जल जिरा या चाट मसला
आवस्यक सामाग्री
|
मात्रा केजीमा
|
जीरा
|
५०
|
वेसार
|
५
|
अज्वाइन
|
१०
|
सुकेको धनिया
|
२५
|
दाल चिनि
|
१०
|
अमचुर
|
१५
|
नुन
|
२०
|
हींग
|
४
|
तेजपत्ता
|
१०
|
सौंठ
|
५
|
ल्वांग
|
५
|
अलैंची
|
५
|
घ्यु
|
आवस्यकता अनुसार
|
बनाउने तरीका
ठुलो कराइमा हींग
तथा घ्यु हालेर तताउने । हींग खैरो भए पछी त्यसमा बेसार मिसाउने । त्यसै गरी थोरै
घ्युमा धनिया भुट्ने । अब धनीया सँगै बाँकी मसला हरूलाइ कुटेर (पिसेर) त्यसको
मसिनो पाउडर बनाउने र त्यसलाइ मिक्सर छ भने त्यसमा मिक्स गर्ने नभएको खण्डमा ठुलो
सफा भाँडोमा मिसाउँदै मोल्ने सबै मसलाहरू एक आपसमा मजा संग मिसिए पछी त्यसमा हींग र धनिया
मिसाएर पिसेको धुलो फेरी मोल्ने जसले फेरी सबै मसला हरू समान रूपमा मिसियोस । अब
चाट मसला तयार छ । यसलाइ आवश्यकता अनुसारको प्याकेट, प्लाष्टिक वा बट्टामा प्याक
गर्ने ।
नोटः
मसलाहरू सबै
सामाग्री मिसाइ सकेपछी यसलाइ प्याक गर्नु पूर्व नै मसिनो जालीले छान्ने हो भने
पाउडर एक समानको देखीन्छ, यसमा सामाग्री मिसाउदा नै अमचुर वा नुन आवस्यकता अनुसार कम वा बढी
बनाउन सकीन्छ ।
यदी सस्तोमा माल
बनाउनु छ भने महंगो मसलाहरूको मिश्रण कम प्रयोग गर्ने ।
फ्लो डायग्राम
Cost Estimation
१ उत्पादन क्षमता १६० कि ग्रा
प्रतीदीन
२ स्थान ४०० वर्ग मि।
३ निर्माण स्थल २०० वर्ग मि.
४ कर्मचारी जम्मा ८ जना
५ जग्गा तथा भवन भाडा रू १,००,०००।
६ मेसिन तथा उपकरण रू १,००,०००।
७ कार्यशिल पुँजी १ महीनाको लागि रू १,००,०००।
८ स्टक तथा कार्यशिल पुँजी ३ महिनाको लागि ३,००,०००।
राम्रो लाग्यो! धन्यवाद लेखको लागि
जवाब देंहटाएंउज्वल थापा
यो ब्लग उद्यमी र रोजगारीमा समर्पित हुनेछ । तपाइहरूको साथ पाए नेपालको पहिलो उद्यम समर्पित ब्लग भएर विदेशिने युवा हरूलाइ केही हद सम्म कम गर्ने छ।
हटाएं