बाघ र स्याल
एउटा स्याल, जंगलको राजा बाघको अधिनस्थ भै उसको नोकरको रूपमा काम गर्नका लागी
सहमत भयो । केही समय सम्म दुवै जना आ- आफ्नो स्वभाव र सामर्थ्य अनुसार काम गर्दै गए । स्यालले शिकार कता छ खबर ल्याउथ्यो
बाघ आक्रमण गरी शिकार मार्थ्यो ।
दुबै जना मेहनत र सामर्थ्य अनुसार शिकार खान्थे । समय बित्दै गयो बिस्तारै
स्याललाइ इर्ष्या हुन थाल्यो की बाघले उसले भन्दा बढी शिकार खान्थ्यो उसको भागमा त
पुरा (बाघले खाएर बाँकी रहेको) मात्र पर्थ्यो । उसले आँफु बाघ संग बसेको धेरै भयो बाघको शिकार गर्ने तरीका पनि देखेको छु अब त म बाघ
भन्दा के कम छु ?
भन्ने सोच्न थाल्यो । एक दिन उसले वनमा घोषणा गर्यो - "अब उप्रान्त
बाघले होइन म शिकार गर्छु । मेरो इलाकामा बाघले हैन मैले शिकार गर्न पाउनु पर्छ ।"
बाघ संग छुट्टीए पछी अर्को दिन जब उ शिकारको लागी एउटा टन्न भेडाबाख्रा भएको एउटा
किसानको भेडी गोठमा शिकारका लागी गयो । जसै उसले भेडाको बच्चा माथी आक्रमण गर्यो, गोठालो र उसको कुकुर आइ उसैलाइ शिकार बनाए ।
"जिवनमा हरेकको आ-आफ्नै अस्तित्व छ, आ-आफ्नै स्थान तय छ, आफ्नो स्थान तय गर्नुस त्यही स्थानले तपाइलाइ रक्षा
गर्नेछ, नकी देखासीकीले।"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें