गुरुवार, 1 दिसंबर 2011

पधेरे बा को ढिब्री उद्घाटन !!!

विशाल गौतम

नयाँ नेपाल! नयाँ नेपाल!! नयाँ नेपाल!!! वि.सं.२००८/१० सालको गोर्खा पत्रको मुख्य पृष्ठमा पनि यहि समाचार थियो अनि ई.सं.को २००८/१० मा पनि यहि नारा विभिन्न पत्रपत्रिकामा छन् फरक यत्ति भो । बिक्रम संवत इस्वी सवतमा बदलियो गोर्खापत्र गोरखापत्रमा मात्र सिमित नभै कान्तिपुर, समाचारत्र, अन्नपुर्ण पोष्ट, नयाँ पत्रिका आदी आदी कति पो हुन सबैमा बदलीयो । तर मुल कुरो त भुल कुरो पो भो मेरा बाजे ले पनि सुनेको बाले पनि सुनेको आज फेरी मैले सुने कतै मेरो छोरा नातीले पनि यहि नारा पढ्न वा हेर्न के गर्न पाउने हुन । भुलेको हो भनौ भने सँधै नयाँ नेपाल भन्छन्, नभुलेको हो भने नयाँ भएको यि आँखाले नयाँ केही देखेनन् छक्क पर्नु । नयाँ नयाँ भन्दै सबै मन्त्रिले भने तर नेपाल त पुरानै पो भो । मम्मीले (मेरी आमा हाल मम्मी भाषाका हिसावले यसमा चाँही नयाँ भो क्यार) आज फेरी कता मिल्काई राखेको ढिब्री खोज्नु भो बत्ति बाल्न । मेरो हातमा थमाउदै भन्नु भो लौन बाबु यो त जाम भो बिर्को खोल्दे त ।
त्यो ढिब्री देख्दा दशक पुरानो याद आयो ५१।५२ कतिपो साल हुँदो हो मलाई त्यती सम्झना छैन ले १० कि ८ कति रुपिया लिटर हो मट्टितेल ल्याएर पित्तलको ढिब्रि कतै टुकी भन्छन होला (तर मलाई आमाले त्यही भन्नु हुन्थ्यो) मा सुतिको फाटेको सिरकको खोल हालेर दार बनाउनु हुन्थ्यो । अनि टम्म मट्टितेल हालेर बाल्नु हुन्थ्यो साँझमा हामी त्यसैमा पढ्थ्यौ । पढ्दा कहिले कपाल डढ्थ्यो कहिले कापी त्यसैले बिजुली नभएको बेला हामी त्यत्ति पढ्दैनथ्यौं कहीले काँही भएको भएर होला लोडसेडिङ्ग हाम्रा लगी बरदान थियो । त्यसैले लोडसेडिङ्ग बेला कहिले हजुरबा संग कथा सुन्थ्यौं, कहिले गित गाउथ्यौं अनि होमवर्क त फुस्सा ! कल्ले गर्न भ्याउथ्यो र ? बिहान स्कुल जाँदा मिसले गाली गर्नु हुन्थ्यो होमवर्क किन नगरेको अनि मेरो सोझो जवाफ हुन्थ्यो लाईन थेन मिस । लाईन नभए भात खाँदैनस् मिस अझ झपार्नु हुन्थ्यो ? भात त ट्क्याकै मुखमा जान्छ अधेराँ कताट आँखा देखेर लेख्नु ? म प्रति प्रश्न गर्थे मिस भन्नुहुन्थ्यो टुकी बालेर होमवर्क गर्नु पर्छ नि तिम्रो घरमा टुकी छैन ? म प्रश्न भुईमा खस्न नपाउदै  ढडेको कपाल देखाउदै भन्थे कपाल डढ्छ मिस । मेरो उत्तरमा मिस अनी अरु सबै गलल्ल हास्थे । यहि तकर्नामा थिए । मम्मीले के टोलएको भन्दा झसंग भए हातमा ढिब्री लिएँ पखाल्दा पनि धुलो त पुरै गएको रहेनछ ८–१० बर्ष कति भो यसको दर्शन नपाएको के खार झट्ट सफा हुन्थ्यो । खोल्न हात बटार्न थाले नखोलेको बर्षाै भएको सानो तिनो जोडले भुत्रो खोलिन्थ्यो । हातले नभए पछि कपडा सापो हालेर खोल्न खोजे तर खोल्न खोज्दा त आफ्नै ईज्जत खोलीयो । गालि गर्दै भन्नु भो फलामका च्युरा चपाउने बेलामा यत्रो लाठे भएर जावो ढिब्रिको बिर्को खोल्न सक्दैन । खै आजकलका ठिटाहरु । मैले भने नयाँ नेपाल हो क्या आमा नयाँ नेपाल, नयाँ ठिठा ठिटीहरु आँगमा लुगा अनि स्टाईल पो नयाँ छ बल त पुरानै १० वर्षको बच्चाको जस्तो छ । न्वारन देखीको बलले खोल्न खोजे के खोलिन्थो सानो घन थियो घरमा खोजेर बल लगाएर बिर्कोलाई बजाए । बल्ल खुल्यो रिस पनि उठ्यो जाबो नाथे ढिब्री झन धोई पखाली कत्रो ईज्जत साथ नयाँ नेपाल देखाउछु भनेर धन्सारबाट खोजेर ल्याए साले अहिले मेरै बेईजत गर्छ । खोलेर हेर्दा भित्र त बिचराको कन्त बिजोग साङ्गलाको गु मात्र रैछ बिचरा एक थोपो मट्टितलेको स्वाद चाख्न नपाएको पनि दशक पुग्यो क्यार, ल नयाँ नेपालमा तेरै आयो दिन घटेका बेला टन्न मट्टितेल खा था छैन कहिले फेरी बढेर सुघ्न पनि पाउने हो की होईन अहिले चाँही मोज गर । नयाँ नेपालमा हाम्रा दिन आएनन् तँ जस्ता ढिब्रीका दिन आए । भाग्यमा त लेरै आको र छ नी । टन्न हुने गरी मट्टितेल भरे मान्छे भए मज्जाले ढ्याउ गर्थे होलान बिचरो त्यै गर्ने पनि सार्मथ्य थिएन होला एक दिन भोकै बस्दा त हाम्रो हालत पानिमा रुझेको बिरालो जस्तो हुन्छ बिचरा १० बर्ष भन्दा बढिको भोको । ज्वाई भएर जनै पुर्णेमा गएको भए लोटा कुच्याउने थियो होला ढिब्रीले । बल्ल रेडी भो नयाँ नेपालमा पुरानो ढिब्रीको नयाँ युग । दार पनि रेडी नयाँ कपडाको अनी मट्टितेल पनि नयाँ ७० ।८० रुपियाको उस बेलाको भन्दा ६।७ गुणा महंगो । ढिब्री पनि मख्ख भए जस्तो लाग्यो कता कता धन्यबाद दिएको पो होकी जस्तो । सबै कुरा त रेडी भो तर सुरु गर्ने कसरी हजुरबाको पालको पुरानो ढिब्री बल्ल बल्ल भेटीएको खोज्न पनि संग्राहलयमा जानु पर्ने पो हो कि जस्तो बेलाको ढिब्री त्यस्सै कसरी बाल्नु बिना कुनै ताम झाम बिना कुनै हल्ला खल्ला बाजे बराजुको पालको ढिब्री । प्रेत बनेका हजुरबाले पनि गाली लर्गान की भन्ने पिर । मेरो नासो त्यसै बाल्छौ केही त गरो भन्लान भन्ने पिर । सोचे टोलका मुखीयाबा लाई नै बोलाउ की उद्दघाटन गर्न । त्यही बेला पल्लो घर भुन्टेको दशक पुरानो बेटरी वाला रेडियो बज्यो टि.भी. त बत्ती आपो हेर्नु । हिजो बनाउदै थ्यो क्या आज बजाउन भ्याएछ बज्जेले सुनाको छ रेडियो कस्सैका नभको रेडियो । आँफुले टि.भी आयो केवुल आयो भनेर लात हानेको रेडियो अहिले त बजाराँ खोज्न जाँदा पनि पाउन गाह्रो । भुन्टेले टि.भि किन्न नसकेर राखेको रेडियो अहिले शान दिएर बजाको छ बज्जे ! मन मनै रिस पनि उठ्यो साले शान देखाको छ झन लाईन त जाँनै हुँदैन चर्को चर्को बजाउछ । सुनाको होलानी हाम्रा रेडियो छ भनेर । आफ्ना भको नाथे टि.भी.बरु यो टि.भी.लाई नै संग्राहलयमा राख्नु पर्ला जस्तो । यहि ढिब्री बालेर हाम्रो पुरानो नेपालमा बिजुलि ले चल्ने टिभि पनि थ्यो भनेर छोरा नातीलाई देखाउन हुन्थ्यो । बिचरा कतै त्यै पनि देख्न नपाउलान भन्ने पिर । साँझ पर्दै थियो साँझ बत्ति बाल्ने बेलामा लाईन गो भुन्टेलाई के चाहियो र बजायो बज्जेको ३५ साले रेडियो समाचार आ रै छ मुख्य समाचार न मुख्य समाचार न केही सोझै सम्चार भने हाम्रा मुख्याबा त उद्दघाटनमा नजाने रे ! लौ प¥यो फसाद तोरीको फुल देँखे मैले अब के गर्ने उद्दघाटन तिनलाई नै गराउला भनि तोरीको तेल दलेर चिल्लो राम्रो पारेको ढिब्री अब कता बाट उद्दघाटन गर्ने कसलाई बोलउनी होला । अलि अलि भएको दिमाग खियाउन थाले धेरै भएपो फ्याट आउथ्यो । उद्दघाटन त गर्नै पर्छ । कसरी गर्नी लौ प¥यो फसाद त्यै बेला पधेरेबा आए पसिनाले हो की पानीले हो निथु्रक्क भिज्दै मैले बिन्ती बिसाए । ल पंधेरेबा मेरो  बाजेको पालाको ढिब्री उद्दघाटन गर्नु प¥यो । बुढा खुसि हुँदै भने लौ ठिक छ केटा म गर्दिम्ला बरु कति खेर हो चाँडै गर म अन्त नी जानु छ उद्दघाटना मख्ख पर्दै उने भने । मैले भने पधेरेबा तपै त पानी बनाउन जानु पर्ने घट्ट चले छैन रे उद्दघाटनमा मात्र हिडेर हुन्छ ? बुढा हास्दै भने मलाई तिमेरुले के लाई चुनेका त यै उद्दघाटन अर्नी भनेर हैन काम त मेरो सचिव छ नी त्यसैले गर्ला नी । मत संकटकाल भो र टुकी आयात गरो भन्न आको । म ट्वाल परे । खै ले सलाई म टुकी बालेर जान्छु उता बिर्खे काँ नी उद्दघाटन अर्नु छ । मैले भने सलाई त बनेपो देशमा उद्योग जति बन्द यी चाइना बाट ल्याको लाईटर छ बत्ती नि बल्नी आगो नि पर्नी । बरु पख्नुस बा ताली बजाउनी मुन्छे नी चाइयो । मैले ओल्लो घर पल्लो घरकालाई बोलाए सबै आए ऐतिहासिक ढिब्री उद्दघाटनमा ढिब्री बाल्दै पधेरे बाले भने ल संकटकाल लागी गो यै ढिब्री बाल्नु बरु ढिब्रीको क्यै बिग्रो भने मेरा कर्मचारीछन उनकाँट यसका पाटपुर्जा किन्नु हामी नयाँ नेपाल बनाउनी भनेर तिमेरुले पठाका लौ हेर त्यो चिम कति महंगो थ्यो यो एउटा ढिब्री ले बर्षाै चल्छ । लौ भन हाम्ले बनाएनौ त नयाँ नेपाल । सबैले ताली पिटे लौ हाम्रो नेपाल नेचुरल्ली नेपाल नयाँ नेपाल । पँधेरेबा हतार हतार गए बिर्खेको मा अर्काे ढिब्री उद्दघाटनमा । मैले पनि टुरिजम बोर्डको नारा सम्झे लौ नयाँ नेपाल ‘‘नेचुरल्ली नेपाल” कैले तेल छैन ,कैले बीजुली आकसमा हेर्दै भने हजुरबा लौ तपाईको ढिब्रीको उज्यालोमा हेर्नुस हाम्रो नयाँ नेपाल । आकासको जुन हेर्दै मनमनै सोचे धन्न भगवान आकासमा जुन त छ हाम्रो नेपाललाई नै भनेर भगवानले बनाए जस्तो बिचरा नेपालीहरु बत्तिबाल्न पाउन्नन् भनेर हो की ! ढिब्रीको पिलपिल संगै फेरी प्रश्न उठ्यो यो जुन पनि नभएको भए ? 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें