शुक्रवार, 24 फ़रवरी 2012

लेखनाथ जेसीजको पदस्थापना सम्पन्न



 लेखनाथ ११ फागुन

 लेखनाथ जेसीजको १३ औं शाखा अधिवेशनवाट वर्ष २०१२ का लागि सर्वसम्वत रुपमा चयन गरिएका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

 नेपाल जेसीजका निरुपीत कार्यकारीणी उपाध्यक्ष राजेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जेसीज परम्परा अनुसार वर्ष २०१२का अध्यक्ष विवेकलाल श्रेष्ठलाई वर्ष २०११ का अध्यक्ष नविन प्रसाद वास्तोलाले पद हस्तान्तरण गरी पद तथा गोपनियताको सपथ गराएका थिए । भने बर्ष २०१२ का अध्यक्ष विवेकलाल श्रेष्ठले आप्mना कार्य समितिका सदस्यहरुलाई
सपथ गराएका थिए ।

 सोहि अवसरमा लेखनाथ जुनियर जेसीजका वर्ष २०११का अध्यक्ष कृष्ण कडेलले वर्ष २०१२का अध्यक्ष राजन परियारलाई पद हस्तान्तरण गराएका थिए।

 कार्यक्रममा नेपाल जेसीजका निरुपीत कार्यकारीणी उपाध्यक्ष राजेन्द्र पौडेलले देशमा शान्ति र शुसान कायम गर्नका लागि शान्ति संविधान अपरीहार्य भएको तर्क राख्दै राजनितीक दल र नेताहरुलाई दवाव दिनका लागि अव युवाहरुको साझा सस्था जेसीजले अग्रणी भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए ।

 लेखनाथ जेसीजका अध्यक्ष विवेकलाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष पशुपति शर्माले जेसीजले सरकार र सत्ताको लागि होईन देशमा शान्ति शुसानका लागि देशभर जागरण अभियान ल्याउने तयारी गरिरेको विचार राखेका थिए ।

 सोहि अवसरमा लेखनाथ नगरपालिकाका कानुनि सल्लाकार राममणि अधिकारी, लेखनाथ जेसीजका सस्थापक अध्यक्ष वावुराम जमरकटेल,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भटराई,पोखरा जेसीजका अध्यक्ष सन्तोष पोख्रेल,व्यास जेसीजका अनिल श्रेष्ठ,शुक्ला गण्डकी जेसीजका भीमप्रसाद सुवेदी,लम्जुङ जेसीजका खेमराज तामाङ,लेखनाथ जेसीजका पुर्व अध्यक्ष एल के शर्मा, लक्ष्मी त्रिपाठी, नेत्रपाणि वास्तोला, हरिप्रसाद लामीछाने, सुरेन्द्रराज अधिकारी,नरेन्द्र वास्तोला सुरजजङ राणा र ऋषिराम जमरकटेल,संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,स्थानीय समाजसेवी नन्दवहादुर गुरुङ,कार्यक्रम संयोजक तथा लेखनाथ जेसीजका कार्यकारीणी उपाध्यक्ष विनोद प्रसाद लामिछाने र लेखनाथ जेसीजका महासचिव नरेन्द्रराज वराल लगाएतले आ आफनो धारणा राखेका थिए ।

 कार्यक्रममा हरेक वर्ष वितरण गरिदै आएको पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीद्धारा स्थापीत दिनानाथ अवार्डवाट वर्तमान कार्यसमितिका सल्लाहकार रामचन्द्र सुवेदी र नेत्रपाणि वास्तोलावाट स्थापना गरिएको अमृता सम्मेलन अवार्डवाट जेसीज भन्दा वाहिर रहेर जेसीजलाई सहयोग गर्ने प्रकासमणि भण्डारीलाई अवार्ड प्रदान गरिएको थियो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें