गुरुवार, 26 जनवरी 2012

CAN मेला सुरू

१८ औँ क्यान इन्फोटेक मेला-२०६८ आजदेखि राजधानीमा सुरु हुँदैछ । भृकुटीमण्डमा ६ दिनसम्म चल्ने मेलाको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदघाटन गर्ने कार्यक्रम छ ।


कम्प्युटर एसोसिएनस अफ नेपाल (क्यान) का उपाध्यक्ष किशोर पन्तले प्रयोगकर्ताले चाहेअनुसारको इन्टरनेट सुविधा मेलामा उपलब्ध गराइने जानकारी दिनुभयो । मेलामा स्टल राखेका इन्टरनेटसेवा प्रदायकहरुले आक्रमक रुपमा ग्राहक बढाउने गरी सेवा दिइने दाबी गरेका छन् । आगामी १७ माघसम्म सञ्चालन हुने मेलामा १ सय १८ कम्पनी, १५ अफिसियल, ९ वटा प्रायोजक, फुडकोर्ट
र रेडक्रसका गरी कूल २ सय २४ वटा स्टल रहने पन्तले बताउनुभयो । पाण्डेले मेलामा २ सयभन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीका ल्यापटप, कम्प्यटुर र मोबाइललगायतका सामग्री राखिने पाण्डलेले बताउनुभयो ।

मोबाइल, प्रदर्शनी अवलोकनका लागि आउने दर्शकको सुविधालाई मध्यनजर गर्दै प्रदर्शनीस्थलमा दुईवटा प्रशेवद्वार बनाइएको आयोजकको भनाइ छ । क्यान उपाध्यक्ष पन्तका अनुसार एउटा द्वार विशेष व्यक्ति र एउटा सर्वसाधारणले प्रयोग गर्नेछन् । मेलाकै अवधिमा ‘सबैका लागि इन्टरनेट’ भन्ने नारासहित सूचना प्रविधि सम्मेलनसमेत आयोजना गरिने भएको छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें