Saturday, March 26, 2016

गाइलाइ लक्ष्मी बनाउने की यमराज बनाउने ?


हिन्दु धर्ममा गाइको फ्नै महत्व छ । लक्ष्मीको रूपमा पुजा गर्ने देखी अन्नको जोहो गर्न अमृत रूपि दुध बेच्ने पनि गरिन्छ । बालक तथा बृद्धहरूका लागि भैंसीको भन्दा गाइको दुध सुपाच्य हुन्छ । अझ अहीले त व्यवसायिक गाइ पालन गरेर लाखौं देखी करोड कमाउने व्यक्तिहरू पनि नेपाल मै छन । विदेशबाट सिप सिकेर नेपालमा त्यसको सदुपयत्रग गरी व्यवसायिक रूपमा देश मै पसिना बगाएर गाइपालन बाट लक्ष्मी बनाउने क्रमले परम्परागत यो पेशा धुनीक अनी र्थिक रूपले सुनको फुल पार्ने कुखुरीको रूपमा बिस्तारै सुरू हुँदै छ । हामी कृषि प्रधान देशका नागरीक हरूका लागि यो भन्दा राम्रो के हुन सक्ला ? निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ । नजानीकन लाग्दा फस्ने सम्भावना धेरै हुन्छ । थोरै लगानीमा गाई पालन सुरु गर्नेले बाच्छा बाच्छी भन्दा दुहुना गाई पाल्नु राम्रो हुन्छ । अहिले जर्सी गाई ७० देखि ८० हजार रुपैयाँ पर्छ भने होलस्टेनको एक लाखदेखि एक लाख बीस हजार रुपैंयासम्म पर्छ । किसानलाइ त्यो एकलाख लाइ कसरी दश लाख बनाउने ध्याउन्न सवार हुन्छ । अनि सुरू हुन्छ लक्ष्मी रूपी गाइको यमराज बन्ने यात्रा !
गाइ लक्ष्मी बाट कसरी
यमराज ? प्रश्न उठ्न सक्ला माथीका प्रसंगबाट थाहा पायौं गाइ साच्चै नै लक्ष्मी हुन । हामीले पुजा पनि गर्छौ मल मुत्र, दुध सबैको उपयोग पनि स्वास्थ अनि खेति बारीका लागि पनि गाइको सबै चिज प्रयोगमा उछ । अझ योग ऋषि रामदेब तथा बालकृष्ण जी को पतन्जलीले गौं मुत्र लाइ गो धन अर्क का रूपमा वोतलमा राखेर दम लगायतको उपचारका लागि पिउन मिल्ने गरी बजारमा बेची रहेको छ । यसरी हरेक तबर बाट लक्ष्मी फलाएको गाइ अनी फेरी कसरी यमराज भयो ?
यमराज हुने २ वटा पाटा छन । एउटा पाटो हो अन्धाधुन्द षधीको प्रयोग । पहिलेका गाइहरू वनमा दिनभर चर्न जान्थे । जंगलि जडिवुटी खान्थे, चरन राम्रो थियो, मुलको पानी पिउथे । रोग ब्याध कम हुन्थ्यो । षधीको नाममा गाइ धनि ले बेला बेलामा चरन स्थलको ढुंगामा ढिका नुन लगेर राखी दिन्थे । त्यो भन्दा बेसी केही हुँदैनथ्यो । अहिले दुध बढाउन कृत्रिम क्यालसियम, कृत्रिम मिनरल, अनि हरेक ३ महिनाम जुका वा माटेको षधी । शरिरको क्षमता भन्दा बढी दुध झार्नका लागि प्रयोग गरीएका मिनरल, भिटामीनले न भ्याए पछी बिमार भएका गाइहरू लाइ जित सक्दो चाँडो दुहुन मिल्ने बनाउन अन्धाधुन्द प्रयोग गरीने एन्टिवायोटिक्स । अब यो एन्टिवायोटिक र जुका माटेका षधी खुवाए पछी कम्तिमा ३ देखी ७ दिन सम्म दुध उपयोग गर्न हुँदैन । के लक्ष्मी कमाउने ध्याउन्नमा किसानले ७ दिन सम्म त्यो दुध फाल्न सक्छ । हरेक दिन हजारौं को नोक्सान सहन सक्छन ? त्यो बिषाक्त दुध फेरी हाम्रै चियाको वा कफिको कपमा या फेरी चम्चा हुँदै शिशुको भोक मेट्न भान्छा सम्म इ पुग्छ । हामीले कहीले सोचेका छौं सात दिन सम्म दुध फालिएको छ वा त्यो एन्टिवायोटीक र केमीकल वा रोग निस्कासन हुँदै गर्दाको दुध पिएका त छैनौ? (कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक केशवप्रसाद प्रेमिले विगतमा सरकारले उत्पादन बढाउन विषादियुक्त औषधिको प्रयोगमा जोड दिएकाले समस्या आएको बताउँदै अब विषादी प्रयोगमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले पशुमा गरिने एन्टिवायोटिक औषधीको प्रयोगबाट विश्वमा प्रतिवर्ष ५० लाख मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै डेनमार्कले पशुमा एनिटवायोटिक औषधि प्रयोगमा प्रतिवन्ध लगाइ सकेको बताए । उनले विश्वमा ८० प्रतिशत पशुपालनमा एनिटवायोटिक प्रयोग भइरहेको जानकारी दिदै नेपालमा प्रतिवर्ष आठ लाख मेट्रिकटन एनिटवायोटिक औषधिको आयात भइरहेको बताए । http://baahrakhari.com/np/2016/03/16/7151/ ) यसरी बिषाक्त दुध पिएर विस्तारै हामीले यमराजको ढोका ढक्ढकाउदै त छैन?  होस गर्ने बेला भएको छ ।  
समाधान के हुन सक्छ त? बिषादी बिना सकेसम्म प्राकृतिक तबरमा उपचार गर्ने, एन्टिवायोटिक्सको सट्टामा अरू सामान्य षधीको विकल्प सरकारले दिन सक्नु पर्छ सरकारी सुविधाको जटिल प्रक्रियामा नगई नेपाली किसान आफनै तरिकाबाट व्यावसायिक रूपमा अर्गानिक कृषि, पशुपालन, माछापालन आदि व्यवसाय शुरू गरेका छन्। विस्तारै विकसित भई रहेको अर्गानिक खेती आकर्षणको केन्द्र बन्दै गई रहेको छ र यसमा संलग्न भै रहेका किसानहरू पनि संगठित व्यवसायमा रूपान्तरण गर्दै छन्। बिषादि कृषि उत्पादनको दुषित प्रभावबाट बच्न अर्गानिक कृषि उत्पादन प्राप्त गर्न ग्राहक संख्या बढि रहेकाले किसानहरू आफनो उत्पादनको आकर्षक मूल्य पाई रहेको कारणले पनि अर्गानिक खेती निर्वाहमुखी बन्न गएको छ। किसानको उत्साह बढेको छ र यसले अरूलाई यो पेशा गर्न आकर्षित पनि गरेको छ।
कृषि पेशाको बिषादी रहीत योजनामा पशुपालनलाइ पनि जोडेर सरकारलाई कृषी नीतिबारे गम्भीर भई सोच्नु र परिवर्तन गरि समय सुहाउँदो नीति तर्जुमा गरि  बिषादी वा एन्टिवायोटिक्सको विकल्प दिइ देशको विकासको गतिलाई निर्विरोध अगाडि बढाउनु पर्दछ।
अर्को पाटो के होला त सोच्नु भएको छ ? पहिलो पाटोमा अप्रत्यक्ष यमराजका रूपम देखीएको गाइ यस पाली अटेरी, ठालु, अनि जिद्दी रूपमा सडकमा नै इ पुग्छ । हो सडकका छाडा गाइगोरू ! यमराजकै रूपमा इ पुग्छन । गाइ पुजा गरेर पाल्ने अनि दुध दिन छाडे पछी, अति बरामी भए पछी, नब्याउने भएपछी, गाइले बाच्छा जन्माए पछी बाच्छा र बहरहरू बिशेषतः बाच्छाहरू पाल्न गाह्रो हुने र दुधको लोभमा माउ संग एक दिन पनि नराखी सडकमा छोड्ने गरीन्छ । अनि सुरू हुन्छ शहरमा छाडा यमराजहरूको राज । ठुला सवारी दुर्घटनामा परेर जोगिए पनि साना सवारी चालकहरू जोगिन मुस्कील हुने र यही दुर्घटनाका कारण यो सन्सार छाड्न विवश हुन्छन । कति पय अवश्थामा ट्राफिक प्रहरी हरूलाइ ट्राफिक समेत यि गाइगोरूहरूको व्यवस्थापन फलामको च्युरा चपाउनु सरह हुन्छ । सवारी चालकलाइ पनि गाइको अनि फ्नै ज्यान जोगाएर सवारी चलाउन हम्मे हम्मे पर्छ । सँधै त्यसरी बचेर हिड्ने सौभाग्य पनि हुँदैन ।
फेरी दुर्घटना बाजा बजाएर पनि त उदैन । कति चिनजानका मानिसहरू यसैका कारण दुर्घटनामा परेको वा ज्यान गुमाएको पिडा महसुस गर्नु भएको छ होला । अनि सोच्नु हुन्छ यसरी गाइगोरू छाडा छोड्न नहुने । सत्तो सराप पनि गर्नु भएको होला । यसरी पुज्य गाइ कसरी यमराज बन्यो भनेर । यसरी छाडा कसरी हुन्छन त पुज्य गाइगोरू हरू ? पैसा कमाउन्ने ध्याउन्न एउटा ठुलो कारण हो अनी देशको छाडा कानून । भैंसी वा अरू जनावरका कारण सडक अस्तव्यस्त भएको सुन्नु भएको छ? अहँ त्यो खबर सुन्नु पुर्व नै तात्तातो मःम वा पिरो छोयला ले जिब्रो डामी सकेको हुन्छ । अनि ह्वाइ ह्वाइ गर्दै गफ गर्दैमा फुर्सद हुँदैन । तर नेपालको कानून वा हिन्दु धर्म बाहुल्य भएको मुलुकमा त्यो सम्भावना शुन्य छ । तर त्यो भन्दैमा अरू विकल्प नभएको होइन के के हुन सक्छ त पुज्य लक्ष्मी रूपि गाइलाइ यमराज बनेर सडकमा निस्कन नदिने विकल्प ।
गाइको संख्या गणना गर्ने ! लौ कसरी सम्भब छ त गाइको संख्या गणना गर्न ? प्रश्न उन सक्छ । नगरपालिका र जील्ला पशु सेवा कार्यालयले चाहने हो भने सम्भब छ । अहिले पालिएका र छाडा छोडिएका अधिकांश गाइगोरू हरू विकासी जातका हुन । यसको प्राकृतिक गर्भाधान को सम्भावना शुन्यप्राय छ । यसको मतलब तालिम प्राप्त पशु स्वास्थ कर्मीले कृत्रिम गर्भाधान गराउँछन उनिहरूले त्यसको रेकर्ड पनि राख्छन । अब थप के गर्नु पर्ने भयो भने त्यो रेकर्ड राखीएको किसानको गोठमा गाइले के जन्मदियो बाच्छा वा बाच्छी ? त्यसको अवश्था कस्तो छ ? बाच्छी भएमा किसानको मा खुसी छाँउछ अबको २ देखी ३ बर्षमा अर्को एक लाख रूपैँया थपियो । तर बाच्छा पाएमा ? के गर्ने न त्यो विकासी बाच्छो जोत्ने काममा उँछ न राँगो जसरी अरू उपयोगमा । शहरमा जोत्ने जग्गा कता छ र फेरी ? ट्रयाक्टरले सबै काम सकेको छ । भारी बोक्ने देखी जोत्ने सम्म । किसानको रेकर्डमा बाच्छा वा बाच्छी थप्ने । मरेको छ भने पनि कसरी मर्यो वा खरीद गरेर नयाँ गाइ ल्याए त्यसको पनि रेकर्ड राख्ने । मरेको पशु लाइ गिद्ध संरक्षणमा उपयोग गर्न पनि मिल्छ । यसले पशु बिमा लाइ पनि मद्दत गर्छ । छाडा छोड्ने प्रबृत्ति पनि रोक्न मद्दत गर्छ । नगरपालिकाले जन्म र मृत्यु दर्ता गरे जसरी पशु (बिशेष गरी गाइको) को पनि जन्म, मृत्यु र बसाइसराइ यानेकी बिक्रीको रेकर्ड पनि राखीदिने हो भने र राख्नु अनिवार्य बनाउने हो भने बास्तबिक किसानको र गाइहरूको तथ्यांक उने थियो । भबिष्यमा छाडा पशुको लगि ठुलो बजेट अनि व्यवस्थापन को झन्झट लिनु पर्ने थिएन । नगरवासी हरूले पनि जोखीममा सडक यात्रा गर्नु पर्ने थिएन । नगरपालिका र स्वास्थ कर्मी जाँदा रेकर्ड अनुसार गाइ भेटीएन भने जति वटा गाइको संख्या तलमाथी पर्छ त्यती गाइको व्यवस्थापन गर्दा लाग्ने शुल्क जरिवाना लगाउन सकिन्छ । जसले रेकर्ड हराउने वा नराख्ने सम्भावना न्युन हुन्छ । अलिकति दुख किसान अनी सरकारी कर्मचारीले गर्ने हो भने हाम्रो सडक यात्रा सुरक्षित हुन्छ । कसैले अकालमा ज्यान गुमाउनु पर्दैन ।
बाच्छा, बहर वा गोरू वा बिरामी पशुको व्यवस्थापन (गौ व्यवस्थापन योजना )  अहीले शहरमा छाडा देखीएका गाइ बस्तु लाइ निकुन्ज वा ठुलो बन क्षेत्रमा उपचार पश्चात छाड्ने, गिद्ध संरक्षणमा उपयोग गर्ने गरी योजना बनाएर व्यवस्थापन गर्न सकिन्छ । चरन, पानी अनि त को व्यवस्था गरेर ठुलो बन क्षेत्रमा छाड्दा समस्या केही बर्षका लागि समाधान हुन सक्छ । या बर्दीया चितवन लगायतका निकुन्जमा छाड्दा बाघ वा मांसाहारी जनावर को संख्या बढाउन पनि काम लाग्न सक्छ । यसरी केही हद सम्म प्राकृतिक तबरले गौ व्यवस्थापन योजना अनुसार छाडा गाइ, चौपायाको समस्या समाधान गर्न सकिन्छ । बाँझो गाइ, दुध दिन नसक्ने गाइलाइ गाइपालनको निम्ति केही रकम सम्बन्धित गाइ फार्म बाट लिएर नेपाल बाट लोपोन्मुख गिद्ध बचाउन पनि प्रयोग गर्न सकिन्छ यसले किसानलाइ धार्मीक हिसाब बाट गाइ मार्ने वा छाडा छोड्नु पर्ने बाध्यता वा पापबाट बचाउन पनि सकिन्छ ।  


यदी यसो गर्न सकिदैन वा यसरी व्यवस्थापन गर्नका लागि पैसा तिर्न सकिदैन भने कुनै पनि किसानलाइ गाइ पाल्ने हक हुँदैन । या कानून नै संसोधन गरेर गाइ फार्महरूलाइ गाइ मार्ने अनुमति नै दिनु पर्ने हुन सक्छ । के यसकालागि गाइपालक किसान तयार छन ? सरकार तयार छ? हिन्दु धर्मालम्बी तयार छन? गाइ वा छाडा चौपाया का कारण दुर्घटनामा पर्ने परिवार वा फन्त गुमाउने परिवार तयार छन? छैनन भने गौ व्यवस्थापन योजनाका लागि केही रकम खर्च गर्न अवश्य तयार हुनै पर्छ। अन्यथा मुखमा राम राम बगलीमा छुरा भै गो नी हैन र ? अनि निकुन्जका बाघ, लोपोन्मुख गिद्ध, व्यवस्थित अर्गानिक गाइ फार्म सबै देखाएर न्तरीक वा बाह्य पर्यटन, दुधको निर्धक्क व्यवसायबाट हुने म्दानीले गाइलाइ लक्ष्मी नै बनाइ पुजा गरी राख्ने कि सडकमा छाडा छोडेर यात्रु, ट्राफिक प्रहरी को टाउको दुखाउने, दुर्घटना निम्त्याउने यमराज ? जिम्मा हाम्रै