नेपालमा २०६८ को
जनगणना अनुसार ११८ जात र १० वटा धर्म छन । अब मलाइ भन्नुस
संबिधानमा तमुवान, खुम्वुवान,
थारूहट, लिम्वुवान, मगरात राज्य दिइयो । त्यसको उपलक्षमा दिपावली नि
मनाइयो । ८० प्रतिशत हिन्दुहरूको माग पनि पुरा भयो नेपाललाइ हिन्दु राष्ट्र कायम
गरीयो । त्यसको उपलक्षमा शंखघोष नि गरीयो । समस्या समाधान भयो तर १०/२० बर्षमा
नेपाल ले यति विकास गर्यो की भनेर साध्य भएन । समय सँधै एकनास त हुँदैन हिन्दुको संख्या जसरी ९५
प्रतिशत बाट घटेर ८० मा पुग्यो भोली ३० मा पुग्ला रे गुरूङ्ग, मगर, लिम्वु, शेर्पा
सबैको जनसंख्या घट्ला रे अनि नयाँ धर्महरू र जातहरू को संख्या नेपालमा (उदाहरणका
लागि अहिले कम जनसंख्या भएको
कुसुन्डा वा राउटेहरूको जनसंख्या) २०-५० बर्षमा १५ प्रतिशत पुग्ला रे अनि मुस्लिम र क्रिश्चियन धर्म ३० प्रतिशत माथी
पुग्ला रे । अबको ३० दशक पछी तिनलाइ जातीय र धार्मिक राज्य चाहीएला रे त्यो वेला लिम्वुवान, खुम्वुवान, थारूहट, तमुवान काटेर तथा हिन्दु राष्ट्रको पगरी हटाएर तुरून्तै
उनिहरूले माग गरेको भोली पल्ट राज्य दिन
सम्भव
छ ? ४० थरी जातको संख्या बराबर होला
अनि के गर्ने ? फेरी १० धर्म छन सबै धर्म बराबर होलान त्यो वेलामा के के राष्ट्र बनाउने ?
कल्पना गर्नुस जसरी अहिले बाहुन बाद भनेर गाली गरीन्छ भोली तमुवाद, खुम्वुवाद
भनेर तल्लो स्तरका गाली र केही असामाजिक काम हुने वित्तिकै (चाहे त्यो जुनसुकै जात
वा मानिसले गरोस) त्यसलाइ तमुवादको पगरी गुथाएर तथानाम गालि गर्दै फरक राज्यका
लागि शान्तिपुर्ण वा शशस्त्र आन्दोलन शुरु भयो! अब के गर्ने त्यो
वेला । तुरून्तै राज्य दिने ? देशमा सँधै राम राज्य हुँदैन एक न एक थरी वर्ग
पिल्सिएर वसेकै हुन्छ । जति सुकै धनी सुखी देश खोज्नुस त्यहाँ दिन रात दुख गरेर
खाने र शोषणमा पर्ने केही वर्ग अवश्य हुन्छ नै । यो सामान्य समाजशास्त्र हो ।
माहुरीको गोलो नै हो समाज, कोही रानी हुन्छन को सिपाही कोही कर्मी अनि हुन्छ एकता
र समाजिक उन्नती । विचार गर्नुस त सबै सिपाही मात्रै हुँदो हो या सबै रानी मात्रै
हुँदो हो त या मानौ दुख पाउने कर्मी मात्रै हुँदो हो त ? माहुरीको गोलो रही रहला ? अवश्य रहदैन । ति
गोलाका माहुरी हेर्नुस त कुन जातका छन या वर्ग का ? समाज पनि त्यही हो । मात्रै
केही मुर्खहरूले समाजमा हैकम जमाउन यसलाइ प्रयोग गरे । जयस्थिति मल्लले नेपालमा
प्रयोग गरे । हामी मानवता विर्सेर यसमा लाग्यौं। भोली समाजको
यो स्थिति फेरी यस्तै शासक र शासित हुने नै छ । तमु लगायतका राज्यमा पनि तल्लो काम
गर्ने वर्ग नभै कन समाज चल्दैन । फेरी ति तल्लो वर्गलाइ केही फटाहाहरूले जातियता
मिसाएर, तमुका विरूद्ध उचालेर जातिवादी आन्दोलन गरे भने के गर्ने?
समाधानको एउटै उपाय छ देशलाइ ११८ टुक्रा भाग लगाउँ १० वटा धर्मको नाम दिउँ टन्टै
साफ । देशको आधा जनसंख्या मुख्य मन्त्री, मन्त्री सभासद
लगायत बनाउँ सबै शासन सत्तामा पुगिन्छ । देशमा
न रक्तपात हुन्छ न शासित वर्ग ! सबै जना शासक
कति राम्रो नेपाल है । के यो रक्तपात,
दाजुभाइको काटमार, धर्मधर्मको द्वन्द यै तरिकाले समाधान होला ?
ब्राम्हणको असली पहिचान जनै भिरेर, टुप्पी पालेर, धोती लगाएर जजमानको मा पुजा
गर्नु हो । क्षत्रीको हतियार भिरेर राजकाज
चलाउनु हो । गुरूङ को असली पहिचान कछाड, भाङ्ग्रा भिरेर भेडी गोठमा भेडा चराउनु,
जंगलमा संगोलमा बस्नु हो । किरात को असली पहिचान जंगलमा गुफा मा वस्ने हो,
अर्धनग्न भएर शिकार गरी रमाउनु हो । नेवारको ऐला, छोइला च्युरा
खाँदै ब्यापार गर्नु पहिचान हो । यदी पहिचान नै सवथोक हो भने सबै ढुंगे युगमा फर्कौ न । यो समाज, यो विकास, प्रबिधि सबै त्यागौ असली पहिचानमा
रमाउ हुँदैन ? हामीलाइ समाज पनि चाहीने विकास पनि चाहीने अनी फेरी पहिचान पनि रे ।
पुरानो ढुंगे युगिन पहिचान र नयाँ बन्ने समुन्नत पहिचान फालेर विचको पहिचान किन
चाहियो ? बरू सकिन्छ समुन्नत समान को नयाँ पहिचान बनाउ न ।
पहिचानको लागि हामी संग भोटको हतियार छँदै छ किन बन्द र हतियारको मार्ग समाउने
? आज मधेसबाट राष्ट्रपति बन्न सक्छ भने एउटा राउटेको छोरो पनि
त्यो स्थानमा पुग्न सक्छ । एउटा गुरूङको छोरा अष्ट्रेलियाको धनि वन्न सक्छ भने
एउटा कुमालको छोरो पनि अमेरीकाको धनी वन्न सक्छ । समाज परिवर्तन शिल छ हरेक कुरा
परिवर्तन हुन्छ । सँधै एउटै कुरा सत्य हुँदैन हिजो सुर्यले पृथ्वी घुम्छ भन्ने
मानिस सत्य थियो त्यो एउटा समुदाय थियो तिनको एउटा छुट्टै पहिचान थियो अब पहिचानका
नाममा के अब हामी पनि त्यही भनौ कि सुर्यले पृथ्वि घुम्छ भनेर ? चार्ल्स
डार्विनको सिन्दान्त सम्झनुस न जो समायानुकुल परिवर्तन भयो त्यो जिवित रह्यो । जो
मुड भएर बस्यो त्यो प्रकृति संग हारेर नामेट भयो । हामी सबैको असली पहिचान नेपाली
हो र नेपाली हुनु पर्छ । अझ हामी मानव हौं नयाँ कुरा सिक्दै
मानवता कायम राख्नु पर्छ ।
जनजाती, आदीवासी, सबै जातजाती धर्म मान्ने हरूलाइ सबैलाइ
आग्रह आफ्नो छातिमा हात राखेर अबको ५० बर्षको वा १००
बर्षको भविष्य हेरेर भन्नुस के सबै जात सँधै एकै स्तरमा रहलान ? हिजो मगरले राज्य
चलाए, क्षत्रीले राज्य चलाए, गुरूङले राज्य चलाए, ठकुरीले राज्य चलाए, हिन्दुले
चलाए, मुसलमान ले चलाए । हिजो पनि शोषित बर्ग थियो आज पनि छ । के
भोली शोषित नयाँ जात नयाँ धर्म उत्पत्ती नहोलान? के तिनले फेरी राज्य न माग्लान ? मागे
कसरी दिने? संबिधानमा दलित, मधेसी,
उत्पिडित कसैको पनि अधिकार भनेर लेख्नु जरूरी छैन एउटै बाक्य काफी छ "नेपाली सबै समान हुन सबैको मानव अधिकारको,
स्वतन्त्रता र आत्मसम्मान रक्षा गर्ने जिम्मा सरकारको हुनेछ ।" दलित
भनेर कसैले पिडा दिन्छ भने कानुनी कारबाही हुनु पर्छ । डनहरूले पिडा दिन्छन आत्मसम्मान संग बाच्न दिदैनन भने तिनलाइ पनि कारबाही हुनु पर्छ । प्रश्न उठ्ला
अहिले किन कारबाही नभएको ? उत्तर हो सक्षम नेतृत्व तपाइ हामीले चुनेकै छैनौ । जो कोही पनि प्रतिनिधीले जातिय, धार्मिक, सामाजिक रूपमा विभेद गर्छ,
विभेदकारीलाइ संरक्षण गर्छ उसलाइ अर्को चुनावमा किन जिताउने? के हामी गणेशमान सिंह
का भेडा नै हौ त ? कुन चाँही मन्त्री परिषदमा जनजाती, मधेसी,
आदीवासी, महिला मन्त्री छैनन ? सबै जात, धर्म वा क्षेत्रमा
सामन्तबाद छ हामीले हाम्रा प्रतिनिधि भनेर तिनैलाइ चुनेका छौं । तिनहरूबाटै
पिडा पाएका छौ । विगत २८ वर्षमा उस्तै नेतृत्व चुन्ने अनि
उनिहरूले बिगारेको दोष निर्दोष नेपालीलाइ बन्द हडताल, तोडफोड गरेर भाला रोपेर, जिउँदै
जलाएर किन दिने ? अब लाठी, भाला र बुलेट ले हैन ब्यालेटले लडाइ गरौ । असमान कुरा सुनाउने, धार्मिक, जातिय विष छरेर आफ्नो अभिष्ट पुरा
गर्ने नेताहरू चिनौ । तिनलाइ पदमुक्त गरी नयाँ विचार समानताका
पक्षपाती नेता लाइ चुनौ । बा, आमा, हजुरबाले
रोजेको भनेर हैन, हाम्रा भनेर हैन, राम्रा छानेर भोट दिउँ । अनि कसले रोक्छ
समावेशी, समान अधिकार भएको नविन नेपाल बन्नलाइ ?
अन्तमा नेपाली नागरीक हुनुका हिसाबले के भन्छु भने राज्यको कुनै जात र कुनै
धर्म हुँनुहुँदैन । राज्य र राजनितिक दल बाबु र आमा हुन अनि धर्म
र जात सन्तानहरू । सबै सन्तानलाइ समान ब्यवहार गरिनु पर्छ । एउटा सन्तानलाइ राज्य
र सत्ता दिने एउटालाइ विल्कुलै अलग राख्न मिल्दैन । राज्य जातमा सापेक्ष अनी धर्ममा
निरपेक्ष बन्न पनि मिल्दैन र हुँदैन ।
"सय थरी बाजा एउटै
ताल, सय थरी गोडा एउटै चाल,
मेचिकाली एउटै ढिक्को, साझा हाम्रो देश
नेपाल"
जय नेपाल!!
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें