Information लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Information लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शनिवार, 21 फ़रवरी 2015

ठुला बस आवश्यकता अनी प्रदुषणको लडाइ ।

फागुन २०७१ को समाचार हो साह्रै राम्रो लाग्यो त्यसैले शेयर गरे, सरकारले साना सवारीमा थप भन्सार लगाए पनि हुन्छ, वा अब इजाजत नै बन्द गर्दा पनि हुन्छ । पार्किङको ब्यवस्था छैन सडक साँघुरो छ, इन्धन विदेशबाटै ल्याउनु पर्छ, सवारी मर्मत विदेशबाट नै हुन्छ, मिस्त्री देखी स्पेयर सामान सम्म विदेशीमा भर पर्नु पर्छ । त्यस तर्फ हामी ले सोचेकै छैनौ । एक पटक लागु होस त नेपालमा इन्धन र वातावरण दुवै बच्छ । तर सरकारले भाडामा नियन्त्रण गर्न सक्नु पर्छ अहीले इन्धनको भाउ यति बिघ्न घटदा यात्रुले सुबिधा नपाउदा सरकार मुकदर्शक बनेको छ । सरकार विवेकशील बन्नु पर्छ, व्यवसायी र उपभोक्ता मारमा पर्नु भएन । आश गरौ हामीले सोचे जस्तै हुनेछ ।

 काठमाडौं उपत्यकामा ६ लाखभन्दा बढी सवारीसाधन गुड्छन्। यी लाखौं सवारीसाधनको भीडमा धेरै यात्रुलाई एकैपटक बोकेर गन्तव्यमा पुर्‍याउन सक्ने बसको सं या भने नगण्य छ- जमाजम्मी तीन सय ३६ वटा।
Sajha-Yatyatउपत्यकाका सयौंमध्ये चारवटा रुटमा मात्र बस गुड्छन्। सार्वजनिक सवारीको ठूलो हिस्सा मिनिबस, माइक्रोबस र टेम्पोले ओगटेको अन्नपूर्ण पोस्टमा खबर छ ।
करिब ५० जना अट्ने एउटा बसले उत्सर्जन गर्नेभन्दा धेरै गुणा बढी प्रदूषण साना सवारीसाधनले गर्ने अन्तर्राष्ट्रिय अनुसन्धानहरूको निष्कर्ष छ। तर करिब ३४ लाख यात्रु रहेको काठमाडौं उपत्यकामा धेरै यात्रु एकैपटक बोकेर गन्तव्यमा पुर्‍याउन सक्ने ठूला बस किन चल्दैनन्? केले रोकेको छ ठूला बस चलाउन?
विज्ञहरू भन्छन्, धेरै यात्रु एकैपटक एउटै बसमा यात्रा गर्नसक्ने ‘मास ट्रान्जिट’ को अवधारणा नेपालमा लागू गर्न आवश्यक छ। मास ट्रान्जिटको सजिलो र कम खर्चमा तत्काल लागू गर्न सकिने विधि ‘बीआरटी’ (बस र्‍यापिड ट्रान्जिट) हो।
ठूला सहरमा ट्राफिक बत्तीमा नरोकिई, आफ्नो लेनमा धेरै यात्रु बोकेर गन्तव्यसम्म पुर्‍याउने प्रणाली हो बीआरटी। यस्तो प्रणाली लागू भएका सहरमा निश्चित ठाउँमा पुग्न छुट्टाछुट्टै ढोका भएका धेरै यात्रु अटाउन सक्ने ठूला बस व्यवस्था गरिएको हुन्छ।
काठमाडौंमा साझा यातायातले यसको प्रारभ्मिक अभ्यास गरिरहेको छ। यो प्रणालीअनुसार ठूलो चौडा भएका सडक निर्माण गरी बसलाई अलग्गै लेन छुट्ट्याइदिनुपर्छ। तोकिएका स्थानमा बाहेक यी बस रोकिँदैनन्। संसारका एक सय ८० सहरमा यो प्रणाली लागू भइरहेको छ।
विज्ञहरूका अनुसार बस र्‍यापिड ट्रान्जिट (बीआरटी) लागू भए काठमाडौं उपत्यकामा यात्रा गर्ने सर्वसाधारणलाई धेरै सजिलो हुन्छ। बीआरटी विकसित देशहरूले लागू गरिरहेको सार्वजनिक यातायात व्यवस्थापनको सफल नमुना हो।
काठमाडौं दिगो सहरी यातायात आयोजनाका उपआयोजना निर्देशक निरज शर्माले भने, ‘काठमाडौं उपत्यकाको सडक संरचनालाई बिआरटीमा लैजान आवश्यक भइसक्यो। यसमा गए काठमाडौंबासीले कार, भ्यान र मोटरसाइकल छोडेर बस चढ्न थाल्छन्।’
सरकारले केही वर्षदेखि सुरु गरेको काठमाडौं उपत्यका दिगो सहरी यातायात आयोजनाले उपत्यकाका सार्वजनिक सवारीको व्यवस्थापनका लागि विभिन्न योजना बनाएको छ।
योजनाअनुसार काम भए केही वर्षभित्रै उपत्यकाका केही रुटमा बीआरटी प्रणालीअन्तर्गत सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन्।
उपत्यकामा बीआरटी लागू भएपछि सर्वसाधारणले तोकिएको स्थानमा बस पर्खिएमात्रै पुग्छ। योजनाअनुसार विद्युतीय कार्डबाट भाडा तिर्नुपर्छ। यसका लागि विकसित देशले प्रयोग गरेको विधिजस्तो कार्ड किन्ने र बसमै राखिएको यन्त्रमा छिराएमात्रै पुग्छ।
उपत्यकाको सडकलाई तीन भागमा विभाजन गरिएको छ। हरेक दिन एक लाखभन्दा बढी सर्वसाधारणले प्रयोग गर्ने उपत्यकाभित्रका आठ रुटलाई प्राथमिक सडकअन्तर्गत राखिएको छ। यस्तो सडकमा १५ मिटरभन्दा लामा बस सजिलै गुड्न सक्छन्। ‘बीआरटीका लागि यी सडक उत्तम हुन्छन्’, शर्माले भने।
स्रोत अनलाइन खबर 

शनिवार, 6 दिसंबर 2014

शहर अब १० बर्षमा कस्तो ?

सरकारले धमाधम नगरपालिका घोषणा गरेको छ तर के नगर घोषणा गर्दैमा सबै स्वतः विकास हुन्छ  त? के व्यवस्थित नगरको परिकल्पना हामीले गरेको छौं त ? फेरी नगर तथा नगरोन्मुख क्षेत्रमा सुकुम्बासी समस्या, फुटपाथ, पार्कीङ, खानेपानी, अस्पताल, सडक सबैको समस्या छ । के सबै समस्या केलाएर त्यसको निराकरण गर्ने राज नेता, मेयर, वडा अध्यक्ष हामी सँग छन त ? के तपाइको क्षेत्रमा सभासदले, मेयरले, वडा अध्यक्ष वा नेताले विकासको भिजन यस्तो छ यसलाइ निम्न कुराले सफल पार्न सकीन्छ भनेर भोट माग्नु भएको छ वा जातीय दमन छ, लैंगिक दमन छ, मजदुर उत्पिडन छ, रातारात व्यवस्था परिवर्तन गरेर महल बनाइदिने वा सिंगापुरको सपना देखाउनु भएर भोट माग्नु भएको छ? वा नेपाली कांग्रेस ले सात साल ३६ सालको क्रान्ति सफल पार्ने हामी, एमाले ले नौ महीने शासन र माओबादीले राजा फालेको ब्याज अब पनि निरन्तर सत्तामा वसेर खाने मात्र हो या साँच्चीकै विकास गरेर जनताको मनमा बसेर सत्तामा बस्ने हो तपाइ हामीले

शुक्रवार, 7 नवंबर 2014

नेपाल बनाउने हो ?? केही प्रश्नका उत्तर दिनुस नेपाल आफै बन्छ ।

तलका प्रश्नका उत्तर दिनुस नेपाल आफै बन्छ ।

गालि गर्न कति राम्रो आउछ हामिलाइ, अझ विदेश बसेकाहरू को कुरै नगरौ एयरपोर्ट छिरे देखी नाक खुम्चाउँदै गालि गर्न तम्सन्छौं । नेता गतिला भएनन त्यसैले नेपाल नबनेको हो, म चाँही गतिलै छु नेपालको सिस्टम गतिलो नभएर हो सबैले दिने जवाफ यही हो । तपाइ हरेक ठाँउमा ठगिने उपभोक्ता भएर विचार गर्नुस । किनकी सबैले भन्छन उपभोक्ता ठगे तर तपाइ उत्पादक पनि हुनुहुन्छ । जस्तै ड्राइभर सेवा उत्पादक भयो तर होटलमा खाना खान, डिजल किन्न, गाडी बनाउन चाँही उ उपभोक्ता नै हुन्छ त्यस्तै सबै ठाँउमा लागु हुन्छ । उपभोक्ताको रूपमै सोचेर मलाइ (हरेक मलाइ) प्रश्न गरिएको छ यहाँ, सहि उत्तर दिनुस नेपाल बन्न करै लाग्छ ।

स्वमुल्यांकन तथा म कस्तो छु परिक्षा

बिषयः नेपाल समृद्ध बन्नु पर्छ          समयः १ महिना
सबै प्रश्न अनिवार्य छन ।


प्रश्न नं. १ के म सार्बजनिक बस घर अगाडी वा जहाँबाट पायो त्यहीबाट

गुरुवार, 11 सितंबर 2014

लोडसेडिङ मुक्त नेपाल बनाउने सजिलो मन्त्र

विद्युत बचाइ जनता बाटै लोडसेडिङ कम गर्ने तरीका !!!!

अब १७ घण्टा लोडसेडिङ हुने बेलामा अंध्यारोमा बसेर काखे सुसांख्यमा टुकुर टुकुर दिमागमा फुरेका कुरा लेख्दै छु, जान्ने सुन्ने भएर हैन रिस उठेर, यस बिषयमा म भन्दा धेरै बिज्ञ हुनुहुन्छ । यहाँहरूको सकारात्मक आलोचना तथा सुझाब सदैब स्वागत योग्य हुनेछ ।

अल्पकालिन योजना
१.      बिद्युत संकटकाल घोषणा गर्ने र काम पनि गर्ने ।
संकटकाल घोषणा पछी घर घरमा छापा मारी फिलामेन्ट वल्व जफत गर्ने ३ वटा फिलामेन्ट वल्वको सट्टामा एक एल इ डि प्रतिस्थापन गर्ने, बिद्युत बचत गर्ने तरीका उल्लेखीत पम्पेल्टहरू वितरण तथा पत्रचार गर्ने, बिद्युत योजना स्थललाइ सेना लगाउने पर्ने भए पनि लगाइ योजना हरू पुरा गर्ने, राजनैतिक बिरोध भए पनि नेपाललाइ वश्यक योजनाहरू तत्काल पुरा गर्न बजेट रकमान्तर गरेर भए पनि करिब १००० मे.वा. का योजनाहरू लाइ द्रुत गतिमा अघी बढाउने । सो क्रममा बस्ती नै सार्नु पर्ने भए पनि लागत को पर्वाह नगरी बस्ती नै नयाँ ठाँउमा सार्ने । यस किसिमको बोल्ड डिसिजन नलिने हो भने लेखा समिति भन्यो, स्थानियको माग भन्यो, ठेकेदारको लापरवाही भन्यो यस्तै यस्तै समस्याले गर्दा योजनाहरू १० बर्षमा पनि पुरा हुँदैन । तत्काल काम अगाडी बढाउन जे जे उपाय अपनाउनु पर्छ कुनै कसर बाँकी नराखी अपनाउने । सो क्रममा लागत बढे पनि स्थानियलाइ बेघर बनाउनु हुँदैन । हामी नेपाली सबैले बैकल्पिक उर्जाका लागि दैनिक लाखौ, हप्तामा करोडौ, महिनामा अर्बौ र बर्षमा खर्ब भन्दा बढी डिजल, जेनेरेटर, इन्भर्टर, चार्जलाइट, मोमबत्ति लगायतका बैकल्पिक उर्जा तथा अतिरिक्त समयमा भर

मंगलवार, 21 फ़रवरी 2012

बाइबाई आकाशवाणी ! बाईबाई टेलेक्स !!



 गणेश कुमार पौडेल


“काप बुझी आका गरी तुरी पठाइदिनू”– सुन्दा अलि अश्लील झैं लागेपनि आ.वा.को भाषा यस्तैयस्तै हुने गर्थ्यो। यसको पूरा सन्देश “कागतपत्र बुझी आवश्यक कारवाही गरी तुरून्त रिपोर्ट पठाइदिनू” भन्ने हुन्थ्यो। धेरै लामो सन्देश पठाउन नपाइने तथा अक्षरको आधारमा पैसा लाग्ने भएकाले सकेसम्म कम अक्षरमा सन्देश पठाउने गरिन्थ्यो। यीनै कारणले सन्देशहरू यस्ता हुन्थे। तुरून्त गर्नुपर्ने कामलाई तु. भन्ने चलन अद्यावधि हामीमा छँदैछ। सम्भवतः आ.वा. ले नै नेपाली भाषामा छोटकरी रूपको प्रयोग थालेको हो।

सन् २००८ को अन्त्यसँगै आकाशवाणी अर्थात् आ.वा. र टेलेक्स सेवा बन्द

रविवार, 5 फ़रवरी 2012

'गुगल ट्रान्सलेटर' अब नेपालीमा पनि

कम्प्युटरमा काम गर्दागर्दै अंग्रेजी शब्दको अर्थ नेपालीमा नजानेर हैरान हुनुपरेको छ? या कुनै नेपाली शब्दलाई अंग्रेजीमा अनुवाद गर्न कठिन भएको छ? अंग्रेजी जान्दै नजान्ने वा सामान्यमात्र जान्नेलाई समेत सहयोगी 'गुगल ट्रान्सलेटर' अब नेपालीमा पनि तयार हुँदैछ।  संसारका धेरै देशमा सबैभन्दा बढी बोलिने भाषालाई कम्प्युटरमै अनुवाद गर्ने प्रविधि बनाइसकेको गुगल ट्रान्सलेटरले अहिले नेपाली भाषामा अनुवाद सुरु गरेको छ। केही दिनअघि नेपाल आएका गुगलका प्रतिनिधि डिभोन ल्यानले अनुवादमा सहयोग गर्न आग्रह गरेका थिए।


उदीयमान देश हेर्दै आएका बिजनेस मेनेजर डिभोनले नेपालमा गुगलको अनुवादक सेवा सुरु गर्न इन्टरनेट सोसाइटी, नेपाल टेलिकम, नेपाली विकिपिडिया, खुला तथा स्वतन्त्र सफ्टवेयर समाज, मदन पुरस्कार पुस्तकालय लगायतसँग छलफल गरेका थिए। उनले भाषा र प्रविधिसँग सम्बन्धित संस्थाका पदाधिकारीहरुसँग पनि भेटेर अनुवादनका लागि छलफल गरेका थिए। 'गुगलको अनुवादमा कुनै प्रकारको भाँजो कहिँबाट हालिएन भने

शुक्रवार, 27 जनवरी 2012

विश्वकै सबैभन्दा सस्तो ट्यावलेट पिसी नेपालमा

विश्वकै सबैभन्दा सस्तो दाबी गरिएको ट्याब्लेट पिसी नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । भारतमा उत्पादन गरिएको यूबीस्लेट सेभेन प्लस नेपालमा सार्वजनिक गरिने भएको हो । सूचना ताथ प्रविधि मेला क्यान इन्फोटेक–२०१२ को उद्घाटनकै दिन पारेर नेपालका लागि आधिकारिक वितरक कम्पनी गिज्मोज नेपाल प्रालिले उक्त ट्याब्लेट पीसीको सार्वजनिक घोषणा गरे पनि ट्याब्लेट भने करिब दुई महिनापछि मात्रै उपभोक्ताको हातमा पर्ने बतायो ।

 भारतमा सन् २०१० को अक्टोबरमै सार्वजनिक आकाशको नयाँ र परिष्कृत संस्करण यूबीस्लेट कम्प्युटरका साथै फोन पनि हो । यसको मूल्य ६ हजार रुपैयाँ पर्ने बताइएको छ । यूबीस्लेटले कम्प्युटर, मल्टिमिडिया र टिभीको पनि काम गर्न सक्छ भने यसमा एन्ड्रोइडको एप्लिकेसन प्रयोग गरिएको छ । ट्याब्लेटमा

एक्सप्लोर क्यान इन्फोटेक मेलामा छुटाउनै नहुने ग्याजेटहरू

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा बिहीबार सुरु एक्सप्लोर क्यान इन्फोटेक मेलामा उपभोक्ताले सोचेभन्दा पनि अत्याधुनिक ग्याजेट राखिएका छन् ।

 मेलामा ल्यापटप, डेस्कटप, ट्याब्लेट लगातय कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभ, राउटर लगायत सामग्रीका अतिरिक्त सूचना प्रविधिका उपभोक्ताको ध्यान तान्ने केही उत्पादन पहिलो पटक मेलामा राखिएका छन् ।

इन्टरनेट टिभी/रेडियो डिभाइस

 सिल्की रिबन्सले विश्वभर प्रसारण हुने टिभी र रेडियो च्यानल हेर्न/सुन्न मिल्ने इन्टरनेट-टिभी रेडियो डिभाइस ल्याएको छ । डिभाइसलाई कम्प्युटरको युएसबी पोर्टमा जोडेपछि विश्वको जुनसुकै मुलुकबाट इन्टरनेट मार्फत प्रसारण हुने टेलिभिजन/रेडियो हेर्न/सुन्न सकिने छ । 'यो डिभाइस जोड्नासाथ विश्वको

जोखिममा सरकारी डाटा, सरकारलाइ जती घाटा त्यो भन्दा बढी तपाइ हामीलाइ

तपाईं नियमित कर तिरिरहेको छु भनेर ढुक्क हुनुहोला। त्यही कर विवरणका आधारमा 'कम्प्युटर ह्याकर'ले छिनभरमै तपाईंका सारा हिसाबकिताब आन्तरिक राजस्व विभागको वेबसाइटबाट कब्जामा लिनसक्छ। कोही कर्मचारीलाई सनक चढे 'डिलिट एस्ट्रिक डट एस्ट्रिक' कमान्ड हानैकै भरमा करदाताहरूको सम्पूर्ण विवरण स्वाहा बनाइदिनसक्छ।   त्यतिखेर कतैबाट त्यो डाटा 'रिकभर' हुन नसके के होला? अनी पुरपुरोमा हात राखेर सरकारलाइ सत्तो सराप हाल्ने बाहेक अरू केही हुदैन । नेपालका अधिकांश सरकारी कार्यालयले त्यस्ता महत्वपूर्ण डाटा रिकभर हुनेगरी राखेका छैनन्, परराष्ट्रको 'मेसिन रिडेबल पासपोर्ट' बाहेक।

सूचना प्रविधिमा एउटा चर्चित भनाइ छ - एकपटक इन्टरनेट सञ्जालमा पसेपछि व्यक्तिगत गोपनीयता भन्ने केही बाँकी रहन्न। यो भनाइलाई पछिल्लो समय सही साबित गरेको छ, विकिलिक्सले। संसारभरका अमेरिकी दूतावासहरूबाट पठाइएका गोप्य सूचना र दस्तावेज एकपछि अर्को सार्वजनिक गरेर विकिलिक्सले तहल्का मच्चायो। यसले बन्द कोठाभित्र भएका कतिपय गोप्य सहमतिहरू मात्र उजागर गरेन, राजनीतिक, सामाजिक, व्यावसायिक लगायत क्षेत्रका को-को व्यक्ति अमेरिकासँग निकट रहेर काम गरिरहेका छन् भन्ने पनि खुलासा गर्‍यो।

विकिलिक्सको 'अमेरिका केबुल'को सनसनीपूर्ण खुलासाले संसारभरका

गुगलको प्राइभेसी सेटिङमा परिवर्तन हुने

सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले आफ्ना सबै उत्पादनहरुको प्राइभेसी सेटिङमा ठूलो परिवर्तन गर्न लागेको जानकारी गराएको छ । यसमा जीमेल, यु-ट्युब र गुगल सर्च समेत सामेल गरिएको छ । नयाँ प्राइभेसी सेटिङ आउँदो मार्च १ देखि लागु हुनेछ ।

गुगलले आफ्नो सन्देशमा भनेको छ ‘१ मार्च २०१२ देखि नयाँ गोपनीयता नीति तथा गुगल सेवाको शर्त लागु हुनेछ । यदि तपाइँले गुगलका उपयोग गर्न चाहनुहुन्छ भने नयाँ गोपनीयता नीति तथा सेवाको शर्तको अधिनमा रहनुपर्नेछ ।’ विश्वभरमा गरी गुगलका ३५ करोड प्रयोगकर्ता छन् । गुगलले आफ्ना सबै जीमेल उपभोक्ताहरुलाई पठाएको इमेलमा भनिएको छ, ‘हामी गुगलका ६० वटा विभिन्न गोपनियता नीतिलाई परिवर्तन गर्न जाँदैछौँ जसलाई एउटा यस्तो

गुरुवार, 26 जनवरी 2012

कम्प्युटर सुरक्षित चलाउने तरीका जानी राखे राम्रो ।

कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा हो, त्यसको सुरक्षा। यसका लागि एन्टिभाइरस सफ्टवेयर अनिवार्य हुन्छ। यसका सिडीहरू बजारमा सजिलै किन्न पाइन्छ। कम्पनी र काम गर्ने अवधिअनुसार मूल्य भने फरकफरक हुनसक्छ। खर्च नगर्ने नै हो भने इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न पनि सकिन्छ। डाउनलोड डट कम डट एनपी, फाइलहिप्पो जस्ता साइटमा निःशुल्क एन्टिभाइरसका सफ्टवेयरहरू पाइन्छ।


 एन्टिभाइरस सफ्टवेयर एकपटक कम्प्युटर राखेपछि सधैंलाई ढुक्क हुन्छ भन्नेचाहिँ छैन। सफ्टवेयर बनिसकेपछि निस्किएका नयाँनयाँ भाइरसले सताउने समस्याबाट जोखिन नियमित अपडेट गरिरहनुपर्छ।


कुनै पनि वेबसाइटमा संवेदनशील निजी जानकारी राख्नुअघि वेबसाइट कत्तिको सुरक्षित छ भन्नेमा ख्याल राख्नुपर्छ। बैंक खातासम्बन्धी जानकारी, अनलाइन सपिङजस्ता कारोबारसँग सम्बन्धित मात्र होइन, पासवर्ड राख्नुपर्ने पनि कुनै पनि साइट खोल्दा सुरुमा https छ/छैन याद गर्नुहोस्। http मात्र छ भने s थपेर मात्रै अगाडि बढ्नुहोस्। s थपिएपछि सुरक्षित हुन्छ। केही वेबसाइटमा सेक्युरेटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ। उदाहरणका लागि फेसबुक। फेसबुकको एकाउन्ट सेटिङअन्तर्गत सेक्युरिटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ।

कम्प्युटर बन्द गर्दा वा अरूलाई प्रयोग गर्न दिँदा इन्टरनेट ब्राउजर सिधै बन्द नगरी चलाइराखेका वेबसाइट लगआउट गरेर मात्र

CAN मेला सुरू

१८ औँ क्यान इन्फोटेक मेला-२०६८ आजदेखि राजधानीमा सुरु हुँदैछ । भृकुटीमण्डमा ६ दिनसम्म चल्ने मेलाको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदघाटन गर्ने कार्यक्रम छ ।


कम्प्युटर एसोसिएनस अफ नेपाल (क्यान) का उपाध्यक्ष किशोर पन्तले प्रयोगकर्ताले चाहेअनुसारको इन्टरनेट सुविधा मेलामा उपलब्ध गराइने जानकारी दिनुभयो । मेलामा स्टल राखेका इन्टरनेटसेवा प्रदायकहरुले आक्रमक रुपमा ग्राहक बढाउने गरी सेवा दिइने दाबी गरेका छन् । आगामी १७ माघसम्म सञ्चालन हुने मेलामा १ सय १८ कम्पनी, १५ अफिसियल, ९ वटा प्रायोजक, फुडकोर्ट

गुरुवार, 19 जनवरी 2012

औंला लाइ आराम दिनुस अब मोवाइल मुखैले चलाउनुस

 मोबाइल धेरै चलाउँदा औलामा समस्या भएको छ भने केही समय पर्खनुहोस् । भारतमा बोलेरै मोबाइल एसएमएस लेख्न सकिने प्रविधिको विकास हुँदै छ । यो प्रविधिले एसएमएस लेख्न मात्र नभएर मोबाइलका सबै सुविधा मुखैबाट चलाउन सकिने सेवा दिने छ ।

हैदराबादको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी (आइआइआइटी) ले यस्तो मोबाइल प्रविधिको विकास गर्न लागेको हो । प्रविधिले मौखिक आदेशलाई मोबाइलले बुझ्ने भाषाका रूपमा विकास गर्ने छ ।

आइआइआइटीका निर्देशक राजीव संगलका अनुसार दुई वर्षभित्र पूरा हुने परियोजनालाई भारतीय सूचना प्रविधि मन्त्रालयले सहयोग गरेको छ । 'तपाई मोबाइल फोनसँगै कुरा गर्न सक्नुहुने छ,' उनले भने, 'एसएमएस पठाउनका लागि तपाईले मौखिक आदेश दिए मात्र पनि पुग्ने छ ।' उनका अनुसार अन्य सात संस्थाले पनि यस्तो प्रविधिको विकासका लागि काम गरिरहेका छन् । सानो स्क्रिन र किबोर्ड भएका मोबाइलमा यस्तो प्रविधि धेरै उपयोगी हुने उनले बताए ।

संस्थाले बोलीबाटै प्रविधि प्रयोग गर्नका लागि भाषा अनुवाद, भारतीय भाषाको पहिचान, व्यक्ति अनुसार बोलीको पहिचान, संवाद प्रणाली लगायतको विकास गर्दै छ । संस्थाले एक अन्तर्राष्ट्रिय मोबाइल फोन निर्माता कम्पनीका लागि हिन्दी भाषाको प्रणाली विकास गरिरहेको पनि उनले बताए ।
विशेषज्ञहरू बोलेरै चलाउन सकिने प्रविधि मोबाइलमा आएपछि भारतका ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न सहयोग पुग्ने बताउँछन् । आशा गरौं नेपालमा पनि यो प्रबिधि चाँडै आइपुग्ने छ ।

सोमवार, 16 जनवरी 2012

नेपाली लाइ खुसीको खबर बजारमा आउदै छ १५ वर्षसम्म चार्ज रहने मोवाइल ब्याट्री

नयाँ नयाँ प्रविधि र फिचरका मोबाइल आएसँगै त्यसमा प्रयोग गरिने ब्याटि्रको क्षमता घटिरहेको हुन्छ । यसको मतलब मोबाइल सेटमा जतिधेरै सुविधा थपिन्छ ब्याट्रीको चार्ज त्यतिनै छिटो सकिन्छ । यसकारण अत्याधुनिक मोबाइल प्रयोगकर्ताले मोबाइलको चार्ज छिटो सकिएर हैरानी बेहोर्नुपर्ने अवस्था छ । तर अमेरिकी मोबाइल कम्पनी स्पेयर वन ले यस्तो मोबाइल सेट बजारमा ल्याएको छ जसमा राखिएको ब्याट्रीको चार्जर् १५ वर्षसम्म् टिक्छ । मोबाइल फोन प्रयोग नगरिएको अवस्थामा यसमा रहेको ब्याट्रीको चार्ज १५ वर्षसम्म् टिक्ने र निरन्तर कुराकानी गरेको अवस्थामा पनि १० घण्टासम्म टिक्ने कम्पनीले जनाएको छ ।

लस भेगासमा भएको शो मा नयाँ मोडेलको मोबाइल सार्वजनिक गर्दै

गुरुवार, 12 जनवरी 2012

अब कपडा जस्तै पट्याउन मिल्ने टेलिभिजन

वैज्ञानिकहरुले यस्तो अत्याधुनिक प्रविधिको विकाश गरेका छन् जसबाट निकै पातलो र लचकदार टेलिभिजन स्क्रिन बनाउन सकिनेछ । क्वान्टम डट्स (क्युडी) नाम दिइएको उक्त प्रविधिबाट विकाश गरिएको नयाँ क्रिस्टलको सहायताले अब यस्तो लचकदार र पातलो टेलिभिजन स्क्रिन निर्माण सम्भव भएको हो ।

वैज्ञानिकहरुले विकाश गरेको क्रिस्टल कपालको रौँ भन्दा एक लाख गुणा पातलो रहेको छ । यो क्रिस्टल निकै सस्तो अर्धसूचालक पदार्थबाट बनाइएको र त्यसले परावैजनी किरणको सम्पर्कमा आउनेवित्तिकै प्रकाश दिने वैज्ञानिकहरुले बताएका छन् ।

अब यो सुक्ष्म क्रिस्टललाई पातलो प्लास्टिकको पत्रमा पि्रन्ट गरी प्लास्टिककै मोटाइको टेलिभिजन स्त्रिmन तयार पारिनेछ । यो टेलिभिजन स्क्रिनको मोटाइ र तौल निकै थोरै भएकाले यसलाई सामान्य प्लास्टिकजस्तै गरी पट्याउन सकिनेछ र त्यसलाई जुनसुकै आकारमा समेत ढाल्न सकिनेछ ।

वैज्ञानिकहरुले अर्को वर्षसम्ममा क्वान्टम डट टेलिभिजन सेट बजारमा आउने दाबी गरेका छन् ।

नयाँ बर्षमा नयाँ ग्याजेटहरू

नयाँ वर्षसँगै नयाँ अपेक्षा जोडिएर आउँछन्। सन् २०१२ मा प्रविधिमा के के नयाँ उत्पादन आशा गरिएका छन् त?

आइप्याड मिनी

अमेजनले २ सय डलर मै पाइने ट्याब्लेट किन्डल फायर सार्वजनिक गरेर लोकप्रियता कमाएपछि एप्पलले पनि प्रतिस्पर्धामा उत्रन आइप्याडलाई परिवर्तित स्वरुपमा ल्याउने अनुमान गरिएको छ। आधिकारिक रुपमा केही सार्वजनिक नभए पनि सानो खालको संभवतः ७ इञ्चको आइप्याड २ सय ९९ डलरमा बेच्ने गाइँगुँइ सुनिएको छ। यो मिनी आइप्याडको क्षमता १६ जीबी हुने अनुमान छ।

अल्ट्राबुक

शुक्रवार, 2 दिसंबर 2011

वर्ड फ्लू र यसका फाइदा


                                                                        
विशाल गौतम
वर्ड फ्लू विगत एक दशक अघी देखी पुरै संसारलाई भयभित वनाउदै आएको छ । तर कमैलाई थाहा छ यो रोग कति खतरनाक छ भनेर । सन १९९७ मा भियतनाममा यो भाईरल ईन्फेक्सनको पहिलो घट्ना लगत्तै डब्लु. एच.ओ. ले यसलाई लगातार  निगरानी गर्दै आएको छ । डब्लु. एच.ओ.को आँकडा अनुसार सन् २००३ यता विश्वभर बर्ड फ्लूको करिब ४०० भन्दा बढी घट्ना र करिब २०० भन्दा बढि मानिसको मृत्यु भएको छ । मर्ने हरुको विश्वब्यापी यति थोरै संख्याका बाबजुद यो रोगको हल्ला बढी छ । यसले कैंयौ प्रश्न उठाएको छ । यो आँकडाले हामीलाई अन्य कुराहरु पनि बताउछ । उदाहरणको रुपमा मानिसमा यो रोगको आक्रमण अजरबैजान, कम्वोडिया, चिन, जिवुती, मिश्र, ईन्डोनेसिया, ईराक, नाईजेरिया, थाईल्याण्ड, टर्की अनि भियतनाममा भएको देखीएको छ । यो रोग पंक्षिहरुको माध्यमबाट कँहीपनि सर्न सक्ने रोग हो तर यसको कुनै पनि आक्रमण विकसित मुलुकमा भएकोकुरा प्रकासमा आएको छैन ।

भ्यागुताले गर्छ भुइँचालोको पूर्वानुमान

केही जनावरहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्छन् । दूलाबाट बाहिर निस्किएर मुसा यत्रतत्र भाग्नु, कुकुर जोडसँग भुक्नु, चराहरु एक्कासी उड्नु तथा भ्यागुता र माछा पोखरी वा नदीबाट बाहिरतिर भाग्नु भुइाचालो आउनसक्ने संकेत हुन् भनिन्छ ।

यी जीवहरुले भुइँचालो आउन लागेको कसरी थाहा पाउँछन् होला ? यसको पूरा उत्तर वैज्ञानिकहरुले पनि अहिलेसम्म दिन सकेका छैनन् । तर पानीमा बस्ने जिवहरुले भुइँचालोको पूर्वानुमान गर्न सक्नुको कारण भने हालै पत्ता लागेको छ ।


इटालीका वैज्ञानिकहरुले भुकम्पीय कम्पनले पानीको रासायनिक गुणमा गराउने परिवर्तनका कारण जलचर जलचर जिवले भुइँचालोको पूर्वानुमान गर्न सकेका हुन् । भुकम्पको धक्का मान्छेले महसुस नगर्दै जमिनमुनि हुने कम्पनले भूमिगत पानीमा विभिन्न खनिज तत्व मिसिन जान्छ । यसरी खनिज तथा अन्य रसायन मिसिएको पानी मूल हुँदै बाहिर आएपछि उक्त पानी मिसिएका ठाउँमा बस्ने भ्यागुता तथा माछा लगायतका जीवले पानीको रासायनिक परिवर्तन महसुस गर्दछन् । पानीको रासायनिक गुण एक्कासी परिवर्तन हुँदा भ्यागुता तथा माछा लगायतका जलचर आत्तिँदै पानी बाहिर हाम फाल्दछन् । यसरी भ्यागुता तथा माछा एकाएक पानी बाहिर हाम