सफल उद्यमीहरूमा पाइने आठ साझा गुण
‘कुनै
पनि व्यवसायमा सफल हुने मानिसमा आफ्नै तरीका र रणनीति हुन्छन्’ भनिन्छ ।
तर, अध्ययनको क्रममा सफल उद्यमीहरूमा केही साझा गुण हुने पत्ता लागको छ ।
किनकि, हरेक सफल उद्यमीसँग केही जन्मजात र केही गुण सिक्ने र अभ्यास गर्ने
रहेको पाइन्छ । अधिकांश उद्यमीले सिकाइ र अभ्यासबाटै सफल हुने बानीको विकास
गरेको भेटिएको छ। साथै, उद्देश्यको निर्धारण र कार्यान्वयन, रणनीतिक योजना
निर्माणमा सहयोग पुर्याएको अध्ययनहरूले देखाएका छन ।
तिमी पनि
सफल उद्यमी बन्न चाहन्छौ भने ‘म सँग कुनै गुण नै छैनन्’ भनेर दुःखी नहोऊ,
बरू सफल उद्यमीबाट सिक । अभ्यास गर र सफल भएर देखाऊ । किनकि, देश विकास
उद्यमशीलताबाटै सम्भव छ । हामी सबैलाई थाहा छ । जुनसुकै काम गर्दा पनि त्यो
काम गर्न केही कुरा अनिवार्य रूपमा चाहिन्छ । उदाहरणका लागि सडकमा
सवारीसाधन चलाउन तपाईं सँग अनुमतिपत्र हुनैपर्छ । खेलमा उत्कृष्ट नतीजा
ल्याउन कडा अभ्यास र तालीम गरेकै हुनुपर्छ । त्यस्तै, व्यवसायमा सफलता
हासिल गर्न पनि योभन्दा नयाँ नियम छैन । व्यवसायमा सफलता हासिल गर्न पनि
अनिवार्य रूपमा केही गुण विकास गर्ने, कार्यान्वयन गर्ने र व्यवस्थापन
गर्ने क्षमता चाहिन्छ । व्यवसायमा सफल हुन अनिवार्य आठ गुण यस्ता छन्:
त्यही गर, जसमा तिमी रमाउँछौ
त्यस्तो व्यवसाय गर, जुन व्यवसाय गर्दा तिमी खुशी हुन्छौ, आत्मसन्तुष्टि र
आर्थिक उपार्जन गर्न सक्छौ । जीवनलाई स्थायित्व दिन सक्छौ र रमाइलोसँग
जीवन व्यतित गर्न सक्छौ । व्यवसाय गर्नुको उद्देश्य यिनै विषय प्राप्त
गर्ने हुनुपर्छ । त्यसैले, तिमीले गरिरहेको काममा रस बसेको छैन वा सहज
अनुभव गरेका छैनौ भने सफलता प्राप्त गर्ने सम्भावना पनि कम हुन्छ । कुनै
काम कति तन्मयका साथ गरिरहका छौ वा जबर्जस्ती गरिरहेका छौ भन्ने कुरा कामको
नतीजाले पनि देखाउँछ । जबर्जस्ती गर्दा सफलता हात लाग्न गाह्रो छ । तर,
सफल व्यवसायीले जुन व्यवसाय गरिरहेका हुन्छन्, त्यो उनीहरूको जीवन,
उद्देश्य र खुशीसँग जोडिएको हुन्छ ।
कामलाई गम्भीरताका साथ लेऊ
आफ्नो व्यवसायलाई प्रभावकारी बनाउन र सफलता हासिल गर्नमा विश्वस्त
हुनुपर्छ । आफूले उपलब्ध गराउने सेवा वा वस्तुमा पूर्ण विश्वास नगर्दा
व्यवसाय वृद्धि हुन सक्दैन । व्यवसायलाई गम्भीरतासाथ नलिँदा संसारभर धेरै
लघुउद्यमी असफल भएका छन् । व्यवसायमा केन्द्रित नहुनु र सफल हुने कुरामा
अभिप्रेरित नभइदिँदा पनि यस्तो समस्या आउँछ । कतिपयले काम एउटा गर्ने तर
ध्यान अर्कैतिर लगाउँदा पनि असफल भएका उदाहरण छन् । फेरि समाजमा सबै
उत्साहित गर्ने मान्छे मात्र पनि हुँदैनन् । कतिपय मानिस नकारात्मक र
निराशावादी कुरा मात्र गर्छन् । यिनले पनि व्यवसाय गर्नेलाई हतोत्साही
बनाउन सहयोग पुर्याउँछन् । यस्ता नकारात्मक मानिसबाट बच्न सफल मानिससँग
सङ्गत बढाऊ, जसले आफ्नो व्यवसायबाट सफलता हासिल गरिरहेको छ ।
प्रत्येक कामको योजना बनाऊ
आफूले गर्ने व्यवसायको हरेक पक्षलाई समेटी योजना बनाउनु अत्यावश्यक त छ नै
। यसले उद्यमी भएर गर्नुपर्ने काम, कम्पनीको वृद्धि, योजना कार्यान्वयनको
अवस्थालगायत विषयलाई पनि सहज बनाउँछ । साथै, योजना निर्माण दैनिक व्यवहारका
रूपमा विकास हुन्छ । ‘बिजनेश’ योजनाले कम्पनी व्यावसायिक अवस्थाको
विश्लेषण गर्न, अनुसन्धान र तथ्याङ्कलाई व्यवस्थित गर्न र तथ्यमा आधारित
निष्कर्ष निकाल्नमा सहयोग पुर्याउँछ । योजना आफै पनि महत्वपूर्ण उपलब्धि
हो । यसले ‘तिम्रो लक्ष्य के हो र के कुरा प्राप्त गर्न चाहन्छौ’ भन्ने
स्पष्ट रूपमा देखाउँछ । यसले एकातिर भविष्यको बाटो देखाउँछ भने अर्कोतिर
अहिलेसम्मको सफलता मापनमा सघाउँछ ।
रकमको व्यवस्थापन बुद्धिमानीपूर्वक गर
कुनै पनि व्यवसाय वा व्यापारको जीवन भनेकै ‘क्यास फ्लो’ हो । व्यवसायमा
नवप्रवर्तन, रकमअनुसारको सेवा, प्रवद्र्धन र बजार उत्तिकै महत्वपूर्ण हुन्छ
। सेवा वा वस्तुको मर्मत तथा स्थानान्तरण पनि आवश्यक हुन्छ । व्यवसायलाई
अप्ठ्यारो नपर्ने गरी रकमलाई फ्लो गर्नुपर्छ, जसले गर्दा आफ्नो व्यवसाय पनि
निरन्तर रूपमा चलोस् । बुद्धिमतापूर्वक रकम व्यवस्थापनका दुई तरीका छन् ।
आफ्नो सेवा वा वस्तु विक्री गरी उपभोक्ताबाट रकम प्राप्त गर्न सकिन्छ ।
यसबाट आम्दानी हुन्छ । त्यस्तै, व्यवसाय सञ्चालन गर्न नवप्रवर्तन, तलब,
दैनिक कार्यसम्पादन लगायतमा रकम चाहिन्छ । यसबाट खर्च हुन्छ ।
उपभोक्ता केन्द्रित होऊ
जे काम गरे पनि उपभोक्तालाई केन्द्रमा राख्नुपर्छ । अझ घरेलु वा लघु
व्यवसायमा त यो नभई नहुने विषय हो । किनकि, यस्तो व्यवसायमा अन्यसँग
प्रतिस्पर्धा गर्नु वा जित्नु महत्वपूर्ण हुँदैन । बरु उपभोक्ताले मन
पराउने सेवा वा वस्तुको तयारी भने महत्वपूर्ण हुन्छ । किनकि, तिमीले
उत्पादन गरेको सामान उपभोक्ताले मन पराएमा व्यवसाय वृद्धि हुन्छ । मन
पराएनन् भने घट्छ । त्यसैले, उपभोक्ता नै तिम्रो व्यवसायका निर्धारक हुन् ।
यसकारण पनि कम्पनीको नीति, वारेण्टी, ग्यारेण्टी, पेमेण्ट सेवा, सेवा
प्रवाह अवधि, विज्ञापन, प्रवर्धन क्याम्पेन र वेबसाइटसमेत उपभोक्तामा
केन्द्रित हुनुपर्छ । यसबाहेक उपभोक्तालाई सबै किसिमबाट बुझ्न जरुरी हुन्छ ।
‘आफ्नै’ प्रवर्धन बन
कुनै पनि व्यवसाय सफलता पाउन उत्पादन वा सेवालाई विक्री गर्ने क्षमतासँग
जोडिन्छ । जब आममानिसले उत्पादन वा सेवालाई मन पराउँछन्, त्यो व्यवसाय सफल
हुन्छ । तर, उक्त सेवा वा उत्पादन गर्ने संस्था वा व्यक्तिबारे थाहा हुँदैन
भने सफलता हात पार्न गाह्रो हुन्छ । त्यसकारण ‘तिमी’ सफल व्यवसायी बन्न
चाहन्छौ भने आफैलाई प्रवर्धन गर । यसले फाइदै पुर्याउँछ । साथै बजार
वृद्धि गर्नसमेत सघाउँछ ।
सकारात्मक प्रभाव पार
व्यवसायलाई सफल बनाउन सकारात्मक र सम्झनायोग्य व्यवहार गर । यस्तो
व्यवहारले तिम्रो सेवा वा वस्तुका उपभोक्तालाई निरन्तरता दिन सहयोग गर्छ ।
साथै, उपभोक्ता वृद्धि गर्न पनि सघाउँछ ।
उत्कृष्ट ‘टीम’ बनाऊ
कुनै पनि व्यवसायमा एकजनाबाट मात्र सफलता हासिल हुँदैन । व्यावसायिक
कामलाई ‘टीम’ नै आवश्यक हुन्छ । कामप्रति समर्पित टीमले सफलता दिलाउन ठूलो
सहयोग पुर्याउँछ । कुनै पनि व्यवसायमा काम गर्ने सदस्यहरूमा आफ्नो
पारिवारका सदस्य, साथी, कर्मचारी र अन्य मानिस पनि
हुन सक्छन् ।
https://www.facebook.com/groups/e4nepal/permalink/10153630780540430/
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें