टुथ पाउडर
आजकल संसार भरी दाँत र दाँत सम्बन्धी रोगीहरूको
संख्या बढ्दै गएको छ । त्यसैले दाँतको लागि बजारमा सयौं प्रकारका टुथ पाउडर, टुथ पेस्ट, माउथवास आदी बन्न र बिक्न थालेका छन
। यसमा निम्न र मध्यमबर्गको रोजाइमा टुथ पाउडर पर्न जान्छ किनकी यसको मुल्य कम छ ।
यस्तै कम आय श्रोत भएका उपभोक्ताहरूलाइ मध्यनजर
गरी यो उद्योग संचालनमा ल्याउन सकिन्छ ।
टुथ पाउडरको स्ट्यान्डर्ड फर्मुला
नेपाल, भारत एवं विदेशमा दैनिक प्रयोगको लागि
विभिन्न प्रकारका दन्त मन्जन
बनाइन्छ तर ति अधिकांश मन्जको एक स्ट्यान्डर्ड फर्मुला बाट नै निर्माण हुन्छ ।
निर्माताहरू यसमा सामान्य फेरबेदल गर्छन जस्तै आमाले खाना पकाउदा नुन सुरूमा हालेर पकाउनु होला
बुहारीले पकाउँदा अन्तीममा, वा दाल झान्दा बुहारीले तेल ताएर गर्लिन आमाले घ्यु । त्यस्तै कुनै
उत्पादकले सुगन्धित पाउडर ज्यादा मिसाउलान, कसैले गुलियो बनाउनको साटो नुन मिसाएर
नुनिलो टुथ पाउडर तयार पार्लान । तर जे भए पनि यहाँ एउटा स्ट्यान्डर्ड फर्मुलाको जानकारी
दिइएको छ ।
सामाग्री
मात्रा ग्राममा
प्रेसिपिटेटिड चक (क्यालसियम कार्बोनेट) १००
ह्यावी म्याग्नेसियम कार्बोनेट २५
सोपस्टोन पाउडर ५
थाइमल (अज्वाइन को तत्व) ०.६
मेन्थोल ०.६
कपूर १.९
सेकरीन ०.३
उत्पादन बिधि
सानो ब्लेन्डर वा ग्राइन्डर जस्तो भाँडोमा ५।६ ग्राम चकमा थाइमल, मेन्थोल, कपुर
अनी सेकरीनलाइ राम्रो संग पिसेर मिसउने । बाँकी सामाग्री अर्थात म्यानेसियम र सोप
स्टोनलाइ ग्राइन्डरमा हालेर पिस्ने । पिस्ने क्रममा थोरै थोरै गरेर सुगन्ध
पाउडरहरू मिसाउने । जब समाग्रीहरू सबै राम्रो मिसिएर मसिनो धुलो हुन्छ तब पाउडरलाइ
मेशिनबाट निकालेर बट्टामा प्याकिङ गर्ने । लगभग सबैको उत्पादन बिधि यस्तै हुन्छ ।
यहाँ थप २ फर्मुला दिइएको छ जस अनुसार भेराइटी उत्पादन गर्न सकिन्छ ।
अक्सीजेनेटेड टुथ पाउडर
यो पाउडर दाँतमा रगड्ने बित्तिकै अक्सिजन उत्पन्न हुन्छ
जसले दाँत राम्रो संग सफा हुन्छ ।
सामाग्री
मात्रा ग्राममा
प्रेसिपिटेटिड चक (क्यालसियम कार्बोनेट) ३००
लाइट म्याग्नेसियम कार्बोनेट ६००
सोपस्टोन पाउडर ७५
सोडियम परबोरेट २५
थाइमल (अज्वाइन को तत्व) ०.१
युकेलिप्ट्स आयल ५
जिरेनिओन १४
सेकरीन ०.७
पिरो टुथपाउडर
सामाग्री
मात्रा ग्राममा
कार्बोलिक एसिड २५
कपूर ३००
केओलिन ६००
सोप स्टोन पाउडर ७५
बरग्यमट तेल Bergamot oil ०.१
रोज आयल ५
नेरोली तेल Neroli Oil १४
ल्वाङको तेल ०.७
मेशिन उपकरण र फ्लो
चार्ट
१ रिबन टाइप ब्लेन्डर
३ छान्ने मेशिन
४ लेवल स्रिंकिङ मेशिन
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें