भोट कसलाइ हाल्ने ?
आँफुलाइ देशको निर्माता ठान्ने आज देशमा भएको विकास
कांग्रेसको १२ बर्षको शासनकालमा भएको भन्ने, प्रजातन्त्रको सच्चा हिमायती भन्ने कांग्रेसलाइ ?
तर कांग्रेसले के बुझ्न जरूरी छ भने यि त स्वत भएका विकास
हुन त्यो १२ बर्षमा रेल्वे लाइन, पुर्व पश्चिम पहाडी राजमार्ग, ५ देखी ७ वटा कुलेखानी बनाएको भए बल्ल हामीले गरेको विकास भन्न सुहाउथ्यो ।
हाल नेपालमा भएको विकास त २ वटा तातो ग्लासको विचमा एउटा चिसो ग्लास राख्दा अलि
अलि तातो त भै हाल्छ नी त्यस्तै हो । एउटा १२ प्रतिशत को GDP वाला चिन एउटा ८ प्रतिशत वाला भारत अनी । देशलाइ १२
देखी १८ घण्टा लोडसेडिङ दिएर देशको अर्वौ रूपैयाँ दैनिक घाटा गराउने कांग्रेसलाइ
भोट दिने ? जसका धेरै नेता
भ्रष्टारीका रूपमा डामीएका छन जो जेलबाट निस्कदा फुलमाला पाउछन उसलाइ ?
आँफुलाइ कम्युनिष्ट भन्न रूचाउने, ९ महिने शासनकालमा भएको विकास ले गाँउ वस्ती हुँदै
नेपाल अघी बढेको हो । बृद्ध बृद्धाले सम्मान पाएको भन्न रूचाउने एमालेलाइ ?
तर एमालेले के बुझ्न जरूरी छ भने हरेक निर्णयको विचमा वसेर
देशले निकास पाँउदैन झन खाडलमा जान्छ । स्पष्ट धारणा र निर्णय हुनु जरूरी छ । कम्युनिष्ट भन्न रूचाउने तर फरक विचार राख्ने नेता कार्यकर्तालाइ कारबाही गर्ने । पार्टी फुटाउने, फुटेको जत्थालाइ भ्रष्टचारी भन्ने फेरी त्यसैलाइ चोखो भनेर पार्टीमा भित्राउने ? वाह रे राजनिती ! त्यो ९ महिनामा मनमोहन थिए तर अहीले को छ ? हामीले २,२ वटा एमालेका सरकार पनि देख्यौं तर खै केही देखीएन, केही उपलब्धी भएन, अब फेरी के का लागि भोट दिने ? सम्बिधान मा एउटाले मार्नु पर्छ भन्ला अर्को दलले बचाउनु पर्छ भन्ला अनि एमालेले भन्छ । हात खुट्टा काटी दिउँ मर्दा पनि मर्दैन बाँचेर काम पनि हुँदैन । दुबैको जित एमालेको मुल मन्त्र । यसैका लागि भोट दिने ?
देशले निकास पाँउदैन झन खाडलमा जान्छ । स्पष्ट धारणा र निर्णय हुनु जरूरी छ । कम्युनिष्ट भन्न रूचाउने तर फरक विचार राख्ने नेता कार्यकर्तालाइ कारबाही गर्ने । पार्टी फुटाउने, फुटेको जत्थालाइ भ्रष्टचारी भन्ने फेरी त्यसैलाइ चोखो भनेर पार्टीमा भित्राउने ? वाह रे राजनिती ! त्यो ९ महिनामा मनमोहन थिए तर अहीले को छ ? हामीले २,२ वटा एमालेका सरकार पनि देख्यौं तर खै केही देखीएन, केही उपलब्धी भएन, अब फेरी के का लागि भोट दिने ? सम्बिधान मा एउटाले मार्नु पर्छ भन्ला अर्को दलले बचाउनु पर्छ भन्ला अनि एमालेले भन्छ । हात खुट्टा काटी दिउँ मर्दा पनि मर्दैन बाँचेर काम पनि हुँदैन । दुबैको जित एमालेको मुल मन्त्र । यसैका लागि भोट दिने ?
आँफुलाइ सच्चा कम्युनिष्ट भन्ने , १२ बर्षे जनयुद्धले गर्दा संबिधान सभाको चुनाव भएको
हो, देशमा राजतन्त्र
ढलेको हो, जनताले मुक्ती पाएको
हो न्याय पाएको हो भन्ने माओबादीलाइ ?
माओबादीको पनि असली अनुहार देखीयो सच्चा कम्युनिष्ट भन्नेले
बर्गिय मुद्दा छोडेर सस्तो लोकप्रियताको लागि जातिय मुद्दा बोकेर देशलाइ टुक्रा
टुक्रा बनाउने तयारी माओबादीकै हो । के कम्युनिष्टले कहिल्यै जातिय मुद्दा रोज्यो ?
कम्युनिष्ट भनेको त बर्ग
संघर्ष हो जातिय हैन । बित्थामा १७।१८ हजार निर्दोष जनताले ज्यान गुमाए जनयुद्घ
भनेर के माओबादीले त्यसको सार्थकता पुष्टी गर्न सक्छ? जुन मुल मुद्दा लिएर लडाइ गरेको थियो त्यो उसले सम्बिधान सभा भंग गरेर नष्ट
पार्ने माओबादीनै होइन ? फेरी चुनाब गरेर देशको अर्ब भन्दा बढी रूपैयाँ खर्च गराउनु भन्दा समय थपेको भए
के हुन्थ्यो । फेरी त्यही भडखालोमा देशलाइ जाक्न उद्दत छ माओबादी, जनयुद्ध लडेका हजारौ घरमा एक
छाक खोले पाक्छ की पाक्दैन माओबादीका घरमा स्विमिङ पुल छन। नेताका ज्यान हेर्नुस त
हिजो कस्तो थियो अहीले कस्तो छ ? म यो भन्दीन की नेता भए पछी खानु पर्दैन राम्रो लाउनु पर्दैन तर १२ हजार बेशी
जनतालाइ बली दिएर आँफु पुष्टीनु हुँदैन । अहीले नेपालमा ठुला महल कस्का छन
माओबादीका, हेलिकप्टर कसलाइ बढी चाहीन्छ ? कसका पार्टीमा अदालते डामेका मान्छे, जेल जाने मान्छे नेताका रूपमा धेरै छन तिनलाइ भोट
दिने ? एउटा कार्यकर्ताले झापड
हान्नु नेताको हैसियत देखीनु हो । तर नेता भएक पछी कम्तीमा सुशिल र झलनाथले जस्तै
माफी दिन नसक्ने नेता पनि नेता हो ? त्यस्ता लाइ कसरी भोट दिने ?
मधेशी दललाइ ?
जब सत्तामा थिए मधेश पिडामा थिएन, तब मात्र पिडामा भो जब माओबादीले जातीय राजनिति
सुरू गर्यो । सबै भन्दा मन्त्री बढी बन्ने मधेशी नै थिए तर खै त तल्लो स्तरमा
समान्य मधेशीको विकास भएको । नेपालको सिमा मिचिदा चुप बस्ने अनी हिन्दीमा भाषण
गर्ने तर मैथेली र अबधी, थारू र स्थानिय भाषा नजान्ने अनी सरकारले मधेशलाइ हेरेन भन्दै
कुर्लनेहरूलाइ जसका ५००। ७०० तोला सुन छन
बिदेशमा पैसा छ । अनी सुस्ता दुख्दा चुप रहनेहरू लाइ ?
आरक्षण र देश टुक्राउने अन्य साना समाजबादी भनिने दलहरूलाइ ?
पढाइमा सुबिधा पाउनु पर्छ अरूमा होइन । परीक्षामा ३२ ल्याएर
देशको मुहार बदल्छु भन्नेलाइ, दशै हिन्दुको हो भन्ने र टिका नलगाउने तर देउसी खेल्दै पैसा उठाउने लाइ ?
माहा यज्ञ गर्दै पैसा
उठाउनेलाइ । नेपाली बोल्दा अपमानित ठान्ने तर अंग्रेजी मातृ भाषा बनाउनेलाइ ?
देशलाइ एउटै अखण्ड बनाउछु भन्ने चित्रबहादुर हरूलाइ ?
हो भने एउटै मुद्दा लिएका १२।१५ वटा पार्टिहरू तिमी हरू
सत्ता र पदका भोका हौ नकी समानताका लागी र राष्ट्रिय एकताका लागि लड्ने हौ । विचार एउटै हुँदा त अध्यक्ष र प्रमुख पद खान
नपाइने भएर पार्टी खोल्दै हिड्ने ले के हामीलाइ निकास देलान ? न बहुमत पाउछन न निर्णायक
भुमीका खेल्छन खालि समानुपातीक बाट सभासद भयो भत्ता खायो सभासदको पावर देखायो वस । के त्यतीका लागि भोट दिने ?
स्वतन्त्र हरू
१०० भन्दा बढी दलहरू हुँदा पनि तिनको भावना मिल्दैन र
स्वतन्त्र उठछन तिनले हाम्रो भावना के गरी बुझ्लान र ? पार्टीले टिकट दिएन अनि स्वतन्त्र उठ्छन । २ तिहाइ पुराउने ले त देशमा
विकास गर्न सकेन एक जना सभासदले के गर्ने हो ? घोषणा पत्रमा रेल बनाउछु विकास गर्छु भन्छन चुटकीला को ठेली बनाको हो या
घोषणा पत्र, कती हास्नु ! के सभासदले पाउने बजेटबाट त्यो सम्भब छ?
फेरी अन्तमा भोट कसलाइ हाल्ने त?
चार दल भनिनेका घोषणा पढीयो सबैले देश विकास गर्छु भने जनता
लाइ विकसीत बनाउछु भने तर खै....... मेरो १० जना परिवारको घर चलाउन, एउटा सानो उद्योग चलाउन,
एउटा अफिस चालउन मलाइ वित्त व्यवस्थापन गर्न २।३ महिना लाग्छ
स्रोत जुटाउन स्पष्ट हुनै पर्छ तर देश चलाउछु भन्नेको वित्त ब्यवस्थापन खै त्यत्रो
अार्थिक स्रोत कता बाट र कसरी जुटाइन्छ र कसरी परीचालन गरीन्छ खै त खाका खै त
योजना ? भन्न त म पनि
भनिदिउला म नेपाललाइ स्वर्ग बनाउछु । सुन्दै कस्तो राम्रो लाग्छ है तर के म
सँग यसकf योजना हरू छन त? यसलाइ वित्तिय
पाटोले सु सम्पन्न गर्न सक्छु त ?
म स्वतन्त्र छु मलाइ पनि भोट नदिन पाउने अधिकार छ । खराव,
भ्रष्ट, नराम्रा र नसुहाउने मध्ये
बाट म कसलाइ छानौ ? मेरो नैतिकता ले दिएन र अन्तमा म बैद्य बाजेको समर्थक पनि होइन । तपाइ हरूले
नै वताउनुस म कसलाइ भोट दिँउ ?
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें