उपभोक्तालाइ सुपथ मुल्यमा गुणस्तरीय प्रांगारीक उपज ढुक्क सँग उपभोग गर्ने बातावरण तयार गर्नका लागि तथा रासायनिक उपजको प्रयोग घटाउन प्रमाणीकरण गरीएको कृषि उपज उपयुक्त विकल्प हुन सक्ने सो कार्यशाला गोष्ठी पछी कृषक हरूले बताए ।
द बजार कृषि सहकारीका अध्यक्ष तुल्सी गिरीले यो कार्यशालाले छिट्टै नै यस प्रकृयालाइ मुर्त रूप दिनेमा आँफु ढुक्क रहेको बताउनु भयो भने डेभ्लपमेन्ट भोयजका अध्यक्ष टंक राज सुवेदी, तालिम तथा शिक्षा ब्यवस्थापक अनिल सिंखडाले कार्यशाला पश्चात कृषक हरू प्रमाणिकरणमा लाग्ने र नेपालको पहिलो PGS द्वारा प्रमाणित समुह हुने विश्वास व्यक्त गर्नु भयो ।
सहकारीका सचिव विशाल गौतमले यस प्राणालिका लागि चाहिने सामाग्रीहरू तथा कुल लागतको ५० प्रतिशत हिस्सा किसानलाइ सहकारीले नै प्रदान गरिदिने भएको हुँदा थप आर्थिक भार बाट समेत किसान मुक्त हुने भएकोले उपभोक्तालाइ समेत यसले प्रत्यक्ष फाइदा पुग्ने वताउनु भयो । व्यवस्थापक सुरज सुवेदीले यो केवल किसानका लागि मात्र नभइ उपभोक्ताको लागि समेत खुसिको कुरा भएको हुँदा बजार कृषि सहकारीको मुल मर्म किसान र उपभोक्तालाइ नजिक ल्याउने र बजारीकरण प्रकृयामा साझेदारका रूपमा एउटै थलोमा ल्याउन समेत मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।
समापन कार्यक्रममा जिल्ला कृषि सहकारी संघ, किसान समुह, कफि, तथा कृषि सरोकार समुहहरूको सहभागीत रहेको थियो । समापनको निचोडमा सरोकारवाला समुहको अगुवाइ जिल्ला कृषि विकास कार्यालयले गर्ने र त्यसका लागी सचिवालयको भुमीकामा रहन द बजारलाइ आग्रह गर्दै कृषि विकास कार्यालयका बालि संरक्षण अधिकृत धनबहादुर रानाले कास्कीलाइ PGS बाट प्रमाणीकरण गरीएको पहिलो जिल्ला बनाउन सम्बद्ध सबैलाइ आग्रह गर्नु भएको थियो । कार्यक्रममा MDO, USC CANADA, NEST, LI-Bird, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालक कास्की, कास्कीका अगुवा प्रांगारीक कृषकहरू लागायतका सरेकारवाला समुहका प्रतिनिधिहरूले प्रमाणीकरणमा निरिक्षण समितिमा वसी सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नु भएको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें