिवार्य छन ।
प्रश्न नं. १ के म सार्बजनिक बस घर अगाडी वा जहाँबाट पायो त्यहीबाट
हात उठाएर रोक्छु ?
प्रश्न नं. २ के म
खानेकुरा खाएर चाउचाउ, विस्कुट, फलफुलको बोक्रा, पानीको वोतल सडकमा फाल्छु ? आफुले यात्राको दौरान वा कहीँ पनि उत्पादन
गर्ने फोहर झोलामा राखेर डस्टविनमा राख्न सक्छु ?
प्रश्न नं. ३ के म
किनमेल गर्न जाँदा घरैबाट झोला बोकेर जान सक्छु ? प्लास्टिकले वातावरणमा पार्ने
असर मलाइ थाहा छ ?
प्रश्न नं. ४ के सार्बजनिक
वसको सिट क्षमता र भाडादर मलाइ थाहा छ ? के क्षमता भन्दा बढी चढ्नु हुँदैन भन्ने
थाहा नपाए जस्तो त गरेको छैन?
प्रश्न नं. ५ के म
विना टिकट २।४ रूपैया छुट पाउने बाहनामा दुर्घटनामा परी हालियो भने घर परिवारले
थाहा नपाउने गरी, विमा नपाउने गरी जोखीम लिएर सार्वजनिक यातायात चढेको त छैन ?
प्रश्न नं. ६ के म
बाटो काट्न जेब्रा क्रसीङ, आकाशेपुल, सब वे उपयोग गरेको छु त ?
प्रश्न नं. ७ के
मैले लाइन नबस्न चिनेको मान्छेलाइ टिकट लिइदेउ, वा दलाललाइ पैसा लिइदेउ मलाइ चाँडै
गरीदेउ भनेको त छैन ?
प्रश्न नं. ८ के मेरो
कर्जा कम पास हुने भो भनेर धितो मुल्यांकन बढाउन हाकीमलाइ चिया खुवाएको छैन ?
प्रश्न नं. ९ के
मैले सामान खरीद गरेर पैसा नभएको चेक दिएको त छैन ? सामान लगेर व्यापारीलाइ वास्ता
नगरी विर्सेको त छैन ?
प्रश्न नं. १० के
मैले समानको भ्याट विल नलिएको त छैन ? पसलेले थप मुल्य लाग्छ भन्दा पत्याएर विल नै
नलिइ हिडेको पो छु की ?
प्रश्न नं. ११ के मैले
कर कम तिर्न अडीटरलाइ पैसा दिएर सेटिङ मिलाएको त छैन?
प्रश्न नं. १२ के मैले सुरक्षाको लागि
भन्दा नि ट्राफिकबाट जरीवाना जोगाउने हिसाबले हेलमेट लगाएको त छैन ?
प्रश्न नं. १३ के मैले गाडी चलाउँदै गर्दा ट्राफिकले चिट काट्छ भनेर ट्राफिक
देख्ने वित्तिकै सिटवेल्ट बानेको त छैन ?
प्रश्न नं. १४ के मेरो घर अगाडी बाटोमा परेको खाडल नपुरी सरकारलाइ गालि गर्दै
हिडेको त छैन ?
प्रश्न नं. १५ के मैले बाटोमा ब्यापार गरेर बटुवालाइ अबरोध त पुराएको छैन ?
प्रश्न नं. १६ के मैले बिच बाटोमा गाडी पार्कीङ गर्ने गरेको त गरेको छैन ?
प्रश्न नं. १७ के मैले पसलको सामान पसल भन्दा बाहीर फुटपाथ सम्म प्रदर्शन गरेर
अरूलाइ असुबिधा पुराएको त छैन ?
प्रश्न नं. १८ के मैले घर निर्माण सामाग्री बाटोमा थुपारेर यातायात अबरोध
गरेको त छैन ?
प्रश्न नं. १९ के मैले पान गुटखा खाँदै बाटोमा थुक्दै, रक्सी, चुरोट सार्बजिनक
ठाँउमा खाएर अरूलाइ नोक्सान पुराएको त छैन ?
प्रश्न नं. २० के पढेर देशमा केही गर्ने भन्दा नी मैले छोरा छोरीलाइ अमेरीकाको
सपना देखाएको त छैन ? पछी त्यही छोराले छोडेर गयो भनेर रोएको त छैन ?
प्रश्न नं. २१ के मैले सरकारी स्कुलमा पढाए पनि छोरा छोरी बोर्डिङमा हालेको त
छैन ?
प्रश्न नं. २२ के म सानो विमार हुँदा पनि विदेशी डाक्टरको मा धाएको त छैन ?
प्रश्न नं. २३ के मैले सरकारले सित्तिमा दिएको औषधी मेडीकलबाट लेवल नहेरी खरीद गरेको त छैन ?
प्रश्न नं. २४ के विकासको काम भैरहेको बेला त्यसको बजेट, गुणस्तरको बारेमा
मैले सोधेको छु त? कि काम समाप्ती पछी गाली मात्र गरेको छु ?
प्रश्न नं. २५ के मैले कम्पनी, संस्थान घाटामा गएपनि समान चोरेर, कमिशनमा
सामान मिलाइदिएर, लुगाधुने, नुहाउने बजेट लिएको त छैन ?
प्रश्न नं. २६ के मैले कम्पनीबाट अरूले लिने भन्दा बढी सुबिधा (बिजुली,
टेलिफोन, तेल,औषधी) सित्तिमा लिएको त छैन ?
प्रश्नहरू अनगिन्ती छन एक पटक आफैले आफैलाइ प्रश्न गरी
चित्तबुझ्दो जवाफ दिनुस त । अझ विदेश चाहे खाडी होस चाँहे युरोप, अमेरीका नेपाल
पस्ने वित्तिकै गालि गरेकै हुन्छौ। तर नेपालमा रहँदा हामीले उता दोहर्याएका काम, सजिलै झर्को नमानी गर्ने काम
यहाँ बल मिचाइले गरेका त छैनौ ? म स्वयं नसुध्रीकन सिस्टम सुध्रिएन भनेर मात्र हुन्छ ? म चाँही हरेक कुरा
छिटो, बलमिचाइ, घुस, विचरा भनेर गर्न सक्छु भने अरू किन नपाउनु ? किन अरू सुध्रनु पर्ने
? तर हामी भन्छौ अरू सुध्रेनन, सिस्टम सुध्रेन । प्रण गर्छु यस्ता १००० प्रश्न होलान तिनमा
कम्तिमा १०० प्रश्नमा म सुध्रनु पर्छ अनी त देश कसरी सुध्रदैन म पनि हेर्छु । प्रशाशनलाइ,
सम्बन्धित निकायलाइ प्रश्न गर्ने बानि सिक्नु छ, विकासका बारेमा जवाफ माग्छु नकी
गालि, न की हडताल गर्छु ।
म त सुध्रन्छु चाहे विस्तारै नै किन नहोस तपाइ नी?
धेरै राम्रो लेख। हार्दिक धन्यवाद विशाल गौतम लाई !
जवाब देंहटाएंशेयर तथा टिप्पणीका लागि हार्दिक आभार उज्वल दाइ
जवाब देंहटाएं