शनिवार, 31 जनवरी 2015

बाबुराम जी लाइ खुला प्रश्न ।

प्रिय बाबुराम जी, 
नमस्कार 


 डा. लेख्न मन लागेन सबैलाइ अब पढेलेखेका संग पनि बितृष्णा हुन थाल्छ की लाग्न थाल्यो त्यसैले । भनिन्छ सुतेको लाइ उठाउन सकिन्छ सुतेको नाटक गर्नेलाइ मरी गए उठाउन सकिदैन । अशिक्षितलाइ बुझाउन सकिन्छ तर शिक्षित भएर फ्नो अनुकुल बाहेक सबै कुरा बुझ पचाउने लाइ बुझाउन सकिदैन । तर पनि यो प्रयत्न गर्दै छु । धेरै कुरा लेखीन फेरी हामी जस्ता भिजिलान्ते र सुकिला मुकिला पौने ३ करोडले तपाइ जस्तो सर्बहारालाइ के नै पो बुझाउन सकिन्छ र? त्यसैले तपाइले नै लेखेका, तपाइकै पार्टीले गरेको प्रतिबद्धता र बनाएका दस्ताबेज अनि क्रियाकलापलाइ नै धार बनाएर केही प्रश्नको उत्तर खोजेको छु । म एक विवेशील नेपाली बन्दै गरेको आम नागरीक हुँ यि प्रश्नहरू सायद सबै नेपलाीको हो झर्को नमानी उत्तर दिनु होला ?



प्रश्न नं. १ ) सायद यो तपाइको महान गौरवशाली पार्टीको चुनावी घोषणा पत्र हो । तपाइहरूले विगतमा जे गर्नु भो सहमती सहमती भनेर अन्तीम समय कुर्नु भो सायद त्यसरी नै अहीले ठुला भनिने दलले कुरीरहेका थिए । सायद तपाइहरूको गल्ती बाट नै सिक्नु भो होला । अब ति ठुला २ दलले गल्ती गरेकै रैछन अन्तिम समय सम्म सहमती सहमती भनेर की हैन ?

चौथो कुरा, दुइ वर्ष भित्रै संविधानसभाका विषयगत समितिहरुले कतिपय विवादित विषयहरु सहितको प्रारम्मिक मस्यौदा वुझाइसकेको थियो । त्यो स्थितिमा वेलैमा सहमति हुन नसकेका विषयहरुमा संविधानसभाको प्रक्रिया अनुसार मतदानद्धारा टुँगो लगाउँदै संविधान निर्माणको कार्य अघि बढाउनु पर्दथ्यो । तर बडो आर्दशवादी तरिकाले अन्तिम घडीसम्म सहमति को एकल मार्गमा लागिरहनु परिवर्तनकामी शक्तिहरुको पनि भयंकर गल्ती र कमजोरी रहन गयो ।  परिवर्तनकारी खेमाको नेतृत्व गर्ने सबभन्दा ठूलो दलको नाताले हाम्रो पार्टी सो कमजोरीका लागि गम्भीर आत्मालोचना गर्दछ र आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन दृढ प्रतिज्ञा गर्दछ । ( ए नेकपा माओबादी दोश्रो संबिधान सभा चुनाबको घोषणा पत्र  पेज नं. ५ अन्तिम हरफ)

त्यस अतिरिक्त संविधान तत्काल देशमा विद्यमान वर्गीय राजनीतिक शक्तिसन्तुलनको दर्पण पनि हो
। पहिलो संविधानसभामा पुरानो यथास्थितिवादी शक्ति र नयाँ परिवर्तनकारी शक्ति बीचको द्वन्द दुबै पक्षको न हार न जीतको अवस्थामा रहेकाले कतिपय विषयमा सहमति र सम्झौता भए पनि अन्ततः संघीयता लगायतका बाँकी रहेका मुद्दामा छिनोफानो हुन नसकेर संविधानसभाकै अवसान हुन पुगेको थियो । (ए नेकपा माओबादी दोश्रो संबिधान सभा चुनाबको घोषणा पत्र  पेज ७ पहिलो हरफ)
त्यसैले, सर्वप्रथम, हामी पहिलो संविधानसभाभित्र संविधानबारे भएका सबै सहमति र सम्झौताहरुको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै संविधान निर्माण प्रक्रिया जहाँ पुगेको थियो त्यहीँबाट अघि बढ्ने र नयाँ संविधान छोटो भन्दा छोटो समयमा निर्माण गरेर जारी गर्ने दृढता प्रकट गर्दछौं । ( ए नेकपा माओबादी दोश्रो संबिधान सभा चुनाबको घोषणा पत्र पेज ७ दोश्रो हरफ)

प्रश्न नं. २ के विवेकशील नेपालीेका सदस्यहरू नेपाली नागरीक भित्र पर्दैनन? के बन्दको विरूद्ध लाग्ने र विवेकशील नेपाली लाइ सो मुद्दामा साथ दिने नागरीकहरू अन्य कुनै ग्रहबाट एका एलिएनहरू हुन । अनि यो भिजिलान्तेको पगरी कीन ? कुनै पेशा वा व्यवशाय गर्ने स्वतन्त्रता बन्दले हनन गर्छ की गर्दैन ? साथै शान्तिपुर्ण भेला हुने अधिकार हामीलाइ छैन 

 https://www.youtube.com/watch?v=7rYFf99iMf8 यो लिंकको भिडियोमा तपाइका कार्यकर्ताले तपाइकै भनाइहरूलाइ थाङ्ग्नामा सुताएका हैनन र ? कि बन्द पनि स्वतन्त्रता पुर्वक गर्ने पेशा हो भनेर कार्यकर्तालाइ प्रशिक्षित गराउनु भएको त हैन नी ?

प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने स्वतन्त्रता, राजनीतिक दल वा संघसंस्था खोल्ने स्वतन्त्रता, कुनै पेशा वा व्यवशाय गर्ने स्वतन्त्रता, कतै  आवातजावत वा बसोबास गर्ने स्वतन्त्रता आदिको पूर्ण ग्यारेन्टी गरिनेछ ।  (ए नेकपा माओबादी दोश्रो संबिधान सभा चुनाबको घोषणा पत्र पेज ८ बुँदा  नं.२ का तेश्रो बुँदा )

प्रश्न नं. ३) के तपाइलाइ गणीत उछ ? किन ६०१ नै सभासद चाहीएको ६०० वा जोर संख्यामा नै किन नराखीएको होला ? वा सहमती नै गर्ने हो भने देखी किन यो व्यवस्था राखीयो ? बिजोर राख्नुको तात्पर्य बहुमतमा मत बराबर भए मतदानले नै छिनो फानो होस भनेर हैन ?

प्रश्न नं. ४) के तपाइले फ्नै चुनावी घोषणा पत्र हेर्नु भएको छ ? यो तल के लेखेको हो मैले बुझ्न सकीन । फ्नो पक्षमा भए प्रक्रिया ठिक नभए बेठीक ! त्यस्तो हो र ?

एकीकृत माओवादीलाई नै भोट किन? आदरणिय दिदीबहिनी तथा दाजुभाइहरु,
फेरि एक पटक तपाईहरुले फैसला गर्ने बेला आएको छ । दोश्रो संविधानसभा निर्वाचनमा कसलाई भोट हाल्ने?
हो, हामीले पहिलो संविधानसभाबाट संविधान बनाउन सकेनौं । हामी हाम्रा कमी कमजोरीका लागि तपाईहरुबाट क्षमा चाहन्छौं । भनिन्छगल्ती गर्नु अपराध होइन, गल्तीबाट नसिक्नु अपराध हो । हामीले हाम्रा गल्तीहरुबाट सिकेका छौं ।
हामी अहिले नै तपाईहरु समक्ष प्रतिज्ञा गर्दछौंनयाँ संविधानसभा गठन भएको ६ महिना भित्र हामी संविधानका बाँकी रहेका मुद्दाहरुमा राष्ट्रिय सहमति कायम गर्ने कोशिश गर्नेछौं । सहमति कायम हुन सकेन भने हामी संविधानसभाको प्रक्रियामा लगेर लोकतान्त्रिक तरिकाले मुद्दाहरुको टुंगो लगाउने छौं र एक वर्षभित्र हामी तपाईलाई नयाँ संविधान दिनेछौं । यो हाम्रो भिष्म प्रतिज्ञा हो ।    (ए नेकपा माओबादी दोश्रो संबिधान सभा चुनाबको घोषणा पत्र पेज नं. ४९ पहिलो पंक्ती देखी )




प्रश्न. नं. ५) के यही हो तपाइको बिद्वता ? के यहीको तपाइको जवाफदेहीता ? के यही हो तपाइको दलको विवेक? के आँफैले भनेको देखाएको बाटो आँफै नहिड्ने दोष अरूलाइ थोपर्नु हो बिद्याबारीधीको अर्थ । यसैको लागी डा. उपाधी पाउनु भएको हो ? 

प्रश्न नं. ६) के नेपालमै होइन मन्त्री करीमा वेगमले जनसेवक सिडियो लाइ पुरानो गाडी दिएको भनेर गालामा थप्पड हानेको ? एउटा मन्त्री परिषदमा त गाडी दिन नसकेर यस्ता लाजजाग्दा घटना सुन्नु र हेर्नु पर्छ भने भोली ५ वा १५ राज्य हुँदा हरेक मन्त्रीले के सुबिधा पाउलान, अनी त्यो सुबिधा देशको अर्थतन्त्रले धान्छ? के देशलाइ धारासायी बनाउन यो प्रपन्च गर्नु भएको त हैन ? यदी होइन भने देशले धान्न सक्ने व्यवस्था तपाइहरूले मागेको राज्य संख्या समेत अार्थिक खाका अबको ५ दिनमा सार्बजनिक गर्नु होला । तपाइलाइ त सजिलो छ अर्थ मन्त्री जो हुनु भएको थियो । 

प्रश्न नं. ७) के कम्युनिष्ट भनेको वर्ग संघर्ष गर्ने हो या जातिय ? तपाइ हरू जातिय गुट हो ? अनी सरकार कसरी जातिय रूपमा सापेक्ष अनि धार्मिक रूपमा निरपेक्ष हुन पाँउछ ? सबै समान हो भने ? जाती पनि त समान हुनु पर्यो ? हैन र? अनी सय भन्दा ज्यादा जातीले राज्य मागे के गर्ने ? मुस्कीलले १५ देखी २० प्रतिशत हुने जाती लाइ चाँही जातिय नाँउकै राज्य अनी ८० प्रतिशत भन्दा ज्यादा हिन्दु भएको देशलाइ चाँही हिन्दु राज्य भन्न नहुने ? हिसाब कतै बाट मिल्छ ? कतैबाट समानताको गन्ध आँउछ? 

अन्तमा कुश कुमार जोशीले भने जस्तै संबिधानले मात्र विकास रोकेको होइन "संविधान नआएकै कारण पनि जोखिम हुनेछैन । तर संविधान आउने र नआउनेका बीचमा हुने राजनीतिक दलले सिर्जना गरेको संक्रमणले उब्जाएको मात्र जोखिम छ । यो संक्रमणभित्र बन्दहड्तालचन्दा आतंक र जवाफदेहिता पर्छ । संविधान बनेर वा नबनेर केही फरक पर्नेवाला छैन । तर संविधान नबनेर जुन संक्रमण बढिरहेको छ अर्थात यो बीचमा राजनीतिक दलहरुबीच जुन दुरी बढिरहेको छ त्यसले लगानीको वातावरण विगारिरहेको छ ।"  

कृपया अब यो वा त्यो कारणमा संबिधान नबनाएर देशको विकासलाइ पछाडी धकेल्न पाउनु हुन्न । अन्यथा  अबको चुनावमा अहीलेको जस्तो नतिजा पनि सपना मात्र हुनेछ । तपाइहरूको यस्तै गतिबिधी निरन्तर हुने हो भने अबको चुनाबमा प्रत्यक्ष तर्फ २ अंंकको सिट पनि आँउदैन ख्याल गर्नु होला । 


धन्यबाद । 

विशाल गौतम 
पोखरा 



कुश कुमार जीको पुरा लेख यहाँ हेर्न सक्नु हुन्छ ।  http://www.bizmandu.com/content/-10378.html#.VMxy8WiUf1A

ए नेकपा माओबादीको चुनावी घोषणा पत्र हेर्न यो लिंकमा जानु होला । http://ujyaaloonline.com/mediastorage/files/Ghosanapatra%20Mao.pdf



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें