
भारतमा सन् २०१० को अक्टोबरमै सार्वजनिक आकाशको नयाँ र परिष्कृत संस्करण यूबीस्लेट कम्प्युटरका साथै फोन पनि हो । यसको मूल्य ६ हजार रुपैयाँ पर्ने बताइएको छ । यूबीस्लेटले कम्प्युटर, मल्टिमिडिया र टिभीको पनि काम गर्न सक्छ भने यसमा एन्ड्रोइडको एप्लिकेसन प्रयोग गरिएको छ । ट्याब्लेटमा
न्यून आए भएका तर नयाँ र डिजिटल प्रविधी प्रयोग गर्न रुचाउने उपभोक्तालाई लक्षित गरिएको यो ट्याब्लेट नेपालका न्यून आय भएका उपभोक्ता र सरकारी विद्यालयमा अध्यननरत विद्यार्थीको प्रयोजनार्थ ज्यादै उपयोगी हुने गिज्मोज नेपालका निर्देशक विशाल खेतानले बताए ।
भारतमा पनि माध्यमिकस्तरका विद्यार्थीहरूलाई प्रयोगात्मक अध्ययनका लागि त्यहाँको सरकारले यो ट्याब्लेटलाई ज्यादै महत्व दिएको छ । क्यानमा १ सय रुपैयाँ शुल्क तिरेर ट्याब्लेटको अग्रिम माग गर्न सकिन्छ भने पहिले माग गर्नेले नै सबै भन्दा पहिले ट्याब्लेट पाउने खेतानले बताए । १ सय १८ मिनेटको ब्याट्री ब्याक–अपसहितको ट्याब्लेटमा एक वर्षको वारेन्टी प्रदान गरिएको छ । ट्याब्लेट सात इन्चको टचस्क्रिनयुक्त छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें