शुक्रवार, 13 अप्रैल 2018

फैलँदै क्रिश्चियानिटी सरकार कर्मचारीको मिलेमतो ।


बालगृह, विधालय र अन्य समाजसेवाको आवरणमा नेपालमा क्रिश्चियानिटी प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने एक संस्थाको बारेमा खुलासा भएको छ ।
नयाँ पादरीहरूलाई लाई देशब्यापी रुपमा प्रशिक्षित गर्दै क्रिश्चियानिटी विस्तारको घोषित योजनामा रहेको मर्सी मिसन हिमालय नेपाल नामको एक क्रिश्चियन गैरसरकारी संस्थाले समाजकल्याण परिषद मार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ ।
कुसुन्ती-१३, दिव्यनगर, ललितपुर ठेगाना रहेको मर्सी मिसन हिमालयले ललितपुर जिल्ला कार्यालय र समाज कल्याण परिषद बाट सन् २००८ देखि अनुमति लिएर काम गरिरहेको छ ।
मर्सी मिसन हिमालयले सन् २००८ देखि बाइबल स्कूल र पादरी प्रशिक्षण लगायतका कार्यक्रम चलाइरहेको छ पछिल्लो दुई आर्थिक वर्षमा मात्रै एक करोड बढीका परियोजना ल्याएको मर्सी मिसनले अहिलेसम्म ६४ जना अनाथ बालबालिकालाई बसोबासको व्यवस्था गरेको, दुर्गम पहाडी क्षेत्रका सयौं पास्टर तथा चर्चका नेताहरूलाई प्रशिक्षित गरिसकेको आफ्नो वेबसाईटमा उल्लेख गरेको छ ।
आगामी दिनमा ५०० बालबालिकालाई बसोबासको व्यवस्था गर्ने लक्ष्य राखेको मर्सी मिसनले आफ्नो मर्सी मिसन एकेडेमी नामको बाइबल स्कुललाई उच्च मा.वि. तह सम्म पुर्याउने लक्ष्य रहेको जनाएको छ ।
आफ्नो पृष्ठभूमि तथा आधार भूमि दुबै बाइबल बताउने उक्त संस्था बिब्लिकल डक्टरिन र बिब्लिकल वर्ल्ड भ्यूज बाट प्रभावित, स्थापित तथा संचालित देखिन्छ । आवरणमा समाजसेवा जस्तो देखिए पनि मूलतः धर्म प्रचार प्रसारनै उसको उदेश्य रहेको प्रष्ट देखिएको छ ।
जीतबहादुर विश्वकर्मा “सामुयल” संस्थापक अध्यक्ष रहेको मर्सी मिसन हिमालयले, खुला रूपमा फरक आवरणमा रहेर धर्म प्रचार गरिरहेको देखिएपनि सम्बन्धित निकायले त्यस प्रति कुनै चासो नदेखाएको पाइएको छ ।

नेपाली समाजमा बढ्दो धर्मान्तरण र यसले निम्ताएको अनेकौं समस्याहरू बिच गैरसरकारी संघ संस्था तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरूको भूमिका र कामहरू आलोचित हुँदै आएका छन् । पछिल्लोपटक देशभर चर्चहरुको संख्या बढेको, धर्म परिवर्तनको अवस्था तिब्र रूपमा उकालो लागेको र यसले सामाजिक विशृंखलता बढाएको भन्दै यस प्रति सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्ने भन्ने आवाजहरू बढिरहेको बेला यसरी सरकारी निकायको आँखै अघिबाट संगठित रूपमै फरक आवरण भिरेर धर्म प्रचार गरिएको घटना अगाडी आएपछि यसले धेरैलाई झस्काएको छ ।
थप समाचार हरू 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें