
समृद्धि, राष्ट्रबाद र युवा
हालैका
दिनमा सबैको ध्यान खिच्ने, धेरै बोलिने र सुनिने शब्द हुन
राष्ट्रिय समृद्धि अनि राष्ट्रबाद । यसलाइ गुडाउने, चलायमान
बनाउने र लक्षमा पुग्न मेहनत गर्ने शक्ति सामर्थ्य र जोश भएका मानविय जमात हुन
युवा । अझ हाम्रो सामाजीक परिभाषामा १८ देखी ४० सम्मका मानवहरू नै युवा हुन ।
नेपाल एकिकरण गर्दा पृथ्विनाराण शाह कति बर्षका थिए? हाम्रै
देशका नेताहरू जुन अहिले सत्तामा र सत्ताको वृत्त वरीपरी घुमीरहेका छन । ७ सालको
क्रान्ती गर्ने बेलामा ३६ सालको क्रान्ती र ४६ सालको आन्दोलन
सम्म युवा नै थिए । तर मुल समस्या प्रजातन्त्र, लोकतन्त्र,
गणतन्त्र जे भने पनि त्यही ल्याउनका लागि सारा जवानी र उर्जावान समय
खर्च गरे । त्यसको ब्याजको लोभमा अझै बुढो गोरूले झै ठाँउ ओगटी रहेका छन । भने हामी जस्ता उर्जावान युवाहरू तिनैलाइ गालि गर्दै देश
बनेन र समृद्ध हुन सकेन भनेर उच्च शिक्षा, रोजगार र
व्यवसायका लागि खल्तिमा पासपोर्ट बोकेर विदेश धाइ रहेका छौं । पाए सम्म नेपाल नफर्कने गरी उतै घरजम गरेर बस्ने मनसायमा पनि छौं । भरखरै ७२ सालमा भएको दुखद प्राकृतिक प्रकोप र भारतिय नाकाबन्दी पछि
अर्को कुराले पनि सबैको ध्यान मोडेको छ त्यो हो राष्ट्रबाद । धेरै मध्य केही युवा
यसैको पछि लागेका छन । त्यसलाइ जानिदो नजानिदो गरी लाभमा बदल्न राजनितिक दलहरूले
बिभिन्न तिकडम हरू अपनाइ रहेका छन । हामी प्रयोग भै रहेका छौ।
नेपाल
कृषि प्रधान देश, जलश्रोतको धनी देश, बुद्ध,भृकुटी, अरनिको र सिताको
जन्मभुमी, सगरमाथा लगायत बिश्वका १० मध्य ८ वटा उच्च हिमाल
भएको देश पर्यटकको लागि स्वर्ग जस्तै देश, जल, जमिन र जडिबुटीको भरपुर उपयोग गर्न सकिने देश । हामी समृद्ध छैनौ र ? यतिका श्रोत, इतिहास
र गर्वलायक तथ्य अरू कुनै देशमा छ र? र पनि हामी कसरी
गरीब ? कसरी हामी कम्जोर ? हामी कमजोर भयौ किबनाइयौ ?
नेपाल
को एकीकरण पछि जारजरकोटमा रहेको हतियार बनाउने बस्तिमा रहेका
हतियार बनाउन सिपालु कामदारहरूको हात काटेर
